भर्खरै :

हनुमानघाटमा सरसफाइ

भक्तपुर, १४ असोज । आइतबार भक्तपुर नपा वडा नं ७ को अगुवाईमा हनुमानघाटमा सरसफाई कार्यक्रम भयो ।
भक्तपुरबासीले दसैंअघि गर्ने सो¥हश्राद्धसमेतलाई लक्षित गरी हनुमानघाटमा सरसफाई साथै हनुमन्ते खोला किनारामा थुप्रेको माटो पन्छाइयो । सयौं स्थानीय जनता र क्लब, टीम र समूहको सहभागितामा गरिएको सरसफाई कार्यक्रमको प्रारम्भ भक्तपुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले गर्नुभयो ।
सरसफाइको क्रममा आयोजित सभामा बोल्दै कवांले ब्रम्हायणीदेखि सल्लाघारीसम्म ढल निर्माण गर्न रु.६७ करोड बजेट परियोजना कार्यान्वयन निर्देशनालयबाट बजेट विनियोजन भई कार्य अघि बढेको जानकारी दिनुभयो ।
उहाँले हनुमानघाटस्थित त्रिवेणी दक्षिणतर्फ पनि घाट निर्माण कार्य हुने योजनाबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं ७ का पूर्ववडाध्यक्षहरू कृष्णगोविन्द खाइजू र रामेश्वर प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *