जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १२ असोज । नेपालभाषा साहित्य तःमुँज्यालाई सफल र प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार काठमाडौं उपत्यका र काभ्रे जिल्लामा क्रियाशील विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका पदाधिकारी तथा सदस्यहरूको भेला भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंले तःमुँज्याले माक्र्सको द्विशतवार्षिकीको अवसरमा साहित्य तथा सांस्कृतिक विधाहरू प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
त्यस्तै आयोजक समितिले शुक्रबार साहित्य प्रेमीहरूमाझ साहित्य गोष्ठीको आयोजना ग¥यो ।
गोष्ठीमा झण्डै दुई दर्जन साहित्यप्रेमीहरूले समाजवादी चिन्तन, साम्राज्यवाद र पुँजीवादको विरोध, जनताका पीडा, देशभक्तले ओतप्रोत कविता, कथा र गजल वाचन गर्नुभएको थियो ।
साहित्य वाचनका साथै समीक्षासमेत भएको सो गोष्ठीमा मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसी, साहित्यिक उपसमितिका अमोद उलकले पनि बोल्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष नरेश खत्रीको सभापतित्वमा भएको सो गोष्ठीमा रवीन्द्र न्हेमाफुकी, हरिसुन्दर पोतामाहां, पृथ्वीकुमार प्रजापति, रामगोपाल बमनू, भक्तलक्ष्मी भासिमा, हरिसुन्दर छुकां, काशिराम विरस, एल के सुन्दर, गङ्गाराम ज्याख्व, कृतिका प्रजापति, रामकृष्ण प्रजापति, प्रेम प्रजापतिले आ–आफ्नो साहित्य वाचन गर्नुभएको थियो ।
Leave a Reply