‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
कृतिका प्रजापति
भक्तपुर, ३० असोज । दसैं नजिकिएसँगै पनि भक्तपुरका प्रजापतिहरूलाई तिहारमा प्रयोग हुने दियो (पालाचा) बनाउन भ्याईनभ्याई भएको छ । पालाचाको माग बढेसँगै यहाँका प्रजापतिहरूले चाडबाड नभनीकन पालाचा बनाउने कामलाई तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।
भक्तपुर नगरपालिका वडा नं. १० बस्ने ६० वर्षीय धनवीर प्रजापति भन्छन् –‘‘बिहान सबेरै पालाचा बनाउन बस्छु, बजारमा यसको माग अत्यधिक छ, माग भए जति पालाचा आपूर्ति गर्न भने सकिरहेका छैनौं ।’
पहिले पहिले चाखः मा बनाइने पाला अहिले मेसिनबाट बन्ने भएर थोरै समयमा धेरै पाला बन्ने उनी बताउँछन् । माटो मुछ्ने मेसिनले गर्दा समय र परिश्रम थोरै भए पुगेको छ । उनी भन्छन् – ‘‘म धमाधम मेसिनबाट पालाचा बनाउँछु, मेरी श्रीमतीले त्यसलाई सुकाउँछिन् र रङ्ग हाली घाममा सुकाउने काम गर्छिन् । राम्रो आम्दानी हुने भएकोले पनि हामी उत्साहित भएर यो काममा लागेका छांै ।’’
हामीले बनाएको पालाचा काठमाडौंको विभिन्न ठाउँहरूमा बेच्छौं । सानो पालाचा एउटाको एक रुपैयाँको दरले बेच्छौं’’ धनवीको भनाइ छ । राम्रोसँग काम महिनाको पचास हजारभन्दा बढी कमाउन सकिने उनको तर्क छ । ‘‘धेरैजसो हामीले बनाएका पालाचाहरू हामी पशुपतिका पूजा सामाग्री पसलहरूमा आयात गर्छौं’’, उनी बताउँछन् ।
२०७२ सालको भूकम्पपश्चात माटोको काम गर्न निकै गा¥हो भएको उनको अनुभव छ । एक त खुला स्थानको अभाव, अर्को काँचो पालाचा पोल्ने ठाउँ नहुँदा धेरै समस्या भएको बताउँछन् । ‘अहिले जसोतसो कौसीमा भाँडा पोल्ने गरिरहेका छौं । सानो आकारको पालाचा भएको हुँदा बनाउन र सुकाउन त्यति झन्झट छैन ।’–उनी बताउँछन ।
पैसा कमाउन सजिलो भए पनि नयाँ पुस्ता भने यो पेशामा आकर्षित नभएको दुःखेसो उनी पोख्छन् । ‘‘छोराहरूलाई फकाईफकाई काम गराउनुपर्छ, आफ्नो इच्छाले यो पेशा अँगाल्नतिर उनीहरू आकर्षित भने देखिन्नन् । ’’
अनुहारमा सन्तोषको मुस्कान छिर्दै उनी भन्छन् – ‘‘आफूले सकुञ्जेल यही पेशा गर्छु, बुढेसकाल लागिसकेको छ, अब अर्को काम खोज्नु भन्दा घरमा बसी बसी आम्दानी पनि हुने र परम्परा पनि जोगिने हुँदा यही पेशाबाट आफ्नो खर्च जुटाउँछु ।’’ पालाचाको माग अहिले झन् झन् अत्यधिक बढेको र यसबाहेक गमला, धुपौरो, देवा, खुत्रुक्के आदि माटाका भाडाहरूको पनि माग धेरै भएको उनी बताउँछन् ।
उनी भन्छन् – दसैं सकेर दुई हप्तापछि त तिहार भइसक्छ, अब समय निकै थोरै भएकोले दसैंको समयमा हामी भ्याईनभ्याई गरी पाला बनाउनमा लागिपरेका छौं । आफ्नो मौलिक पेशालाई निरन्तरता दिन सकेकोमा खुशी छु ।’
Leave a Reply