भर्खरै :

नेमकिपाको ते¥हौं दैलेख जिल्ला सम्मेलन शुक्रबारबाट

दैलेख, १८ असोज । नेपाल मजदुर किसान पार्टीको ते¥हौं दैलेख जिल्ला सम्मलेन शुक्रबारबाट पालताडामा सुरु हुँदैछ । सम्मेलनमा प्रमुख आतिथ्य गर्न नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवाल सम्मेलनस्थल पालताडा पुग्नुभएको छ । उहाँसंगै नेमकिपाका केन्द्रीय नवराज कोइराला, केन्द्रीय सदस्य अनुराधा थापामगर लगायतका कार्यकर्ताहरू त्यहाँ पुग्नुभएको छ ।
उहाँहरूलाई नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले स्वागत गर्नुभएको थियो ।
सोक्रममा आयोजित संक्षिप्त सभामा बोल्दै केन्द्रीय सचिव प्रेम सुवालले सम्मेलन आफैं वर्ग सङ्घर्ष र राजनीतिक आन्दोलनको सिलसिला भएको बताउनुभयो ।
उहाँले नेमकिपाकाले आफ्नो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई नेपालको परिस्थितिअनुसार लागु गरी समाजवादी व्यवस्था स्थापना गर्ने सङ्घर्षलाई निरन्तरता दिने बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद र अवसरवाद सबभन्दा ठूलो चुनौती बनिरहेको धारणा राख्दै उहाँले कम्युनिष्टको नाममा दुई तिहाईको धाँक देखाएर नेकपाले पञ्चायती शैलीको शासन चलाइरहेको विचार राख्नुभयो ।
शुक्रबारबाट सुरु हुने सम्मेलन शनिबारसम्म चालु रहने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *