भर्खरै :

चीनमा शिक्षकलाई सम्मान गर्ने संस्कृति

यहु प्रकाश
चीनको ३४ औं शिक्षक दिवसको अवसरमा २०१८ सेप्टेम्बर १० सोमबार (२०७५ भदौ २५) को दिन चीनका विभिन्न सरकारी विभागका वरिष्ठ पदाधिकारीहरू उपस्थित बृहत् सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्पmबाट चिनियाँ राष्ट्रपति सि चिन फिङ्गले सहभागी शिक्षकहरूसमक्ष चीनलाई शैक्षिक रुपले शक्तिसम्पन्न मुलुकमा फेर्न आह्वान गर्नुभयो । उहाँले शिक्षकहरूलाई आदर र शिक्षालाई महत्व दिइरहेको उल्लेख गर्दै । चीनलाई शैक्षिक शक्तिको रुपमा निर्माण गर्न शैक्षिक क्षेत्रमा आधुनिकीकरण गर्न महत्वपूर्ण पाइला चाल्न जोड दिनुभयो । उहाँले शैक्षिक उपलब्धिहरू नै जनताको चौतर्फी विकास र सार्थक निर्णयात्मक प्रवद्र्धन तथा चिनियाँ राष्ट्रको सिर्जनात्मक क्षमता र पुनःजागरणलाई साकार पार्ने बलियो आधार भएको बताउनुभयो ।
राष्ट्रपति सी चिनफिङ्गले शिक्षकहरूबाट सामाजिक प्रतिष्ठा कायम गर्ने र विद्यार्थीलाई ज्ञान सम्प्रेषण गर्दै शिक्षकहरू आफ्नै राजनीतिक, सामाजिक र पेशागत स्तर वृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले १९ औं चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको रणनीतिक निर्णय नै नयाँ युगमा चिनियाँ विशेषताअनुसारको समाजवादलाई माथि उठाउने काममा विकास गर्नुभएको बताउनुभयो । सीले कडा मिहिनेतले काम गर्ने भावनाबाट ओतप्रोत चौतर्फी (बौद्धिक एवं शारीरिक) विकास र सुरुचिपूर्ण पृष्ठभूमिमा देश र पार्टीको आधारभूत शैक्षिक विकासलाई ध्यान दिन पनि शिक्षकहरूलाई अनुरोध गर्नुभयो ।
शिक्षाले चीनको राष्ट्रिय आत्मविश्वास र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी प्रस्तुति सशक्त बनाउन भूमिका निभाउनुपर्ने सीको भनाइ थियो । उहाँले विभिन्न तहका पार्टी सङ्गठनहरूका शैक्षिक विभाग र शैक्षिक संस्थालाई चीकपा केन्द्रीय समिति र यसका केन्दीकृत र एकीकृत नेतृत्वलाई अघि बढाउन माग गर्नुभयो र शिक्षामा पार्टीको समग्र नेतृत्वको महत्वमा अटल रहनेमा प्रकाश पार्नुभयो ।
उहाँले विद्यार्थीहरू पार्टी, देश र जनताप्रति समर्पित हुन सकून् भन्ने उद्देश्यले तिनीहरूको देशभक्त भावनालाई शैक्षिक संस्थाहरूले हुर्काउन–बढाउन आवश्यक भएको औंल्याउनुभयो ।
राष्ट्रपति सी जिनफिङ्गले खुलापनलाई माथि उठाउन र अन्तर्राष्ट्रिय सहयोगलाई तीव्रता दिन शिक्षा प्रणाली र संयन्त्रलाई सुधार गर्न आवश्यक भएको बताउनुभयो ।
चीनको ३४ औं शिक्षक दिवसको अवसरमा चिनियाँ राष्ट्रपति सि चिन फिङले दिनुभएको उक्त मन्तव्यलाई निकै महत्वका साथ लिइएको छ । संसारका विभिन्न शिक्षक, प्रोफेसर र शिक्षाविद्हरूले उहाँको मन्तव्यलाई लिएर आ–आप्mनो प्रतिक्रिया दिएका छन् । उहाँले शिक्षा र शिक्षकले चीनको भविष्य निर्धारणमा प्रभाव पार्नेबारे विशेष चर्चा गर्नुभएको थियो । सीको मन्तव्यले विदेशी शिक्षकहरूलाई समेत उत्साह प्रदान गरेको थियो । उहाँले देशको केन्द्रीय महत्वका विषयको रुपमा शिक्षालाई व्यक्तिगत प्रोत्साहनको विकास, सामाजिक उन्नति र सभ्यताको लागि सदैव आवश्यक पक्षको रुपमा जोड दिनुभयो । शिक्षकहरूको आदर गर्नु र शिक्षालाई महत्व दिनु चीनको परम्परा भइसकेको, शिक्षकहरूलाई अझ बढी सम्मान गर्न र आधुनिक चिनियाँ समाजको निर्माणमा शिक्षालाई अझ अघि बढाउन थप प्रयत्न गर्नमा उहाँले आह्वान गर्नुभयो ।
बेलायतको लेइसेरन्तर विश्वविद्यालयका पूर्वउपकुलपति चार्लेस काओ क्विन (Charles Caoquin) ले सीको मन्तव्यबारे टिप्पणी गर्दै भन्नुभयो, चीनले नियमितरुपबाट दक्ष जनशक्तिको आयात गर्दै आइरहेको छ र आफ्नै देशमा शैक्षिक जनशक्ति बनाउन शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ ।
सीको मन्तव्यलाई लिएर जर्मनीको उत्तर राइन वेस्टफालियास्थित दुसेनका एक जना मा.वि. शिक्षक चाङ्ग यागाङ्ग( Zang Yangang) ले भने, सीको भाषणबाट चीनमा शिक्षा क्षेत्रको विकासलाई चीनका वरिष्ठ नेताहरूले निकै नजिकबाट ध्यान दिइरहेको प्रमाणित हुन्छ । यस्तो मन्तव्य संसारमा आकलझुकलमात्र आउने गरेको पाइन्छ ।
यस्तै, नैराबी विश्वविद्यालयका (The University of Nairobi) उप (प्रोफेसर तरिस्तुस इरान्डु (Evaristus Irandu)ले सीको मन्तव्य पढेर चिनियाँ नेतृत्वले शिक्षा र शिक्षकको भूमिकासम्बन्धी गरेका महत्वपूर्ण मूल्याङ्कनबाट निकै प्रभावित भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “शिक्षकहरूको ज्ञान र विचारको प्रचार–प्रसार गर्ने तथा विद्यार्थीहरूको आ–आप्mनै ढङ्गको व्यक्तित्व विकास निर्माण गर्न सहयोग पु¥याउने लक्ष्य हुन्छ नै ।”
पाकिस्तानी राजधानी इस्लामवादमा अवस्थित अल्लाम इक्बल (Allama Iqbal) खुला विश्वविद्यालयका सामूहिक सञ्चार विभागका प्रमुख (Head of the Department of Mass communication) सक्विब रियाज (Saquib Riaz) ले भन्नुभयो, कुनै देशको विकास पछाडिको मन्त्र भनेको शिक्षा हुने गरेको छ … र त्यसकारण शिक्षकप्रतिको आदरभाव अझ बलियो बनाइदिने गरेको छ  । उहाँले सीको आह्वानलाई मुक्तकण्ठले प्रशंसा गर्दै भन्नुभयो, “राष्ट्रपति सी चिनफिङ्गले शिक्षक र तिनीहरूको शिक्षण पेशालाई आदर गर्ने निकै महत्वपूर्ण र ओजस्वी निर्णय गर्नुभयो । त्यस निर्णयले चिनियाँ राष्ट्रलाई फाइदा पुग्नेछ । शिक्षकहरूप्रतिको आदरले चिर स्थायी र वातावरण मैत्री प्रगति र विकासलाई सुनिश्चित गर्नेछ ।”
यस्तै, थाइल्याण्डस्थित व्यवस्थापनको पनयापिवट संस्था (The Panyapiwat Institute of Management) का प्रोफेसर नाति ताविश्रीफुयङ्गफुङ्ग (Natee Tweesrifuengfung) शिक्षा र शिक्षकहरूको स्तर बढाउनु भनेको प्रमुख मुलुकको रुपमा चीनको भूमिका सुनिश्चित हुने कुरोमा विश्वस्त हुनुहुन्छ । उहाँले ज्ञानको प्रचार–प्रसारले देशको दीर्घकालीन विकास र प्रगतिलाई शिक्षकहरूद्वारा अघि बढाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म सीको आह्वानलाई समर्थन गर्दछु । प्रमुख देशको सही मूल्य र अवधारणाकै लाममा सीको आह्वान रहेको छ ।”
शिक्षा आदानप्रदान गर्ने चीन–फ्रान्स सङ्घ (China–France association on educational exchanges) का प्रमुख लि श्यिआओतोङ्ग (Li Xiaotong) ले समाजको प्रगतिमा सम्पूर्ण शिक्षकहरूको योगदानलाई प्रकाश पार्दै सीको मन्तव्यले शिक्षकहरूलाई उत्साह प्रदान गरेको बताउनुभयो । उहाँले थप्नुभयो, “सबैले शिक्षा र शिक्षकहरूलाई आदर गरेपछि शिक्षकहरूले जरुर पनि आप्mनो पेशालाई अझ बढी महत्व दिनेछन् र जनताको व्यक्तिगत विकास र देशको सामाजिक मेलमिलापमा अझ बढी योगदान दिनेछन् ।”
पाकिस्तानको रियाज (Riyaz) ले भन्नुभयो, “यदि हामीले शिक्षकहरूलाई आदर गर्छौं भने जाने बुझेका व्यक्तिहरू अझ बढी यस पेशामा लाग्नेछन् र हामीले अझ जाने बुझेका विद्यार्थीहरू तयार गर्नेछौं ।”
सिङ्गापुरको नानयाङ्ग प्रविधि विश्वविद्यालय (Singapore’s Nanyang Technological University) का सह–प्रोफेसर यि श्यिउलियङ्ग (Ye Xiuliang) ले शिक्षकहरूको पारिश्रमिक र स्तरलाई अझ प्रोत्साहन दिन र शिक्षकहरूलाई गर्वनाभूति गर्न लगाउन र उपलब्धि प्रदान गर्न एउटा संस्कृति र एउटा वातावरण निर्माण गर्न आवश्यक हुने कुरो औंल्याउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय विकासमा शिक्षाले गहिरोसँग प्रभाव पारेको हुन्छ नै ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *