अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
खासोगी, साउदी अरब र पश्चिमा शक्ति संरा अमेरिकी सरकारले विगत लामो समयदेखि काँध थप्दै आएको साउदी अरबको संस्थापन कतिसम्म क्रुर हुन सक्दछ भन्ने कुरा हालै एउटा घटनाले पुष्टि भएको छ । २ अक्टोबरका दिन आफ्नो एउटा व्यक्तिगत काम गर्न टर्कीको इस्तानबुल सहरस्थित साउदी अरबको महावाणिज्य दूतावासमा प्रवेश गरेका थिए–साउदी मूलका अमेरिकी पत्रकार जमाल खासोगी । उनलाई दूतावासबाहिर कुरिरहेकी थिइन्, उनकी प्रेमिका । तर दूतावासभित्र पसेका खासोगी बाहिर निस्केनन् । बरू यसबीच साउदी अरबका धेरै सैनिक तथा गुप्तचर विभागका उच्च अधिकारीहरू दुतावासमा आवतजावत गरे ।
उनी दूतावासभित्र प्रवेश गरेको दस दिन बितिसक्दा पनि बाहिर आएका छैनन् । यसबीच टर्कीका सुरक्षा निकायले खासोगीको दूतावासभित्रै हत्या भएको हुन सक्ने अभिव्यक्ति सार्वजनिक ग¥यो । भित्र पसेका खासोगी बाहिर आइनसकेको टर्कीका सुरक्षा निकायको भनाइ छ । तर साउदी दूतावासले भने खासोगी आफ्नो काम पूरा गरी बाहिर गइसकेको बताउँदै आएको छ ।
टर्कीका केही अधिकारीले खासोगीको दूतावासभित्रै हत्या गरी उनको लासलाई व्यवस्थापन गरिसकेको समेत दाबी गरे । साउदी सरकारले यो आरोपको खण्डन गर्दै आए पनि खासोगी कहाँ छन् भन्नेबारेमा केही भन्न सकेको छैन । खासोगीको दूतावासभित्र प्रवेशलगत्तै इस्तानबुलको विमानस्थलमा साउदी अधिकारीको आवतजावत र चलखेलका कारण पनि खासोगी बेपत्ता हुनुमा साउदीको भूमिकामाथिको आशङ्का अझ विश्वासमा बदलिंदै गएको हो ।
खासोगी लामो समयदेखि साउदी संस्थापनको आलोचक हुन् । उनले त्यहाँको राजपरिवारका सदस्यको आलोचनामा लेख्दै आएका थिए । वाशिङ्टन पोस्टका उनी स्तम्भकार हुन् । आजसम्म साउदी सरकारले अस्वीकार गर्दै आए पनि खासोगी बेपत्ता हुनुमा रियाद सरकार नै प्रमुख जवाफदेही पक्ष हो । खासोगी कहाँ गए भन्ने प्रश्नको जवाफ आज साउदी अरबतिर तेर्सिएको छ ।
साउदी अरबको मानवअधिकार बेला–बेला चर्चा हुने गरेको विषय हो । पुँजीवादी सञ्चारमाध्यमले त्यहाँको मानवअधिकारलाई आफ्नै कोणबाट व्याख्या गर्दै आलोचना गर्दै आएका छन् भने अन्य तटस्थ अन्तर्राष्ट्रिय सङ्गठन र संसारका प्रगतिशील जनताले पनि साउदी शासकबाट हुने गरेको अत्याचारको विरोध गर्दै आएका छन् । साउदी अरब तेलमा धनी देश हो । मध्यपूर्वको एउटा क्षेत्रीय शक्तिको हैसियतले साउदीले वरपरका देशमाथि थिचोमिचो पनि गर्ने गरेको छ भने आफ्नै नागरिकमाथि पनि अत्याचार गर्ने गरेको छ । त्यहाँको राजतन्त्र र राजपरिवारमा संसारबाट उन्मूलन हुँदै गइरहेको सामन्ती राजशाही अझ पनि मुखर छ । जसरी साम्राज्यवादी देशहरूले आफ्ना उपनिवेशहरूका प्राकृतिक र मानवीय शक्तिको दोहन गरी आफ्नो वैभव बढाएका थिए, त्यसरी नै साउदी अरबका शासक वर्गले तेलमाथिको नियन्त्रण र देशभित्र र बाहिरका मजदुरमाथिको शोषणकै जगमा उभिएर आफ्नो वैभवलाई धानिरहेकै छ । तर आफ्नो विरोध गर्ने कोही पनि देश वा व्यक्तिलाई सिध्याउने आक्रामक चिन्तन साउदी शासकमा जब्बर छ । सिरिया, इराक र इरानमाथि संरा अमेरिकी हमलाको स्थानीय एजेण्ट भनेको साउदी अरबका शासक वर्ग नै हुन् । संरा अमेरिकाले आफूलाई मानवअधिकार र प्रजातन्त्रको प्रवर्तकको रुपमा व्याख्या गरे पनि साउदी अरबजस्तो मानवअधिकार र प्रजातन्त्रविरोधी शक्तिलाई भने उसले च्यापेर हिंडिरहेको छ । यसले प्रजातन्त्र र मानवअधिकारप्रति संरा अमेरिकी प्रतिबद्धतामात्र झूट भएको प्रष्ट बनाएको छ । पश्चिमा शक्तिले पनि साउदी अरबको मानवअधिकार हनन र प्रजातन्त्रविहीनताको बारेमा केही बोल्ने गरेका छैनन् । यसले उनीहरूको मानवअधिकार र प्रजातन्त्रको नारा पनि नक्कली नागको सौखिनमात्र भएको देखाएको छ ।
खासोगीको काण्ड गम्भीर घटना हो । मानवअधिकारको पक्षधर कुनै पनि देशबाट यस्तो व्यवहार हुन सक्दैन । साउदीले गरेको यो अपराधको विरोधमा उसका गडफादरहरू संरा अमेरिका र पश्चिमा शक्तिहरूले समेत मौनता कायम राख्नु प्रजातन्त्र र मानवअधिकारभित्रको साम्राज्यवादी र हमलाकारी नियत स्पष्ट भएको छ । खासोगी घटना कुनै समाजवादी वा साम्राज्यवादी देशबाट भएको भए आज पश्चिमा सञ्चारमाध्यम कुन हदसम्म हल्ला गरिरहेका हुन्थे, संसारसँग धेरै उदाहरण छन् ।
Leave a Reply