भर्खरै :

समाजमा थिचोमिचो बढेसँगै माक्र्सवादको सान्दर्भिकता बढ्ने

असोज २८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले माक्र्सवाद कार्ल माक्र्सको भौतिक शरीर नभई क्रान्तिकारी र वैज्ञानिक विचार भएको बताउनुभएको छ ।
बाल विकास इङ्गलिस स्कूलको आयोजनामा आइतबार नेमकिपाको मुखपत्र ‘मजदुर–किसान’ को नयाँ अङ्कबारे भएको अन्तरक्रिया कार्यक्रममा उहाँले जसरी २५ सय वर्ष पुरानो बुद्धको विचार पुरानो भएको छैन, संसारभर पैmलिरहेको छ त्यसरी नै माक्र्सवाद पनि पुरानो नभएको बताउनुभयो ।
उहाँले माक्र्सवादी विचार सर्वहारा वर्गको हुकुमको विचार हो, विश्वमा सामन्तवादी र पुँजीवादीहरूले सर्वहारा वर्गमा थिचिोमिचो बढेसँगै माक्र्सवादी विचारको सान्दर्भिकता बढ्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले शिक्षकहरू समाजमा प्रत्यक्षरुपमा सम्पर्कमा रहिरहने भएकाले नयाँ पुस्तालाई विद्यालय तहदेखि नै समाज र देशप्रति जिम्मेवार बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अन्य बलात्कारी र हत्यारालाई पक्राउ गर्नु तर देशैभरि चर्चा भएको निर्मलाको हत्यारा पत्ता नलाग्नुले अपराधी जोगाउन विदेशी शक्तिको हात रहेको हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले अमेरिका–चीन व्यापार युद्धको बारेमा प्रस्ट पार्दै भारतीय एकाधिकार पुँजीले पहिलेदेखि नै नेपालमा प्रभाव पारिरहेका कारण नेपालको अर्थतन्त्र फस्टाउन नसकेको धारणा राख्नुभयो ।
उहाँले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र समाजको लागि काम गर्न शिक्षक–शिक्षिकाहरूलाई अनुरोध गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सृजना सैंजूले साम्राज्यवादी अमेरिकाले चीनको विकास र उन्नतिबाट आत्तिएर चीनमाथि व्यापार युद्ध लादेको तर त्यस युद्धले अमेरिकी मजदुर, किसान र सिङ्गो अमेरिकाको अर्थतन्त्रलाई नै असर पार्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षिकाहरू सीता प्रजापति, सुलोचना छ्वाजू, गंगा वैद्य, विजेश्वरी पैmजू, अनु सितिखू, वीणा खिउँजू, श्रीकेशरी कुसी, रविना हेङ्गोजू, सविना अवाल, सृष्टि प्रधान, सृजना प्रजापति, मनिषा श्रेष्ठ तथा शिक्षकहरू सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, विशाल राजचल, पुनेन्द्रप्रसाद कुसी, किशोर गोसाईंलगायतले ‘मजदुर–किसान’ बारेमा आ–आफ्नो अध्ययन सार प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *