तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ असोज । “सङ्गठन विकासमा विचार पक्षलाई प्रधानता दिनुपर्दछ । सही सिद्धान्त र विचारको प्रतिनिधित्व गरेर नेपाल मजदुर किसान पार्टीले प्रदेशसभा ३ मा प्रखर प्रतिपक्षको भूमिका खेलिरहेको छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेससभा सदस्य सुरेन्द्रराज गोसाईको हो । ‘मजदुर किसान’ वर्ष ८, अङ्क १, पूर्णाङ्क २१ को अन्तरक्रिया कार्यक्रममा अतिथि गोसाईले अध्ययन संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेमकिपा वडा नं ५ एकाइ समितिका अध्यक्ष नारायणप्रसाद त्वानाबासुले अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ ५ का वडा एकाइ समितिका अध्यक्ष मङ्गलेश्वर ध्वजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय नारायणभक्त भेले, सम्झना लाखे, केपी छुस्याकी, सुशिला न्याईच्याई, सरजु फसिकव, पूर्णगोपाल राजचल, सीताराम भ्वयद्यो, केशव तमखू, सुशिला कर्माचार्य, बलराम न्हिसतू, राजाराम चवाल, दीपक माकलगायतले ‘मजदुर–किसान’ पत्रिकाको विभिन्न लेखहरूको सारसङ्क्षेप प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी वागीश्वरी कर्मचारी समाजको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८ अङ्क १ पूर्णाङ्क २१ को अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अन्तरक्रिया कार्यक्रमलाई जनताको विश्वविद्यालयमा भइरहेको कक्षाको रूपमा लिनुपर्ने बताउ“दै उहा“ले राजनीतिक कक्षाबाट राजनीतिक पू“जी बढ्छ भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अन्तरक्रिया कार्यक्रमबाट एउटामात्र सही विचार आत्मसात् गर्नसके पनि जीवनमा ठूलो भूमिका खेल्छ भन्नुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षक ग्याहेन्द्र प्रसाद दाहाल, तुल्सीराम प्रजापति, लक्ष्मीप्रसाद गाईजू, शर्मिला प्रजापति, रत्नशोभा फैंजू, रामप्रसाद बोहजू, शर्मिला बासी, विष्णुलक्ष्मी लेवा, रमेश गोसाई र प्रवीण प्रजापतिले बोल्नुभएको थियो ।
Leave a Reply