नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौं, १२ असोज । संरा अमेरिकाबाट प्रकाशित हुँदै आएको विचारप्रधान माक्र्सवादी पत्रिका ‘मन्थ्ली रिभ्यु’ का जोन मेड र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बीच शुक्रबार भेटघाट भयो ।
भेटमा मेडले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष बिजुक्छेंसँग विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
अध्यक्ष बिजुक्छेंले नेपालको जलस्रोतमाथि सित्तैमा कब्जा जमाउन भारतले जलविद्युत् उत्पादनलाई बहानाको रुपमा ल्याउने गरेको बताउनुभयो । मेडले आगामी केही दसकभित्र भारतमा पिउने पानीको ठूलो हाहाकार हुने अवस्थामा नेपालको जलस्रोत भारतले लिने खोजेको छ कि छैन भनी सोधिएको प्रश्नको सन्दर्भमा अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘‘नेपालमा भारतले जलविद्युत्को कुरा गरे पनि खासमा उसको चासो जलस्रोत हो ।’’
माओवादीबाट विभाजित अन्य राजनीतिक पार्टीको सन्दर्भमा राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘फाटेको दूध जुनसुकै भाँडोमा राखे पनि त्यसले कुनै फरक पार्दैन ।’’ नेपाल भ्रमण आउने क्रममा पटक–पटक अध्यक्ष बिजुक्छेंसँग भेट्ने गर्नुभएका जोन मेडले २०४८ सालतिरै नेमकिपाले एमालेलाई पुँजीवादी पार्टी भनी घोषणा गरेको स्मरण गर्दैै भन्नुभयो, ‘‘पहिलो संविधानसभाको निर्वाचनपछि माओवादीले हासिल गरेको सफलतासँगै हामीले नेपालमा साँच्चै केही राम्रो हुने हो कि भन्ने अपेक्षा गरेका थियौं । तर अहिलेसम्म आउँदा प्रचण्ड नेतृत्व पार्टीको अवस्थाले तपाईंको विश्लेषण सही प्रमाणित गरेको छ ।’’
अध्यक्ष बिजुक्छेंले माओवादी भारतको ‘ट्रोजन हर्स’ भएको आफ्नो विश्लेषण समयले सही प्रमाणित गरेको बताउनुभयो । भेटमा मन्थ्ली रिभ्युका विभिन्न विचारमूलक लेखहरू श्रमिक साप्ताहिकमा प्रकाशित नेपाली अनुवादबारे पनि छलफल भएको थियो ।
भेटमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, वैकल्पिक केन्द्रीय सदस्यहरू सुरेन्द्रराज गोसाई र सृजना सैंजूको उपस्थिति थियो ।
Leave a Reply