युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
भक्तपुर, २९ असोज । ‘‘पुँजीवादी पार्टीहरू नेका, एमाले, मधेसवादी र राप्रपालगायतले कमैया मुक्ति घोषणाको नाममा कमैयालाई मोहियानी हकबाट वञ्चित गरे ।’’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेमकिपाको मुखपत्र ‘मजुदर–किसान’ बारे प्रभात इङ्गलिस माविको आयोजनामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
कालाबजारियालाई जेल पठाउने र खाद्यान्नमा मिसावट गर्नेलाई ज्यानसम्बन्धी मुद्दा चलाउनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष रोहितले दिल्लीमा गएर सही गर्ने प्रधानमन्त्री र मन्त्रीहरूको कारण देश सिक्किम बन्ने खतरा बढ्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सांस्कृतिक स्तर भनेको अखबार र नयाँ नयाँ पुस्तक अध्ययन गरी नयाँ पुस्ता एवं विद्यार्थीहरूलाई बताउने पनि हो, पुस्तक घरमा थन्क्याउने होइन, अध्ययन गर्ने हो ।’’
‘‘जनताको बहुदलीय जनवाद नेपालमा बीपीले ल्याएका हुन् । यो पुँजीवादी प्रजातन्त्र नै हो । यसलाई एमालेले पनि अङ्गीकार ग¥यो । माओवादी दाबी गर्नेले प्रचण्डपथ दाबी गरेको झूटो हो ।’’ अध्यक्ष रोहितले भन्नुभयो ।
शिक्षकले नयाँ पुस्ता तयार गरे देश अगाडि बढ्ने भएकोले शिक्षकहरूले मेहनत गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले पार्टीले राजनीतिको नेतृत्व गर्ने उल्लेख गर्दै पार्टी कार्यकर्ता भई सङ्गठनमा लाग्नु विश्वविद्यालयमा अध्ययन गर्नेजस्तै हुने बताउनुभयो ।
‘‘नेमकिपाले पार्टी प्रकाशन, अध्ययन र अन्तरक्रियामार्फत कार्यकर्ता र समर्थकहरूलाई शिक्षित गर्ने काम गरिरहेको छ’’, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चा भयो । झूटा आश्वासनमा दुईतिहाइ बहुमत प्राप्त गरियो । सरकार गठन भएको सात महिना भयो तर महँगी, भ्रष्टाचार यथावत छ । सुन तस्करीका ठूला माछा र समयमा काम सम्पन्न नगर्ने ठूला ठेकेदारमार्फत कारबाही भएन, यसले सरकारले सुशासन कायम गर्न असफल भएको प्रमाणित गर्छ ।’’
सरकारले भारतीय थिचोमिचो र हस्तक्षेपको विरोध गर्न नसकेको स्पष्ट पार्दै उहाँले सन् १९५० को सन्धिलगायत महाकाली र माथिल्लो कर्णालीजस्ता सन्धि खारेज गर्न नसकेको र सीमा अतिक्रमण तथा डुबानको समस्या समाधान गर्न सरकार असफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘संरा अमेरिकी साम्राज्यवादले प्रजग कोरिया र क्युवाविरूद्ध नाकाबन्दी हटाएको छैन । नेमकिपाले साम्राज्यवादविरोधी जनताको समर्थनमा आवाज उठाउँदै आएको छ ।’’ नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सृजना सैंजूले संरा अमेरिकाले चीनविरूद्ध थोपेको व्यापार युद्धले अन्ततः अमेरिकालाई नै नोक्सान हुने स्पष्ट छ भन्नुभयो ।
विद्यालयका प्राचार्य केबी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षकहरू कञ्चन ज्याख्व, सुनिता दुवाल, अप्सरा ढकाल, सुजाता ध्वँजू, चण्डेश्वरी किसी, राज्यलक्ष्मी सुवाल, देवलक्ष्मी ग्वाछालगायतले मुखपत्रबारे आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply