“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, ३१ असोज । दसैं र तिहारको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ र सुनौलो बिहानी समुहको संयुक्त आयोजनमा बुधबार भएको डोरी तान्ने (टग अफ बार) खेलको फाइनल तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा व्यासीमा भयो । सो अवसरमा सांसद सुवालले चाडबाडमा जुवा तास खेल्ने, जाडरक्सी खाने चलनलाई क्रमशः न्यूनीकरण गर्न आवश्यक भएको चर्चा गर्दै चाडबाडको समयमा खेल खेल्ने, नयाँ–नयाँ किताब अध्ययन गर्ने र रचनात्मक क्रियाकलाप गरी मनाउने चलन सुरु गर्नु सकारात्मक भएको बताउनुभयो ।
उहाँले देश चलाउने शासक दललाई खेलाडीहरूले अनुशासन सिकाउनुपर्ने धारणा राख्नुभयो ।
यसअघि वडाव्यापी डोरी तान्ने खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर सममितिका अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर शिक्षा, स्वास्थ्य र कला संस्कृतिको केन्द्र जस्तै खेलकुदको केन्द्र बनाउन युवाहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका २ नं वडाका अध्यक्ष हरिप्रसाद बासुकलाले खेल विकास गर्न नगरपालिकाले खेल प्रशिक्षण चालु राखेको र नगरबासीलाई थप स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न घर– घरमा नर्सिङ सेवा सुरु हुनुको साथै ख्वप अस्पताल स्थापना गर्न बजेट बनाई भवन निर्माणका लागि आवश्यक पहल भइरहेको जानकारी गराउनुभयो ।
नेक्रायुसङ्घ भजिसका उपाध्यक्ष एवं सुनौलो बिहानी समुहका अध्यक्ष राजकुमार लघुले युवाहरूलाई विकृति विसङ्गतिबाट टाढा राख्न प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
नेक्रायुसङ्घ २ वडा व्यासी एकाई समितिका अध्यक्ष श्यामकृष्ण बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सचिव आविश्रा पनज बासुकलाले पनि बोल्नुभएको थियो ।
बुधबार सम्पन्न खेलमा पुरुषतर्फ ८ वटा र महिलातर्फ ४ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । डोरी तान्ने खेलमा पुरुषतर्फ २ वडा खेलकुद समिति प्रथम र सुनौलो बिहानी समुह दोश्रो भएको थियो । डोरी तान्ने खेलमा महिलातर्फ नेक्राशिक्षक सङ्घ महिला समुह प्रथम, ख्वप साकोस महिला समुह दोश्रो भएको थियो ।
Leave a Reply