तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, २३ असोज । नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर किसान’ वर्ष ८ अङ्क १ पूर्णाङ्क २१ को अन्तरक्रिया तथा दशैंको शुभकामना कार्यक्रम मङ्गलबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा शिक्षक शिक्षिकाहरू प्रशिक्षित भई हरेक विद्यार्थीहरूलाई देशभक्ति भावना भएका कुशल नागरिक बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेंले दक्षिण एसियाली क्षेत्रीय सङ्गठन बिम्स्टेक अमेरिकी साम्राज्यवादको निर्देशनमा भारतको नेतृत्वमा दक्षिण एसियाली देशमा शासन गर्ने हतियार हुने उहाँले बताउनुभयो ।
अमेरिका–चीन व्यापार युद्धले अमेरिका आफैलाई नकारात्मक असर पर्ने बताउँदै उहाँले ट्रम्प सरकार संसारबाट एक्लिंदै गएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका मेयर तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले शान्तिपूर्ण तरिकाबाट पनि समाजवाद स्थापना हुनसक्छ भन्ने संशोधनवादी विचार अँगालेर अगाडि बढेका असफल देशहरू चिल्ली र इण्डोनेशियाको उदाहरण दिंदै नेपालका तथाकथित कम्युनिष्ट पार्टीले समाजवादतिर जाने बखान गर्नु जनतालाई भ्रममा पार्नु हो भन्नुभयो ।
संविधानमा समाजवादउन्मुख उल्लेख भए तापनि देशका ठूलठूला परियोजनाहरू निजी तथा विदेशी कम्पनीहरूको हातमा सुम्पिनु सरकारले कम्युनिष्टको नाममा पुँजीपति वर्गको सेवा गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘आफ्नो देशमा रहेका कम्युनिष्टहरूलाई निर्मम दमन गर्ने भारतीय विस्तारवादले नेपालका ‘कम्युनिष्ट’ हरूलाई हुर्काई शासनसत्तासम्म पु¥याउन सहयोग गर्नुको स्वार्थ भारतीय विस्तारवादको चाहनाअनुसार देश चलाउने गोटी निर्माण गर्नु हो ।’
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिकाहरू सुशिला कर्माचार्य, निरु ताल्चाभडेल, शिक्षकहरू मुरज दिदिया, शिवबहादुर खुलीमुली, उकेश सुवाल, सुन्दर राजचल, विकल प्रजापति, राजन चौगुठीले पनि बोल्नुभएको थियो ।
Leave a Reply