नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नयाँ दिल्ली, २४ असोज । भारतमा अहिले चलेको #MeToo अभियानका क्रममा नरेन्द्र मोदी सरकारका एकजना मन्त्रीमाथि धेरै जना महिलाहरूले आफूहरूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । मोदी मन्त्रिमण्डलका सहायक विदेशमन्त्री एम.जे अक्बरमाथि महिलाहरूले विगतमा उनी पत्रकार हुँदा रोजगारीको अन्तर्वार्ताको नाममा यौन दुव्र्यवहार गरेको सार्वजनिक गरेका हुन् । सहायक मन्त्री अक्बर पहिले पत्रकार थिए ।
पत्रकार प्रिया रामानीले सबभन्दा पहिले सो अभियानअन्तर्गत अक्बरमाथि यस्तो आरोप लगाएका थिए । लगत्तै अरु महिला सञ्चारकर्मीहरूले पनि आरोपको वर्षा गरेका थिए ।
अक्बरले फोन र एसएमएसमार्फत पनि यौन दुव्र्यवहारजन्य गतिविधि गर्ने गरेको उनीहरूको भनाइ छ । भारतमा चालू #MeToo अभियानअन्तर्गत महिलाहरूले आफूमाथि जीवनको कुनै न कुनै समयमा कसैले गरेको यौन हिंसा र दुव्र्यवहारका घटना सार्वजनिक गरिएको छ । धेरै महिलाले सामाजिक जीवनमा प्रतिष्ठित मानिसविरुद्ध यस्ता आरोप सार्वजनिक गरेका छन् ।
भारतमा बढ्दो यौन हिंसा तथा अपराध न्यूनीकरण गर्न यो अभियानले मद्दत गर्ने आशा गरिएको छ ।
Leave a Reply