भर्खरै :

खासोग्गी काण्डमा साउदी एक्लो

लण्डन,१५ अक्टोबर । टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको आशड्ढा गरिएको पत्रकार जमाल खासोग्गीप्रति आपत्ति जनाउ“दै अक्टोबर महिनाको अन्त्यतिर साउदी अरबको राजधानी रियादमा हुने तय भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा बेलायत र संरा अमेरिकाले सहभागी नबन्ने निर्णय गरेको छ ।
भविष्य लगानी पहलकदमी नाम दिइएको सो सम्मेलनमा संरा अमेरिकाका अर्थ विभागका सचिव स्टीभ नुचिन र बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लिआम फक्स सहभागी नहुने पक्का भएको छ । सो सम्मेलनको साउदी राजकुमार मोहम्मद बिन सालमानले नै अध्यक्षता गर्ने कार्यक्रम छ । मोहम्मदले प्रस्ताव गरेको सुधार कार्यक्रमको पत्रकार खासोग्गीले आलोचना गर्दै आएका थिए ।
मोहम्मदको कडा आलोचना गर्दै खासोगी वाशिङ्टन पोस्टमा लेखिरहन्थे ।
गएको अक्टोबर २ मा आफ्नो व्यक्तिगत कामका लागि महावाणिज्य दूतावासभित्र पसेका खासोगी बेपत्ता भएका छन् । उनलाई दूतावासभित्रै मारिएको हुनसक्ने अनुमान गरिएको छ ।
संसारभर साउदीको यस्तो कामको चर्को विरोध भइरहेको छ । तर साउदी अरबले भने आफ्नो निर्दोषता दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *