नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
इटाली, २६ असोज । बोलिभियाको ला हिगुरामा संरा अमेरिकी पक्षधर बोलिभियाली कठपुतली सेनाले ल्याटिन अमेरिकी क्रान्तिकारी योद्धा चे ग्वेभाराको हत्या गरेको ५१ वर्ष पुगेको सम्झनामा इटालीका एकजना भित्ते चित्रकारले चे ग्वेभाराको संसारकै ठूला भित्तेचित्रमध्येमा गनिने सुन्दरतम भित्तेचित्र बनाएका छन् । जोरिट अगोच नामका तिती भित्तेचित्रकारले आफ्नो जीवनमा कुनै पनि माध्यमबाट मानव जातिको प्रगतिमा योगदान गर्न चाहेको बताए । त्यही भावनाले उनले चे ग्वेभारालगायत प्यालेस्टाइनी प्रतिरोधका नायिका अहेद तामिमिको पनि भित्तेचित्र बनाएका छन् । जोरिटले आफ्नो यो प्रयास ‘साम्राज्यवाद र उपनिवेशवादका हातबाट मानव जातिलाई मुक्त गर्न चालु सङ्घर्षमा’ आफ्नो तर्फबाट सानो योगदान मात्र भएको धारणा राखे ।
उनले विख्यात फूटबल खेलाडी तथा समाजवादी विचारका पक्षधर डियगो माराडोना, मपुचे आदिबासी जनताको पक्षमा लडेका अर्जेन्टिनाका अभियन्ता सान्टियागो माल्दोनाडो लगायतको भित्तेचित्र बनाइसकेका छन् ।

Leave a Reply