तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, २५ असोज । (कोरियाली मजदुर पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनलाई पठाउनुभएको शुभकामना सन्देशको नेपाली अनुवाद प्रस्तुत छ – सम्पादक)
कोरियाली मजदुर पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा आदरणीय अध्यक्षज्यू, पार्टीका कामरेडहरू र कोरियाली जनताप्रति हर्ष एवं गर्वका साथ हार्दिक बधाई ज्ञापन गर्दछौं । कामरेड किम इल सुङले स्थापना गर्नुभएको कोरियाली मजदुर पार्टीको सात दशक लामो इतिहासले विश्वको साम्राज्यवादविरोधी सङ्घर्षले थप बल प्रदान गर्नुका साथै समाजवाद स्थापनाको निम्ति सङ्घर्षरत विश्वका कामदार वर्गीय जनतालाई ऊर्जा दिने काम भइरहेको छ । कोमपा र समाजवादी कोरियाको योगदान र सफलता विश्वको समाजवादी आन्दोलनको निम्ति गौरवको विषय बनेको छ । जापानी उपनिवेशवादी तथा संरा अमेरिकी साम्राज्यवादमाथि बीसौं शताव्दीको मध्यतिर प्राप्त विजय विश्व इतिहासमै उल्लेखनीय उपलब्धि हो । साथै आत्मनिर्भर, समृद्ध र स्वतन्त्र समाजवादी कोरिया निर्माणमा प्राप्त अभूतपूर्व सफलताले मानव सभ्यतामै नयाँ इतिहास रचेको आभाष मिल्छ । एक मित्र पार्टीको नाताले नेपाल मजदुर किसान पार्टी महामहिमज्यू र कोमपालाई अझ ठूल ठूला सफलता हासिल गर्न, समाजवादको अन्तिम विजय प्राप्त गर्न र शान्तिपूर्ण ढङ्गमा तथा विनाबाह्य हस्तक्षेप कोरियाको पुनः एकीकरण गर्न सकोस् भनी कामना गर्दछौं । राष्ट्रपति किम इल सुङले बनाउनुभएको र जेनरल किम जङ इलले अझ फराकिलो पार्नुभएको मार्गमा कोरियाली मजदुर पार्टी बहादुरीपूर्वक अघि बढ्ने हाम्रो दृढ विश्वास छ ।
संरा अमेरिकी साम्राज्यवादले नयाँ नयाँ तरिका अपनाई विश्वलाई बर्बाद पार्ने र नयाँ नयाँ षड्यन्त्र रची शान्तिकामी जनता तथा स्वतन्त्रता सेनानीहरूको आवाज दबाउने काम गरिरहेको उल्लेख गर्नु सान्दर्भिक हुनेछ । संरा अमेरिकी साम्राज्यवादको हालैका गतिविधिले उसको वास्तविक चरित्रमा कुनै हेरफेर नआएको, मात्र रङ बदलिरहेको देखाउँछ । ट्रम्प प्रशासन अझै पनि विश्वास गर्नलायक नभएको विश्वका जनता अनुभव गर्दैछन् । कोरियाली प्रायःद्विपको तनाव र विश्वमा युद्धको परिस्थिति अझै कायम रहनुको प्रमुख कारण संरा अमेरिकी साम्राज्यवाद नै रहेको अस्वीकार गर्न सकिन्न । सदाझैं स्थायी शान्ति र राष्ट्रको सार्वभौमिकता रक्षाको निम्ति सङ्घर्षरत कोरियाली जनताप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौं । यस क्षेत्र तथा एसियामा शान्ति स्थापना गर्ने न्यायपूर्ण उद्देश्य र साम्राज्यवादविरोधी तथा युद्ध भड्काउने तत्वहरूविरूद्धको सङ्घर्षमा कोरियाली मजदुर पार्टी र कोरियाली जनताको साथमा हामी अन्तिम स्वाससम्म रहनेछौं । यसलाई हामी समय र वर्तमान विश्वले सुम्पेको अन्तर्राष्ट्रवादी कर्तव्यको रूपमा ग्रहण गर्दछौं ।
नेमकिपा र कोमपाबीच ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध दिन प्रतिदिन बलियो हुँदै गएकोमा हामी अत्यन्त हर्षित छौं ।
हामीबीच भइरहेको विचारको आदानप्रदान, समय समयमा भइरहेका अन्तक्र्रिया, साम्राज्यवादविरूद्ध लड्ने र समाजवादको रक्षा गर्ने उच्च भावना र शान्तिपूर्ण एसिया तथा विश्व निर्माण गर्ने साझा उद्देश्यले हामीलाई इतिहासमै सबभन्दा नजिक पु¥याएको छ । कोरियाली मजदुर पार्टी र कोरियाली जनता ७३ औं स्थापना दिवस हर्षोल्लासका साथ मनाइरहँदा नेमकिपा र सम्पूर्ण सदस्यहरूको तर्फबाट महामहिमज्यूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै शान्त, समृद्ध तथा सदा विजयी समाजवादी कोरिया स्थापनामा ऐतिहासिक सफलता प्राप्त होस् भन्ने कामना गर्दछौं ।
कोरियाली मजदुर पार्टी किम इल सुङको पार्टी भएको र सदा रहिरहनेमा हामी पूर्ण विश्वास व्यक्त गर्दछौं ।
अन्तमा, नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीचको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ गहिरो र बलियो हुँदै जाने दृढ विश्वास व्यक्त गर्दछु ।
नेमकिपा र कोमपाबीचको मैत्रीपूर्ण सम्बन्ध– जिन्दावाद !
Leave a Reply