भर्खरै :

दक्षिण कोरियामा अमेरिकी मिसाइल प्रणालीको चीनद्वारा विरोध

दक्षिण कोरियामा संरा अमेरिकाले तैनाथ गरेको उच्चस्तरीय मिसाइल प्रतिरक्षा प्रणाली– टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स(ठाड)को चीनले विरोध गरेको छ ।
जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनका क्रममा दक्षिण कोरियाली विदेशमन्त्रीसँग भएको भेटघाटमा चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि देशको सुरक्षा अर्को कुनै देशको सुरक्षाका मूल्यमा हासिल गर्नु उपयुक्त नहुने बताएका हुन् ।
उनले आफ्ना कोरियाली समकक्षीलाई दुई देशबीचको सम्बन्ध स्वस्थ्य तरिकाबाट विकास गर्न दुवै देशले ‘अवरोधहरु पन्छाउनु पर्ने’ विचार राखेका थिए ।
कोरियाली प्रायःद्विपको अवस्था जटिल र उत्कर्षमा पुगेको भन्दै शान्तिको लागि भइरहेका प्रयासलाई जारी राख्नु पर्ने विचार व्यक्त गरेका छन् ।
संरा संघीय प्रस्तावहरुले बाँधिएका सबै पक्षले सक्रियतापूर्वक सहमतिका बिन्दू पहिल्याउन मिहिनेत गर्नुपर्ने उनको धारणा थियो । उनले भने,‘ प्रायःद्विपमा आणविक मुद्दाको नकारात्मक आत्मसशक्तिकरणको चक्र अन्त्य गर्नुपर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *