‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
रविन्द्रनाथ टैगोर
आफ्नी पत्नीको जीवनकालमा मलाई प्रभावको कुनै चिन्ता भएन । त्यतिबेला प्रभाको अपेक्षा उसकी आमाबारे बढी व्यस्त रहन्थेँ ।
ती दिनमा प्रभाको खेल, उसको हाँसो, उसको तोते बोली सुनेर उसलाई खेलाउँथे तर रुन सुरु गर्ने बित्तिकै उसको आमाको काखमा राखेर त्यस झमेलाबाट बिदा लिन्थेँ । यो कुरा मेरो मनमा कहिल्यै आएन कि उसको पालनपोषण र हुर्काइ बढाउनमा मेहनत र चिन्ता गर्नुपर्छ ।
असमयमै मेरी पत्नीको मृत्यु भएकोले छोरी आमाको काखबाट मेरो काखमा आई पुगी ।
तर मैले ठीकसँग बुझ्न नसकेको कुरा के हो भने टुहुरी छोरीलाई बढी माया स्नेह गरेर पालनपोषण गर्नुलाई आफ्नो कर्तव्य ठानेर बढी सोच्ने गर्थे या पत्नीहीन पिताको रेखदेख गर्ने बारेमा बढी चिन्तित रहन्थी । ६ वर्षको हुँदा नहुँदै उसले घरको मालिक्नी बन्ने स्वभाव देखाउन थाली । प्रस्ट के देखिन्थ्यो भने यति सानी केटी आफ्नो बुबाको एकमात्र अभिभावक बन्ने कोसिस गर्दथी ।
मैले मनमनै हाँसेर उसको हातमा आत्मसमर्पण गरिदिएँ । हेरेँ, म जति–जति अकर्मण्य र असहाय हुँदै गइरहेको छु उसलाई त्यति नै राम्रो लागिरहेको छ । यदि मैले आफ्नो धोती र कपडा आदि पट्याएर राखेँ भने उसको मुहारको भावबाट यस्तो प्रतीत हुन्थ्यो कि उसको अधिकारमा मैले हस्तक्षेप गरेँ । बुबाजस्तो खेलौना उसलाई यसभन्दा पहिले कहिल्यै प्राप्त भएको थिएन । त्यसैले त्यसलाई खुवाइ पियाइ गरेर बिछ्यौनामा सुताएपछि ऊ, दिनभरि खुसी हुन्थी । खाली गणित र साहित्य पढाउने बेलामा मेरो पितृत्वको थोरै सावधानी पथ्र्यो ।
तर बीच–बीचमा यो चिन्ता हुन्थ्यो कि केटालाई बेहुलासँग विवाह गराउने बेलामा धेरै रुपियाँको आवश्यकता पर्नसक्छ । मसँग यति धेरै रुपियाँ कहाँ छ ? केटीलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार पढाइ लेखाइ त दिएँ, तर एक जना मूर्खको हातमा जिम्मा लाउनुप¥यो भने के दशा हुन्छ ?
कमाइतिर ध्यान दिन थालेँ । सरकारी सेवामा काम गर्ने उमेर घर्किसक्यो । अर्को कार्यालयमा जाने क्षमता छैन, धेरै सोच विचार गरेपछि एउटा किताब लेख्ने निश्चय गरेँ ।
बाँसको नलीमा प्वाल पारेर तेल या पानी राख्न सकिँदैन किनभने केही चिज रोक्ने शक्ति नै हुँदैन, त्यसबाट केही काम लिन सकिँदैन तर फुक्ने बित्तिकै खर्चबिना नै बाँसुरी राम्रोसँग बज्छ । मैले राम्ररी बुझेको थिएँ कि जुन अभागीको बुद्धिको यस दुनियाँमा केही काम लाग्दैन ऊ राम्रोसँग किताब अवश्य लेख्नसक्छु, यही आँट जुटाएर मैले एउटा प्रहसन लेखेँ, जसलाई मान्छेहरूले मनपराए र रङ्गभूमिमा मञ्चन पनि भयो ।
यसको अचानक यस्तो आश्वादन गरेँ कि प्रहसन लेख्ने मोहबाट मुक्ति पाउन सकिनँ । दिनभर व्याकुल र चिन्तित भएर प्रहसन लेख्ने प्रयत्न गर्न थालेँ, प्रभा आएर स्नेहपूर्ण हाँसोसँगै सोध्न थाली, बुबा नुहाउन जानु हुन्न ? मैले झिँजो मान्दै बोलेँ, अहिले जाऊ, जाऊ, अहिले हैरान नगर ।
केटीको मुहार दीप निभाएपछिको अध्ँयारो झैँ भयो होला । कति बेला ऊ रिसाएर कोठा बाहिर गई, मैले थाहा समेत पाउन सकिनँ ।
दासीलाई भगाई दिन्छ, नोकरलाई पिट्न तयार हुन्छ भिखारी गाउँदै गाउँदै भखि माग्न आउँछ म लौरो देखाएर लखेट्छ मेरो घर सडकको छेउमा छ त्यसैले यदि कोही बिचरा बटुवाले बाहिरबाट बाटोबारे सोध्यो भने उसलाई जहाँसुकै जाऊ भनेर जवाफ दिन्छु । कोही बुझ्दैनथ्यो कि म राम्रो प्रहसन लेखिरहेको छु ।
तर लेख्नमा जति आनन्दको अनुभूति हुन्थ्यो र यश जति फैलिन्थ्यो त्यस तुलनामा आम्दानी भने त्यति हुँदैनथ्यो । त्यतिबेला पैसाको कुरो मनमा आउँदैनथ्यो । एकातिर प्रभाको लागि योग्य बेहुला र अर्कोतिर मान्छेहरू उनको कन्याको दायित्वबाट मुक्त हुनका निम्ति समृद्ध परिवारतर्फ कदम अगाडि बढ्न थाल्यो, यतातिर मेरो ध्यान आकृष्ट भएन ।
भोकले नसताउन्जेल थाहा हुन्थेन, तर यिनै दिनमा एउटा राम्रो अवसर पाएँ । जाहिर गाँउको एक जना जमिनदारले पत्रिकामा मलाई उसको वेतनभोगी सम्पादक बन्ने अनरोध गरेको कुरा थाहा भयो । मैले सहर्ष स्वीकार गरेँ र जोडतोडका साथ लेखन कार्यलाई अगाडि बढाएँ । म बाटोमा हिँड्दा पनि मान्छेहरूले मलाई औंलाले सङ्केत गर्दै देखाउने गर्थे र ममा अहम् भाव उत्पन्न हुन थाल्यो ।
जाहिर गाउँसँगै जोडिएको आहिर गाउँ थियो । दुवै गाउँको बीच तनावपूर्ण वातावरण थियो । पहिले ससाना कुरामा लडाइँ हुन्थ्यो, अहिले दुवै पक्षले प्रमुख जिल्ला अधिकारी समक्ष मुचुल्कामा हस्ताक्षर गरेर लडाइँमा झगडा बन्द भएको हो र म जस्तो अमुक प्राणीलाई क्रुद्ध लडाकुहरूकोमा नियुक्त गरिदियो । सबैले भन्न थाले कि मैले आफ्नो पदीय मर्यादाको रक्षा गरेँ । मेरो लेखाइबाट चिन्तित आहिर गाउँ शिर ठाडो पारेर हेर्न सक्तैनथ्यो । मैले उनीहरूका जाति कुल तथा पूर्वजहरूको पूरा इतिहास आद्योपान्त लेखि दिएँ ।
यो राम्रो समय थियो । म हष्टपुष्ट भएको थिएँ । सदैव प्रसन्न चित्त देखिन्थेँ । आहिर गाउँका पूर्वजहरूप्रति कटाक्ष प्रयोग गर्दै एउटा–एउटा कुट वाक्य लेख्थेँ । जाहिर गाउँका पुरै मानिस पेट मिची–मिची हाँस्तथे । बडो आरामसँग समय व्यतीत भइ रहेको थियो ।
अन्त्यमा आहिर गाउँका मान्छेहरूले पनि एउटा पत्रिका प्रकाशन गराए । तिनीहरू कुनै पनि कुरो लुकाएर लेख्दैनथे । यस्तो प्रचलित शुद्ध भाषामा गाली छाप्दथे कि अक्षर समेत तिखा हुन्थे । तसर्थ दुवै गाउँका मान्छेहरूले कुरा सजिलै बुझ्दथे ।
तर म आफ्नो बानी अनुसार यस्तो कुट भाषाको प्रयोग गर्दथे कि मित्र वा शत्रुपक्ष मेरो भाषा राम्रोसँग अथ्र्याउन सक्तैनथे । त्यसको नतिजा यो निस्कियो कि मैले जिते पनि सबैले सोच्तथे कि मैले हारेँ । समस्या उत्पन्न हुने बित्तिकै मैले सुरुचिको बारेमा एउटा उपदेशपूर्ण लेख लेखेँ । हेरेँ, ठूलै गल्ती गरेँ कि किनभने राम्रो कुरालाई हाँसोमा उडाउन जति सजिलो छ, त्यति हास्यास्पद विषयको हुँदैन । हनुुवंशीहरू जसरी मनुवंशीहरूको विषयहलाई सरलताका साथ हाँसोको विषय बनाउँछन् मनुवंशीहरू हनुवंशीहरूको विषयलाई त्यति सहजताका साथ हाँसोमा उडाउँदैनन् । परिणाम यो भयो कि उनीहरू सुरुचिको दाँत उखेलेर देश छोडेर गए ।
यस बीचमा मान्छेहरूले मेरो प्रहसनको कुराहरू पूरै बिर्से । सहसा यस्तो लाग्न थाल्यो कि म सलाइको एउटा मसिनो काँटी हुँ जुन क्षणभरमै जलेर सकेको हो ।
मन यति निरुत्साहित भएको थियो कि जति सोच विचार गरे पनि एक पङक्तिसम्म लेख्न पर्दैनथ्यो । कस्तो प्रतीत हुनथाल्यो भने जीवनमा केही सुख छैन ।
प्रभा मसँग डराउन थालेकी थिई । मैले नबोलाइकन मसमक्ष आउने आँट गर्दिनथी । ऊ बुझ्न थालेकी थिई, हाँसोको कथा लेख्ने बुबाभन्दा माटोको खेलौना राम्रो सँगी हो भनेर ।
एकदिन आहिर गाउँका मान्छेहरू प्रकाश जमिनदारलाई छोडेर मसँग बसे । मेरोबारेमा धेरै नराम्रा कुराहरू लेखिएको थियो । मेरा परिचित मित्रहरू एक–एक गरेर आउँदै गए र हाँस्दै–हाँस्दै त्यस अखबारको कुरा सुनाउँदै गए । कसै–कसैले त यतिसम्म भन्यो कि यसको विषय जस्तोसुकै किन नहोस् भाषामा शक्ति छ अर्थात् जसले गाली दियो उसको कुरा प्रस्टसँग बुझ्न सकिन्छ । दिनभरिमा बीस जनाले यही कुरो सुनाएर गए ।
मेरो घरको सामुन्ने एउटा सानो बगैँचा छ । मन धेरै गहङ्गो भएको साँझपख त्यहाँ डुलिरहेको थिएँ । चराचुरुङ्गीहरू जब गुँडमा फर्केर, चिरबिराहट बन्द गरेर सन्ध्याको शान्तमा आत्मसमर्पण ग¥यो तब राम्ररी बुझेँ कि चराचुरुङ्गीहरूको हलमा रसिक लेखक छैन र सुरुचिको सम्बन्धमा तर्क बिर्तक हुँदैन । मनमनै यतिमात्र सोच्दथेँ, के जवाफ दिऊँ । भद्रताको एउटा समस्या यो हो, सबै जना त्यसलाई बुझ्न सक्तैनन् । जब कि अभद्रताको भाषा सबैको निम्ति बोधगम्य हुन्छ । त्यसैले यो सोच्दै थिएँ कि यस्तो भावको लागि सटीक जवाफ लेख्नुपर्छ । म कुनै हिसाबले पनि पराजय स्वीकार गर्दिनँ । त्यतिबेला साँझपख अँध्यारोमा एउटा परिचित ध्वनि सुनेँ । साथै मेरो हत्केलामा एक कोमल तातो स्पर्श भयो । तर कति परेसान र अन्यमनस्क थिएँ भने त्यतिबेला त्यस स्पर्श र स्वरलाई चिनेर पनि बोध गर्न सकिनँ ।
एकछिनपछि फेरि त्यही स्वर मेरो कानमा गुञ्जियो, त्यही अमृतमय स्पर्श मेरो हातमा जीवन्त भएर आयो । केटीले बिस्तारै मेरो छेउ बसेर कोमल स्वरमा एक पटक भनी बुबा मबाट केही जवाफ नपाएर मेरो दाहिने हात समाएर उठायो र आफ्नो कोमल गालाहरूमाथि स्पर्श गराएर बिस्तारै–बिस्तारै घर फर्की ।
धेरै दिनदेखि प्रभाले मलाई न त बोलाएकी थिई न आफू स्वयम् आएर यति प्रेम गरेकी थिई । तसर्थ आज त्यस स्नेहपूर्ण स्पर्शले मेरो मन सहसा अत्यन्त व्याकुल भएर जागृत भयो ।
केही समयपछि कोठामा फर्केर हेरेँ, प्रभा ओछ्यानमा सुतेकी थिई, शरीर शिथिल, आँखा थोरै बन्द, सन्ध्या कालमा ओइलाउन लागेको फूलजस्तै थिई ।
निधार छामेँ, धेरै तातो थियो, सास पनि तातो थियो, टाउकोको नसा तनक्क तन्किएको थियो ।
मैले बुझेँ, छोरी त्यस्तो अवस्थामा आफ्नो बुबाको स्नेहपूर्ण प्रेम पाउन त्यहाँ गएकी हो जो त्यतिबेला जाहिर गाउँको प्रकाशका लागि एउटा सटीक जवाफको बारेमा सोचिरहेको थियो ।
नजिकै गएर बसेँ, छोरीले केही भनिनँ, मलाई नजिकै तानेर आफ्ना दुइटै ताता हत्केलाबीच आफ्नो गाला राखेर ओछ्यानमा चुपचाप पल्टिरही ।
जाहिर गाउँ र आहिर गाउँका जेजति अखबारहरू थिए, मैले सबै जलाएर खरानी पारिदिएँ, केही जवाफ दिइनँ, पराजयमा यस्तो परम सुखको अनुभूति योभन्दा पहिले कहिल्यै भएको थिएन । जब बालिकाकी आमाको मृत्यु भएको थियो तब मैले उसलाई आफ्ना काखमा लिएको थिएँ । आज उसको सौतेनी आमाको अन्तिम संस्कार समाप्त गरेर फेरि उसलाई आफ्नो छातीमा टाँसे ।
Leave a Reply