के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
योगेन्द्रमान बिजुक्छे
पत्रकार खसोग्गी बेपत्ता
संरा. अमेरिकामा विगत एक वर्षदेखि स्वनिर्वासनमा रहेका साउदी अरबका पत्रकार जमाल खसोग्गी टर्कीस्थित साउदी अरबको वाणिज्यदूतावासबाट गत २ अक्टोबरमा एकाएक बेपत्ता भए । त्यसपश्चात् अन्तर्राष्ट्रिय समाचारमा निरन्तर दुई हप्तादेखि सो घटनाको चर्चा–परिचर्चा भइरहेको छ । आफ्नो पहिलो पत्नीसँगको पारपाचुकेसम्बन्धी कागजात बुझाउन टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र पसेका पत्रकार खसोग्गी बाहिर आउन नपाई बेपत्ता पारिए । पत्रकार खसोग्गी दूतावासभित्र छिरेको तर बाहिर नआएको र उनी दूतावासभित्र रहेकै बेला १०÷ १२ जनाको सङ्ख्यामा साउदी अरबका विशेष सेनादस्ता भित्र पसी उनलाई बेपत्ता पारेको टर्की सरकारले आरोप लगाएको छ । यसैबीच संरा अमेरिकी जासूसी निकायले ती साउदी अरबका विशेष सेनादस्ताले पत्रकार खसोग्गीलाई सोधपुछ गरेको तथा उनको हत्या सम्बन्धमा भएको कुराकानीको टेप रेकर्डसमेत गरिएको दाबी गरेको छ । संरा अमेरिकी सांसदहरूले समेत यो मुद्दालाई लिएर हल्लीखल्ली मच्चाएका छन् र सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साउदी अरबलाई तत्काल कारबाही गर्न माग गरेका छन् । ट्रम्पले साउदी अरब दोषी भएको पुष्टि भए उसमाथि कडा कारबाही हुने बताउँदै आएका छन् । तर उनलाई रियाद सरकारमाथि आर्थिक तथा अन्य कारबाही गर्न अन्तर्राष्ट्रिय दबाब आएपश्चात् साउदी अरबले सो घटनामा आफू जिम्मेवार नरहेको भन्दै कुनै पनि कारबाहीको डटेर सामना गर्ने प्रतिक्रिया दिएको छ ।
यो पङ्क्ति लेख्दासम्म बेलायत र फ्रान्सले पनि सो घटनाको पारदर्शी अनुसन्धानको लागि साउदी अरबलाई दबाब दिएको छ भने साउदी अरब र टर्कीको संयुक्त अनुसन्धान टोलीले दूतावासभित्र अनुसन्धान सुरु सकेको जानकारी आएको छ । दुई वर्षअघि आफ्ना ७९ वर्षीय पिता सलमान राजगद्दीमा आसिन भएपश्चात ३१ वर्षका राजकुमार मोहम्मद बिन सलमान (MBS) रक्षामन्त्री पदमा नियुक्त भए । त्यसपछि सरकारका सबैजसो महत्त्वपूर्ण कार्यको जिम्मा उनलाई सुम्पेपछि राजकुमार सलमान शक्तिशाली व्यक्तिको रुपमा उदाएका छन् । उनले आफ्ना विपक्षी र आलोचकहरूप्रति झन्–झन् असहिष्णुता दर्शाएपछि पत्रकार खसोग्गी उनको चर्को आलोचक बने र निर्वासनमा गए । अमेरिकी पत्रकार साथीहरूसँगको कुराकानीमा उनले अब आफू आफ्नो देश साउदी अरबमा सहजै जान नसक्नेसमेत बताएका थिए ।
को हुन् पत्रकार खसोग्गी ?
एक जना देशभक्त तथा मुसलमान धर्म र मूल्य–मान्यतामा आस्था राख्ने जोशिला युवा खसोग्गीको पत्रकारिता जीवन अफगानिस्तानबाट सुरु भएको थियो । सन् १९८० मा अफगानिस्तानमा सोभियत सङ्घको हस्तक्षेपलाई निस्तेज पार्न अमेरिकी जासूसी संस्था CIA को विशेष योजनामा साउदी अरब सरकारको पहलअन्तर्गत लडाकु दस्ता जिहादको नेतृत्त्व ओसामा बिन लादेनले गरेका थिए । जिहादमा सामेल हुन पाउनु मुस्लिम युवाहरूको लागि त्यतिबेला गौरवको कुरा विषय हुन्थ्यो । बिन लादेनकै सहर जिडाका निवासी हुन्–खसोग्गी । बिन लादेन र खसोग्गी दुवैको परिवारको हिमचिम साउदी राजपरिवारसँग थियो । खसोग्गीका हजुरबुवा राजपरिवारका डाक्टर थिए भने काका हतियारका व्यापारी । यसरी अफगानिस्तानको जिहाद दस्तामा बिन लादेनसँगै गएका खसोग्गीले त्यहाँ पत्रकारको काम गरेका थिए । सोभियत सेना अफगानिस्तानबाट पछि हटे पछि आफ्नो वाचाअनुसार संरा अमेरिकाले अफगानिस्तानको पुनः निर्माणको कार्य अलपत्र छोडेपछि अमेरिकाबाट क्षुब्ध बिन लादेनले अल कायदामार्फत अमेरिकाको विरोधमा अर्को जिहाद छेडे भने खसोग्गी पत्रकार हँुदै दरवारसँग झन् नजिकिए । अफगानिस्तान अभियानमा साउदी अरबको जासूसी विभागका प्रमुख राजकुमार तुर्की अल फैसलसँग ज्यादै नजिकिएका खसोग्गी पछि राजा अब्दुल्ला र राजकुमार अल बालिद बिन तलालसँग ज्यादै नजिक भएका थिए । यता सन् २०१६ मा राजकुमार मोहम्मद बिन सलमान (MBS) ले शक्ति आफ्नो हातमा लिएपछि सुरुमा उनको योजनाको समर्थन गरे पनि पछि राजकुमार सलमानले आफ्ना प्रत्यासीहरूलाई विभिन्न निहुँमा धरपकड र कैद गर्न थालेपश्चात् खासोग्गीले राजकुमारको विरोध गर्न थालेका थिए ।
राजकुमार MBS को आधुनिकीकरणको नयाँ योजना
सत्ताको बागदोर आफ्नो हातमा लिइसकेपछि राजकुमार मोहम्मद बिन सलमानले सन् २०१६ मा ‘भिजन २०३०’ नामक एक महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरे । साउदी अरबलाई सन् २०३० सम्ममा तेलमा मात्र निर्भर अर्थतन्त्रबाट आर्थिक क्षेत्र र स्रोतलाई विविधिकरण गर्दै देशलाई आधुनिकीकरणमा लाने सो महत्त्वाकाङ्क्षी योजनाले नयाँ पुस्ताको ध्यानाकर्षण गर्न सफल भएको थियो । ‘भिजन २०३०’ योजनाअन्तर्गत आफ्नो देशको लाल सागर क्षेत्रमा २६ हजार वर्ग किलोमिटर बराबरको एक विशेष आर्थिक क्षेत्रको निर्माण गर्ने योजना छ । सो विशेष क्षेत्र आकारमा छिमेकी मुलुकहरूजस्तै इजरायल, लेबनानभन्दा आकारमा ठूलो हुनेछ । त्यहाँ विभिन्न सेवा र कार्यको लागि मानिसभन्दा मानवयन्त्र रोबोट र ड्रोन सक्रिय हुनेछन् । अनुमानित पाँचसय अरब अमेरिकी डलरको उक्त विशेष आर्थिक क्षेत्र निर्माणको योजनामा अन्तर्राष्ट्रिय लगानीको आव्हान गर्न राजकुमार(MBS) ले आफ्नै देशमा एक अन्तर्राष्ट्रिय सम्मेलनकै आयोजना गरेका थिए । साथै अमेरिकी सिलिकन भ्याली (अमेरिकी सफ्टवयर सहर) का विभिन्न अत्याधुनिक परियोजना जस्तै गुगलको चालकविहीन मोटरकार प्रोजेक्टलगायत अन्य धेरै परियोजनामा उनले ठूलो लगानीको समेत घोषणा गरे ।

राजकुमार मोहम्मद बिन सलमान

Leave a Reply