भर्खरै :

डिजिटल कानुनविरुद्ध बङ्गलादेशका सम्पादकहरू

ढाका, ३० असोज (एएफपी) । अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानुनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् ।
आलोचकहरूले सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय हुनसक्ने गरी गरेको कानुन संशोधनले प्रधानमन्त्री शेख हसिनालाई विवादमा तानेको आलोचकहरु बताउँछन् ।
बङ्गलादेशको सम्पादकहरूको माथिल्लो निकाय सम्पादक परिषदका १६ सदस्यहरूले राजधानी ढाकास्थित नेशनल क्लब अगाडि उत्रेर सरकारको उक्त कदमप्रति विरोध जनाएका हुन् ।
सम्पादकहरूको विरोध कार्यक्रमका सहभागीले ‘डिजिटल सेकुरिटी एक्ट–२०१८’ लाई सञ्चारमाध्यम विरोधी कानुनका रूपमा ल्याइएको ऐन भन्दै यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको बताएका थिए ।
प्रदर्शनकारीले डिजिटल सेकुरिटी एक्टअन्तर्गतको अभिव्यक्ति स्वतन्त्रताविरोधी धारालाई निलम्बन गर्न मागसहितको व्यानर बोकेर विरोधमा उत्रेका थिए ।
उक्त धाराले कुनै विद्युतीय साधनको गोप्य प्रयोग गरी सरकारी कार्यालयभित्रको सूचना सङ्कलन गर्नुलाई जासुसी कार्य मान्दै यस्ता गतिविधि गरेवापत पत्रकारलाई चौध वर्षसम्मको जेल सजाय गर्न सकिने उल्लेख छ । रेडियो तथा इन्टरनेटजस्ता डिजिटल साधनमार्फत स्वतन्त्रता सङ्ग्राम वा बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानलाई बदनाम गर्ने वा अन्य सरकारविरोधी ‘नकारात्मक प्रचार’ गर्ने व्यक्तिलाई जेल सजाय हुने व्यवस्था त्यसमा उल्लेख छ ।
आन्दोलनमा आएका सम्पादकहरू सैद्धान्तिक रूपमा ‘डिजिटल सेकुरिटी ल’ को विरुद्धमा नभएको तर वर्तमान अवस्थामा यसलाई टेकेर स्वतन्त्र पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कटमा पार्ने देखिएपछि यसको विरोध गर्नु परेको डेली स्टार पत्रिकाका सम्पादक महफुज अनामले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *