यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुराना तस्वीरहरूकै आधारमा सम्पदा पुनःनिर्माणको योजना बनेको बाताउनुभएको छ ।
भक्तपुरको निओफ्युजन स्कूल अफ कम्प्युटरले आयोजना गरेको दुईहप्ते तस्वीर खिच्ने तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै मेयर प्रजापतिले दरवार क्षेत्रका संग्रहालय रहेको न्हाय्कं दरवार मल्लकालीन शैलीमा बनाउन तस्वीरले सहयोग भएको बताउनुभयो । उहाँले फसि देग पनि अब शिखर शैलीमै बनाउन खोजिएको भन्दै लापाँ देग पनि बनाउने योजना रहेको जानकारी गराउनुभयो ।
मेयर प्रजापतिले मेडिकल कलेज खोल्ने भनपाको योजना रहेको उल्लेख गर्दै भक्तपुरमै सबै विषय पढ्ने वातावरण आवश्यक छ भन्नुभयो । उहाँले भक्तपुरका विभिन्न कलेजहरूको कारण विद्यार्थीको समय र पैसाको बचत भएको भन्दै चाडपर्वलाई सृजनात्मक रूपमा उपयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेमकिपाको केन्द्रीय सदस्य सरोजराज गोसाईले तस्विरको माध्यमबाट समाजको अग्रगमनको निम्ति काम गर्न सकिने धारणा राख्नुभयो ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक बालकृष्ण बनमालको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षार्थी जयराम प्रजापति, रोजिना वनमाला, लक्ष्मीप्रसाद चवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply