यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र निजी तथा आवासीय विद्यालय सङ्घ, भक्तपुर (प्याव्सन) बीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले सबै सरोकारवाला सङ्घ–संस्थाहरूसँग औपचारिक र अनौपचारिक छलफल गरी अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
उहाँले भक्तपुरको शैक्षिक विकासमा यहाँका संस्थागत विद्यालयहरूको योगदान पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सार्वजनिक विद्यालयहरूलाई पनि संस्थागत विद्यालयहरूकै प्रतिस्पर्धामा ल्याउन आवश्यक तयारी भइरहेको बताउनुभयो ।
नगरपालिकाले विद्यार्थीहरूलाई स्थानीय संस्कृति, भाषा, लिपि, जात्रा, पर्व, खेलकुदलगायतका विषयहरूको जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी लागू गरेको र संस्थागत विद्यालयहरूबाट पनि आवश्यक सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘नेपालको संविधानमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य हुने मौलिक अधिकारको व्यवस्था भएको हुँदा आवश्यक कानुन र कार्र्यिवधि तयार गरी शिक्षाको सबै जिम्मेवारी राज्यकै हुनुपर्छ ।
उहाँले विद्यालय व्यवस्थापन समितिमा नगरपालिकाका प्रतिनिधिहरू र स्थानीय बुद्धिजीवीहरू सहभागी गराउनुको मुख्य उद्देश्य विद्यालयहरूको आर्थिक एवम् प्रशासनिक गतिविधिहरू पारदर्शी गराउनु हो भन्नुभयो ।
कार्यक्रममा प्याब्सनका अध्यक्ष श्रीकृष्ण केसीले भक्तपुर नगर क्षेत्रमा २३ वटा विद्यालयहरू प्याब्सनअन्तर्गत रहेको, ती विद्यालयहरूमा लगभग ९ हजार विद्यार्थी अध्ययनरत र ७ सय शिक्षक एवम् कर्मचारीहरूले रोजगारी पाइरहेको बताउनुभयो ।
प्याब्सनका रमेशचन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा भक्तपुर नगर शिक्षा समितिका कृष्णप्रसाद कर्माचार्य र धु्रव हमालले पनि बोल्नुभएको थियो ।
कार्यक्रम प्याब्सन अध्यक्ष श्रीकृष्ण केसीको सभापतित्वमा भएको थियो ।
Leave a Reply