काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
सरला प्रजापति, तालाक्व
कसिपाय्चा खेलको विषयमा आइतबारको मजदुर दैनिकमा प्रकाशित लेख रोचक लाग्यो । झण्डै लोप भइसकेको यो मौलिक खेललाई भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेर पुनःजीवन नै दिएको छ । यसको निम्ति भक्तपुर नगरपालिका वास्तवमै आभारको पात्र बनेको छ । मोबाइलका भर्चुअल खेलमा रमाउने आजको पुस्तालाई स्थानीय पाठ्यक्रममार्फत यो खेल खेलाउँदा एकातिर हाम्रो मौलिकता पनि जोगिएको छ र साथै उनीहरूमा सामाजिक भावना पनि जीवित राख्नेछ ।
कसिपाय्चा खेलबारे लेख पढ्दै गर्दा मेरो स्मरणमा धेरै अरु खेलको सम्झना भयो जो हामी साना केटाकेटी छँदा खेल्ने गथ्र्यौं । कसिपाय्चा खेल बौद्धिक विकासको लागि उपयुक्त खेल त हो, तर त्यत्तिमात्र पुग्दैन । त्यसले शारीरिक विकासका आवश्यकता पूरा गर्नसक्दैन । शारीरिक विकासका लागि दौडिने, उफ्रिने, नाच्ने, बस्ने आदि खेलको विकास वा विगतमा भएका खेललाई पुनर्जीवन दिनुपर्दछ ।
कसिपाय्चा खेलबारे शिक्षकलाई पनि शारीरिक विकासमा ध्यान दिइएका खेलको पनि प्रशिक्षण चलाउनु उपयुक्त हुनेछ । यो कामलाई शिक्षकशिक्षिकाले मनको रहर वा बाध्यताको रुपमा मात्र लिनुहुन्न । यसलाई आफ्नो दायित्व र मौलिक खेलको संरक्षणको लागि योगदानको रुपमा लिनु उपयुक्त हुनेछ ।
Leave a Reply