बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– प्रकाश
सङ्घीय प्रतिनिधिसभाका विभिन्न समितिमध्ये विकास समिति पनि एक मुख्य समिति हो । उक्त समितिले सरकारले अगाडि बढाएका विभिन्न विकास निर्माण आयोजनाहरूको अनुगमन गरी अनियमितता भएको खण्डमा रोक्न र दोषीलाई कारबाही गर्न सिफारिससमेत गर्दछ । कुनै पनि समितिको कामसित स्वार्थ बाझिने प्रतिनिधिसभा सदस्य समितिको सदस्य नबनाइने संसदीय नियमावलीमा व्यवस्था छ । तर नियमावलीविपरती प्रतिनिधिसभाको विकास समितिमा तीनजना ठेकेदार सांसद बनाइएका छन् । समितिमा बद्नाम पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरि· लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका सञ्चालक बहादुरसिंह लामा सदस्य बनाइएका छन् ।
नेपालको सन्दर्भमा विकास निर्माणको समस्या सबैभन्दा बढी निर्माण व्यवसायी अर्थात ठेकेदार हुने गरेका छन् । ठेकेदार वा निर्माण व्यवसायीहरुले निर्माणको गुणस्तर कायम नगर्ने, समयमै काम सम्पन्न नगर्नेमात्र होइन अग्रिम रकम भुक्तानी लिई फरार हुनेसम्म ठेकेदारहरूले गरिरहेका छन् । यस्तो विकास निर्माणको आयोजनाको अनुगमन गरी सरकारलाई सल्लाह, सुझाव र निर्देशन दिनुपर्ने समितिका सदस्यहरूले आफ्नो व्यवसायिक र पेशागत स्वार्थलाई ध्यानमा राखी प्रभावित नपार्ला भन्न सकिन्न । समितिका सभापति कल्याणीकुमारी खड्काले समितिमा कुनै सदस्यको स्वार्थ बाझिने गरी निर्णय प्रभावित हुन नदिने प्रतिबद्धता जनाए पनि त्यो उनको औपचारिक बचारमात्र हो । स्वार्थ बाझिएका व्यक्तिलाई विकास समिति जस्तो नियामक समितिमा राख्नु ‘दूधको साछी बिरालो !’ भन्ने नेपाली उखान चरितार्थ हुन दिनुमात्र हुन्छ । त्यसैले ती सांसद जुन जुन पार्टीसित सम्बद्ध हो तत् तत् पार्टीले तत्काल फिर्ता बोलाउनुपर्छ र संसद नियमावलीको पालना गर्नुपर्छ ।
Leave a Reply