नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २६ असोज । “विद्यार्थीहरूलाई आदर्श नागरिक बनाउन बाल्यावस्थादेखि नै शिक्षक, अभिभावक तथा विद्यालयले विशेष प्रयास गर्नुपर्दछ ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शुक्रबार वाइजल्याण्ड सेकेण्डरी स्कूलको २६ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एवं एसईई उत्तीर्ण विद्यालयका विद्यार्थीहरूलाई प्रशंसापत्र तथा मेडल वितरण कार्यक्रममा उक्त विचार व्यक्त गर्नुभएको हो ।
अध्यक्ष बिजुक्छेंले विद्यार्थीहरूलाई थप व्यावहारिक बनाउन अभिभावक, विद्यालय तथा शिक्षक शिक्षिकाहरूको गहन भूमिका हुने उल्लेख गर्दै बाल्यावस्थादेखिको प्रभावले भविष्यसम्म सही मार्ग पहिल्याउन मद्दत पुग्ने विचार राख्नुभयो ।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूलाई साहित्य, सामाजिक, सांस्कृतिक क्षेत्रमा अझ सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । अभिभावकहरू गम्भीर र सु–संस्कृत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले विद्यालयले देशप्रति जिम्मेवार एवं राजनैतिक रूपले सचेत विद्यार्थी उत्पादन तयार गर्नुपर्ने, मातृभाषाहरू जोगाउनुपर्ने र नेपालमै सबभन्दा पहिले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम विद्यालयहरूमा लागू गरेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल आशाकुमार चिकंबञ्जारले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण किसीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा शैक्षिक वर्ष २०७४ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरू, एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरू, अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताहरूमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
पहिलो चरणको औपचारिक कार्यक्रमपछि विभिन्न सन्देशमूलक नाटक, नृत्य, गीतका साथ सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
Leave a Reply