भर्खरै :

पुँजीवादी दलका एजेन्टहरूबाट सचेत होऔँ !

पुँजीवादी दलका एजेन्टहरूबाट सचेत होऔँ !

संयुक्त राज्य अमेरिका आज संसारको सबभन्दा क्रूर र आक्रामक शासकहरूको राज्यको रूपमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका र टापु देशहरूका जनतालाई थाहा भएकै विषय हो । तर, इतिहासको एक कालखण्डमा बेलायती साम्राज्यवाद र उपनिवेशवादको विरोधमा सशस्त्र सङ्घर्ष गरेर स्वतन्त्र राज्यको रूपमा सफल भएको देश पनि संरा अमेरिका नै हो । बेलायती उपनिवेशवादीहरूको विरोधमा गरेको त्यो रक्ताम्य लडाइँमा फ्रान्सेली र अन्य युरोपेली देशहरू तथा क्रान्तिकारीहरूले पनि स्वयम्सेवक भई लडाइँको मोर्चामा सहयोग गरेका थिए ।
तर, पुँजीवादको विकासले त्यस राज्यका नेताहरू, दास मालिक र पुँजीपतिवर्ग सा¥है अन्यायी तथा अत्याचारी बन्न पुगे । फलस्वरूप त्यहाँको संविधान पनि दास मालिक र पुँजीपतिवर्गको हर प्रकारका शोषकहरूको पक्षको एक दस्ताबेज बन्यो ।
राम्रो उद्देश्यको निम्ति सुरु भएको ‘अमेरिकी स्वतन्त्रता आन्दोलन’ पछि दास मालिक र पुँजीपतिवर्गको ‘स्वर्ग’ बन्यो । त्यहाँका अफ्रिकी दासहरू कपास खेती र अन्य कार्यमा बिहानदेखि बेलुकीसम्म काम गर्थे । राम्रो खानेकुराको अभाव र आराम एवम् व्यवस्थित बसोबास नहुँदा तिनीहरूको सालाखाला आयु २७ वर्षको थियो । रोग, भोक र यातनाले ती कामदार मजदुर एवम् किसानहरू अत्यन्त कष्टकर जीवन बिताउन बाध्य थिए । आत्महत्याको दर पनि कम थिएन ।
कलकारखाना, उद्योगधन्दा र व्यापारको पनि वृद्धि हुँदै गयो । शोषण पनि बढ्दै थियो । सहरहरूको विकास हुँदै थियो† गाउँ खाली हुँदै किसानहरू सहरमा आएर काम गर्न बाध्य थिए । १४० – १५० वर्षदेखि अमेरिकी मजदुरवर्ग ज्यामीहरू सा¥है शोषित र पीडित भए । त्यसको विरोधमा मजदुरहरू पनि सहर र जिल्ला जिल्लामा सङ्गठित हुँदै गए । बारम्बार विभिन्न जिल्ला र सहरहरूमा मजदुरहरू पुँजीपतिवर्गको विरोधमा सङ्गठित भएर उठ्न थाले । आखिर गरिब जनताकै छोराछोरी प्रहरी, सिपाहीँ र पुँजीपतिवर्ग एवम् पुँजीवादी सरकारका कर्मचारी हुन्छन् । तिनीहरूलाई नै मजदुर आन्दोलन दबाउन प्रयोग गर्छन् । कतै कतै सेना र प्रहरीसमेत मजदुर–किसानहरूसँग मिल्न जान्छन् । सरकारले थप सेना र प्रहरी पठाएर चर्काे हत्या र हिंसा गर्छ ।
१ मेको दिन अमेरिकाको सिकागो सहरमा ठुलै विरोध प्रदर्शन र जनसभाको तयारी भयो । सरकारले जुलुस र जनसभा गरेमा गोली चलाउने धम्की दियो । कामदारवर्ग धम्कीको अगाडि झुकेनन् र उनीहरूको ठुलो विरोध प्रदर्शन भयो । ८ घण्टाको काम र उचित ज्यालाको माग भयो ।
वर्गशत्रु र सरकारले मजदुरहरूको जुलुसभित्र सरकारी गुप्तचरहरू घुसाएका थिए । तिनीहरूले प्रहरीमाथि ढुङ्गा र बम हाने । २–४ जना प्रहरी हताहत भए । त्यही निहुँमा सरकारले मजदुरहरूमाथि गोली चलाउने आदेश दियो । गोली चलाउँदा धेरै मजदुरहरू मारिए र कैयौँ घाइते भए । धेरै मजदुर नेताहरू पक्राउ परे तथा नेताहरूमाथि झूटा मुद्दा चलाएर ज्यान सजाय दिइयो । ती नेताहरूले अदालतमा आफूहरू निर्दाेष भएकोबारे सङ्घर्ष गरे । तर, ती नेताहरूलाई पुँजीवादी अदालतले ज्यान सजाय दियो ।
पछि थाहा भयो, प्रहरीमाथि ढुङ्गा र बम फाल्नेहरू उत्तेजना फैलाउने पुलिसकै मानिस (एजेन्ट प्रोभोकेटरहरू) थिए । यसरी क्रान्तिकारी र कम्युनिस्टको लुगा र पार्टीको नाममा देश अनि जनतालाई विश्वासघात गर्ने नेता, पार्टी र कार्यकर्ताहरू ‘एजेन्ट प्रोभोकेटर’ वा ‘उत्तेजना फैलाउने’ प्रहरीकै वा सरकारकै मानिस हुन्छन् । आज ती राजनैतिक दलहरूलाई ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा हल्लाउनेहरू’ भनिन्छ । कामदार जनता, कम्युनिस्ट, समाजवाद र मजदुर भनिने राजनैतिक दलहरू सरकारमा गएपछि कामदारवर्गको हितमा काम नगर्ने सरकारका मन्त्रीहरूलाई अहिले ‘पुँजीवादी पार्टीका दलाल’ वा ‘जनतालाई दबाउने र विश्वासघात गर्ने पुँजीपतिवर्गकै एजेन्ट’ भनिन्छ । यसकारण, निर्वाचनमा कामदार र गरिब जनतालाई विश्वासघात गर्नेहरू जनताका वर्गशत्रु हुन् । आजको सन्दर्भमा यही नै मे दिवसको सन्देश हो ।
१९ वैशाख २०८० (२ मे, २०२३)
सम्पादकीय सङ्कलन तेस्रो खण्डबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *