‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
काठमाडौं, ३० असोज । पुँजीवादी व्यवस्था बहुरूपिया राजनीतिक बन्दोबस्त हो । पुँजीवादी शोषणलाई सही ठहर गर्न र निरन्तरता दिन अनेक थरी रूप धारण गर्ने गर्दछ । यस्तै भएको छ, हङ्गेरीमा । युरोप भन्ने बित्तिकै सभ्य, समृद्ध र व्यवस्थित मान्ने मानिसको अभाव नेपालमा पनि कम छैन । तर हङ्गेरीको पछिल्लो एउटा समाचारले भने त्यस्ता सोच भएका मानिसमाथि कडा हमला गरेको छ ।
युरोपेली देश हङ्गेरीको सरकारले हालै एउटा गज्जबको ऐन बनायो– सार्वजनिक स्थलमा मनपरी सुत्न नपाइने । विशेषतः रातको समयमा घर नभएका हङ्गेरियाली जनता सार्वजनिक स्थलमा सुत्ने भएकाले तिनीहरूमाथि रोक लगाउन यस्तो कानुन ल्याएको सरकारले दाबी गरेको छ । गएको जुन महिनामा हङ्गेरी सरकारले त्यस्तो कानुन पारित गरेको हो ।
सरकारले आफ्नो सो निर्णय ‘सिङ्गो समाजको हितमा रहेको’ दाबी गरेको छ । तर संयुक्त राष्ट्र सङ्घले भने सो निर्णयलाई ‘क्रुर’ भएको प्रतिक्रिया व्यक्त गरेको छ ।
‘‘घर नभएका मानिस सार्वजनिक स्थानमा सुत्दा के अपराध भयो र ? बाँच्नकै लागि त उनीहरूले त्यस्तो ठाउँमा सुत्नु परेको हो ।’’, संयुक्त राष्ट्र सङ्घका आवास विज्ञ लिलानी फाराले जुनमै हङ्गेरीमा पठाएको खुलापत्रमा लेखिएको छ । हङ्गेरीमा घर नभएका मानिस कम्तीमा २० हजार छन् । सरकारले उनीहरूलाई सार्वजनिक स्थलमा सुत्न नदिन यस्तो निर्णय त ग¥यो तर ती घर नभएका मानिस
कहाँ बस्ने हुन्, कुनै विकल्प भने दिन सकेको छैन ।
पुँजीवादी समाजमा गहिरिँदो वर्गीय खाडलको उदाहरण हङ्गेरीको यो सामाजिक अवस्थाले पुष्टि गर्दछ । पुँजीवादी व्यवस्था अङ्गालेका हरेक पश्चिमा देशमा यस्तो समस्या कुनै न कुनै मात्रामा छन् ।
त्यहाँका सरकारले यस्ता सामाजिक समस्यालाई छोप्नसम्म सामथ्र्य राख्दछ, तर पूर्णरूपमा निमिट्यान्न गर्न कदापि सकेको छैन । यो पुँजीवादी व्यवस्थाको छायाजस्तै आउने गरेको छ ।
Leave a Reply