बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
वीरकृष्ण बाडे, मध्यपुर नपा
काठमाडांै क्षेत्र नं ७ मा वामदेव गौतमलाई चुनावमा लडाउन सांसद रामवीर मानन्धरले राजीनामा दिनु वा दिन लगाउनु नेताहरूमा रहेको ठेकेदारी चिन्तनको परिणाम हो । आफू नभएसम्म राजनीति सही दिशामा जाँदैन भन्ने मनोगत चिन्तनकै कारण वामदेवले आफू चुनावमा पराजीत भएर पनि एक जना जनप्रतिनिधिलाई राजीनामा दिने प्रपञ्च मिलाइएको हो । यो रामवीरलाई मत दिएर जिताएका काठमाडांै क्षेत्र नं ७ का जनता र वामदेवलाई पराजीत गरेका बर्दिया र प्युठानका जनताको मतको अपमान हो । रामवीर मानन्धर यस्तो राजनीतिक विकृति ल्याउने साधन बनेको देख्दा दुःख लाग्यो । वामदेव कस्ता मान्छे हुन् भन्ने कुरा त नेपाली राजनीतिमा चासो राख्ने जोकोहीलाई थाहा भएको कुरा हो ।
Leave a Reply