भर्खरै :

नयाँ पुस्तामा नेपालभाषाको प्रशिक्षण

भक्तपुर, १३ असोज । कार्तिक ४ र ५ गते हुने ३८ औं नेपालभाषा साहित्य तःमुँज्याको तयारीमा शनिबार ‘नेपालभाषा र नयाँ पुस्ता’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भयो ।
भक्तपुरका विभिन्न विद्यालयका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको कार्यशालामा वक्ताहरूले नेपालभाषाको समृद्ध पक्षबारे चर्चा गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुँज्याका अध्यक्ष चन्द्रबहादुर उलकले संसारका विभिन्न भाषा सिक्नु राम्रो तर आफ्नो मातृभाषा त्याग्न नहुने बताउनुभयो ।
उहाँले मातृभाषा नै आफ्नो भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यम भएको चर्चा गर्दै नयाँ पुस्तालाई नेपालभाषामा शुद्ध तरिकाले बोल्न र लेख्न सिक्न उत्साहित गर्नुभयो ।
उहाँले नेपालभाषा साहित्य तःमुँज्या स्थापनाको उद्देश्य र इतिहासबारे सहभागी विद्यार्थीलाई प्रशिक्षण दिनुभयो ।
नेपालभाषा साहित्य तःमुँज्याका पूर्वअध्यक्ष तथा लेखक आशाकुमार चिकंबञ्जारले नेपालभाषा शुद्ध बोल्ने र लेख्ने विभिन्न तरिकाबारे जानकारी दिनुभयो ।
उहाँले नेपालभाषाको समृद्ध पक्षलाई नयाँ पुस्ताले बुझेर भाषा साहित्यको विकासमा योगदान गर्न आग्रह गर्नुभयो ।
लेखक तथा इतिहासका अध्येता ओम धौभडेलले नेपालभाषा विकासका ऐतिहासिक अवस्थाबारे जानकारी दिनुभयो ।
३८ औं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष नरेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा साहित्यिक उपसमितिका संयोजक अमोद उलकले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपछि विनिला राजचलको अध्यक्षतामा नेपालभाषा ब्वने पुचः गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *