कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका ४ नं वडा स्वास्थ्य समितिको आयोजनामा महिलाहरूको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।
शिविर उद्घाटन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले ठाउँ ठाउँमा उच्च रक्तचाप र मधुमेह रोगका बिरामीको सङ्ख्या वृद्धि भइरहेको र सोही कारण नगरवासी वडाबासीहरू विभिन्न रोगबाट ग्रसित हुने सम्भावना भएकोले नगरपालिकाले घर–घरमा नसिंङ सेवाको सञ्चालन गरेको बताउनुभयो । अधिकांश महिलाहरू पाठेघर तथा स्तन क्यान्सरबाट पीडित हुनु परेको र धनी र उच्च ओहदाका व्यक्तिहरू समेत यसबाट नजोगिने हुनाले समयमै उपचारका लागि स्वास्थ्य शिविर सञ्चालनमा जोड दिनुपर्ने आवश्यकताबारे प्रमुख प्रजापतिले प्रकाश पार्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र खेलकूदको क्षेत्रमा योग्य तथा सक्षम नागरिक तयार पार्न ख्वप मेडिकल कलेज र ख्वप विश्वविद्यालय स्थापनामा विशेष पहले गर्दै आइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपा ४ वडाका वडाध्यक्ष कुमार चवालले स्वस्थ तथा निरोगी जीवन बाँच्न समयमै स्वास्थ्य जाँच गरिराख्नुपर्ने, आफ्नो स्वास्थ्य आफै बनाउनुपर्ने खाँचो औंल्याउँदै घरघरमा नर्सिङ सेवाको व्यवस्थाले वडाबासीहरू लाभान्वित भएको बताउनुभयो ।
तारा मा.वि. व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र सुवालले स्वास्थ्य शिविरले धेरैको सेवा गर्न सकिने विचार व्यक्त गर्दै स्वस्थ रहन जीवनपर्यन्त सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
नगर कार्यपालिका सदस्य एवं स्वास्थ्य समिति संयोजक कृष्णलक्ष्मी दुवालले पाठेघर र स्तन क्यान्सरको उपचार समयमै गर्नसके निको हुने बताउँदै महिलाहरू स्वास्थ्यप्रति बढी सम्वेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।
स्वास्थ्य समिति संयोजक कृष्णलक्ष्मी दुवालको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा नर्स बिमला कुम्पाखले स्वागत तथा नर्स रोशना सुवालले सञ्चालन गर्नुभयो । शिविरमा कूल ४०९ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
Leave a Reply