भर्खरै :

पेसाकपको क्वाटर फाइनल र सेमिफाइनल

भक्तपुर, ३१ असोज । प्रभात इङ्गलिस स्कूलका पूर्व विद्यार्थीहरूको सङ्गठनको आयोजनामा भइरहेको (पेसा) ‘पेशा कप’ को फूटसल प्रतियोगिताअन्तर्गत सेमिफाइनलसम्मका खेलहरू बुधबार सम्पन्न भयो ।
बुधबार भएको सिनियर समूह र २०६८ भर्ना समूहको खेलमा २०६८ समूहले जित हासिल ग¥यो । दोस्रो खेल २०७० र २०७२ समूहबीच भएकोमा बराबरीमा टुङ्गिएपछि पिनाल्टी सूटको आधारमा २०७२ समूह विजयी भयो । त्यस्तै २०६५ समूह र २०७४ समूहबीच भएको प्रतियोगितामा २०६५ विजयी भयो भने २०७१ र २०६९ समूहबीच भएको प्रतियोगितामा २०७१ समूह विजयी भयो ।
बुधबार भएको सेमिफाइनल प्रतियोगितामा २०७१ समूह र २०६५ समूह विजयी भई फाइनलमा पुग्न सफल भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *