बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
शक्तिशाली सरकार नाक फुलाएर फुइँ गर्न बनाइएको हो कि देश र जनताको सेवा गर्न क्ष दुईतिहाइ सरकार गठनको फुस्रो धाक लगाएर के देशमा सुशासन हुन्छ, विधिको शासन हुन्छ ? अहिलेसम्मको शक्तिशाली ठानेको सरकारले आम जनतामा परिवर्तनको अनुभूति हुने गरी के काम गरेको छ ? दुईतिहाइ बहुमतको छलाङ मार्ने दलको सरकारले सुन तस्करी, भ्रष्टाचारीमाथि कारबाही गर्ने कुरा चैत वैशाखको हुरीले झैं उडाएर कतै थन्काएको छ ।
पुँजीवादी व्यवस्थामा बलात्कार, हत्या, हिंसा, महिला बेचबिखन हुँदोरहेछ भन्ने शिक्षा लिन थालेका छन् गृहमन्त्रीले । यही हो सरकारको करामत क्ष शक्तिशाली सरकारको गौरव क्ष पुँजीवादी व्यवस्थामा हत्या हिंसा, बलात्कार बढ्ने, असमानताको खाडल बढ्ने कुरा बुझेका गृहमन्त्री, अन्य नेतागण र मन्त्रीहरू पुँजीवादको विरोध गर्दै समाजवादी अवधारणाबारे जनतालाई सुसूचित पार्न किन कम्मर कस्दैनन् ? कम्युनिष्ट हुनुपर्ने तर पुँजीवादको विरोध नगर्ने वर्तमान सरकारको खोइरो खन्न अघि सर्दैनन्, सत्तारुढ दलका नेताहरू । संसारमा कहीं नभएको जस्तो दुई अध्यक्ष भएको नेकपा र नेकपाको सरकारले कम्युनिष्टको सिद्धान्त र विचारअनुसार एउटा सिन्को पनि भाँचेको देखिंदैन ।
बकम्फुसे या फुस्रो राजनीति गरेर पनि कहिल्यै कम्युनिष्ट पार्टी बलियो हुन्छ, कम्युनिष्ट आन्दोलन अघि बढ्छ ? नेपालमा बलियो कम्युनिष्ट पार्टी बनेको खबर संसारमाझ पु¥याउन अघि सर्ने नेकपाका नेता र मन्त्रीहरूले क्रान्तिकारी भूमिसुधार लागू गरेर बहुमत किसानको पक्षमा काम गरेको देखाउने हिम्मत किन गर्नसकेनन् ?
सत्तारुढ दल नेकपामा इमानदार, नैतिकवान, चरित्रवान, निःस्वार्थी, देश र जनताप्रति समर्पित, देशभक्त कार्यकर्ताको अभाव छ । सत्ताको वरिपरि कमिसनखोर, भ्रष्टाचारी, कालाबजारी, तस्करी, हुल्याहा, सामाजिक अपराधीहरू झुमेर बसेसम्म नेकपाको दलले सही दिशा निर्देश गर्नसक्दैन । निजीकरणमा जोड दिएर, अवसरवादी राजनीति गरेर, लोभलालच देखाएर, पैसाको खोलो बगाएर चुनाव जित्ने दाउपेच गर्ने दल सरकारमा होस् या सरकार बाहिर जनताको निम्ति सद्दे दल हुनसक्दैन । राजनीतिकर्मीहरूमा पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउने नसा चढेसम्म कसरी देशमा इमानदारीपूर्वक राजनीति चल्छ ? देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक राजनीति नभएसम्म साँच्चै जनताले सुखको सास फेर्न पाउने छैनन् । यसबारे सरकारले हेक्का राख्नैपर्छ ।
–गौरव प्रधान
Leave a Reply