भर्खरै :

टर्कीमाथिको नाकाबन्दी हट्दैनन–ट्रम्प

वाशिङ्टन, १६ अक्टोबर । टर्कीले शुक्रबार राति संरा अमेरिकाका पास्टर एण्ड ब्रुनसनको रिहाइ गरेपछि धेरैको अपेक्षाभन्दा विपरीत संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि लगाइँदै आएको नाकाबन्दी अन्त्य हुने तत्काल कुनै सम्भावना नभएको बताएका छन् ।
आतड्ढवादी गतिविधिमा संलग्नको अभियोगमा सन् २०१६ को डिसेम्बरमा गिरफ्तार गरिएका पास्टर ब्रुनसनलाई टर्कीको अदालतले तोकिएको सजाय सीमा ननाघ्दै रिहा गरेको हो । तर त्यसवापत टर्कीमाथिको नाकाबन्दी खुकुलो बनाउने कुनै सम्झौता नभएको ट्रम्पको भनाइ थियो ।
फ्लारिडाबाट वाशिङ्टन आइपुगेका ट्रम्पले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने,‘‘टर्कीसँग हामीले त्यस्तो कुनै सम्झौता गरेका छैनौं ।
कैदी बन्दीसम्बन्धी कुनै सहमति भएको छैन ।’’ तर ट्रम्पले आफूले दुई दिनअघि टर्कीलाई हेरेको दृष्टिकोण र आज टर्कीप्रतिको धारणामा भिन्नता भएको भने बताए ।
पास्टर ब्रुनसनको रिहाइलाई टर्की र संरा अमेरिकाबीचको पछिल्लो तिक्ततापूर्ण सम्बन्ध सुधारमा महत्वपूर्ण कोशेढुङ्गा हुने अपेक्षा गरिएको थियो । गएको अगस्ट महिनामा संरा अमेरिकाले टर्कीको स्पात र आल्युमुनियमको आयातमा पनि कर बढाउनुका साथै दुई जना टर्कीका मन्त्रीमाथि नाकाबन्दी थोपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *