भर्खरै :

खासोग्गी खोज्न टर्की प्रतिनिधि साउदी महावाणिज्य दूतावासमा

इस्तानबुल, १६ अक्टोबर । बेपत्ता भएका साउदी पत्रकार जमाल खासोग्गीबारे अनुसन्धान गर्न टर्कीको एउटा अनुसन्धान टोली सोमबार इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र प्रवेश गरेको छ ।
टर्की टोलीमा प्रहरी अधिकारीहरू, अपराध अनुसन्धानकर्तालगायतका प्रतिनिधि समावेश छन् ।
सात–आठ वटा गाडीमा आएका उनीहरूले लासबारे अनुसन्धान गर्ने भ्यान समेत दूतावासभित्र लगेका छन् ।
टर्कीले महावाणिज्य दुतावासभित्र वरपर सुरक्षा प्रबन्ध निकै बलियो बनाउनुका साथै त्यहाँ जान सबै बाटामा आवातजावत बन्द गरेका छन् ।
टर्कीको अनुसन्धान टोलीभित्र पस्नुअघि १५ जनाको साउदी अधिकारीहरू टर्कीका अधिकारीसँग भेटेपश्चात दूतावासभित्र पसेका थिए ।
अक्टोबर २ मा महावाािण्ज्यदुतावासभित्र पसेका पत्रकार जमाल आजसम्म बेपत्ता भएपछि खोजी कार्य गर्न दुवै देशबीच संयुक्त अनुसन्धान टोली बनाउने सहमति भएको थियो । तर जमालको दूतावासभित्रै हत्या भइसकेको विभिन्न स्रोतले दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *