नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संयुक्त राष्ट्र सङ्घ, २५ सेप्टेम्बर । न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घमा चालू महासभामा संसारका एकसेएक राजनेता र वरिष्ठ व्यक्तित्व पुगेका छन् । संरा सङ्घको महासभामा पुग्नु सामान्य कुरा होइन । तर सोमबार भने राष्ट्र सङ्घको त्यो विशिष्ट सभामा संसारभरका नेता र उच्चपदस्थ अधिकारीमात्र थिएनन् । उनीहरूबीच तीन महिनाकी बच्ची पनि थिइन् । उनी संरा सङ्घको महासभामा सहभागी हुने सबभन्दा कान्छी सहभागी बनेकी छिन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेनले संरा सङ्घको महासभामा सहभागी बन्ने सिलसिलामा तीन महिना जन्माएकी छोरीलाई पनि सँगै लिएर आएकी थिइन् । अर्डेनले छोरीको नाम नेभे टे अरोहा राखेकी छिन् । जसिन्दा अर्डेनलाई सहयोग गर्न न्युजिल्याण्डको टोलीसँगै उनकी श्रीमान क्लार्क गेफोर्ड पनि त्यहाँ थिए । महासभालाई अर्डेनले सम्बोधन गर्दै गर्दा र अरु समयमा पनि नेभेलाई रिझाउन क्लार्कले सहयोग गरेका थिए ।
३८ वर्षकी अर्डेन पदमै हुँदा बच्चा जन्माउने दोस्रो महिला हुन् । यसअघि पाकिस्तानका पूर्वप्रधानमन्त्री बेन्जिर भुट्टोले पनि पदमै छँदै बच्चा जन्माएकी थिइन् ।
अर्डेन न्युजिल्याण्डको इतिहासमा सबभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी महिला पनि हुन् । महासभाको हलमा तीन महिनाकी बच्चा देख्दा सबै खुसी भएका थिए ।
‘‘प्रधानमन्त्री अर्डेनले राष्ट्र सङ्घको महासभामा आफ्नो देशको तर्फबाट एक जना कामदार महिलाले भन्दा सही तरिकाले प्रतिनिधित्व गर्न नसक्ने देखाएकी छिन् । संसारका नेतामध्ये पाँच प्रतिशतमात्र महिला छन् । त्यसकारण हामीले सकेसम्म धेरै महिलालाई राष्ट्र सङ्घमा स्वागत गर्नुपर्दछ ।’’, संरा सङ्घका प्रवक्ता स्टेफन डुजारिकले भने ।
अर्डेनका श्रीमान गेफोर्टले ट्वीटरमा एउटा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘‘संरा सङ्घभित्र हिजो जापानी टोलीको चकित परेको अनुहार खिच्न मन लागेको थियो । नेभेको डाइपर चेन्ज गर्ने क्रममा उनीहरू हेर्दै गएका थिए ।’’
Leave a Reply