भर्खरै :

गरीबको दसैं पिङजस्तै चच हुइय सरर… हुँदैन

–सुलभ मधिकर्मी
शिक्षा पत्रकार एवं लेखक हरिसुन्दर छुकांका लेखहरू बेला बेलामा मजदुर दैनिकमा छाप्ने गरेको छ । २०७५ असोज ३० गते लेखकद्वारा लिखित ‘तिम्रो दशैं तिमी नै मनाऊ’ शीर्षकको लेख छापियो । त्यसमा गरिब दीनहीनहरूको दुःखको चर्चा थियो ।
गरिबहरूको मन दशैंमा पनि गहु्रँगो बन्छ, उनीहरूको मन दशैंमा पिङजस्तै चच हुइय सरर … गर्दैन, चङ्गाजस्तै मन चङ्गा हुँदैन ।
एक गरिबको दशैं कस्तो हुन्छ, कसरी मनाउँछन् गरिबहरू दशैं ? यो विषयमा वास्तविक रुपमा छलफल, अध्ययन भएको छैन । दशैं –दशैं भन्दै निकै उत्साहित भएरमात्र लागिरहेका छन् ।
यहाँ गरिब भन्नाले काम गरी खाने श्रमिक वर्ग हो । दशैंको सम्बन्धमा वास्तविक रुपमा छलफल र अध्ययन नभए तापनि नेपालका विभिन्न गीतकार र कथाकारहरूले यस विषयमा गीत र कथाहरू लेखेका छन् । एगेंल्सले सर्वहारा वर्गको विश्लेषण गर्नु भई लमपत्त सर्वहाराको विषयमा व्याख्या गर्नुभएको थियो । माओले चिनियाँ समाजको वर्ग विश्लेषण गर्नुभएको थियो । समाजवाद आएपछि मात्र यो समस्या समाधान हुने हो । कला र संस्कृतिको विकासबारे संस्कृतिविद्हरूका कुराहरू सुनौं र लेखहरू पढौं । त्यसमा कुनै छुटेका छन् भने पूरा गरौं ।
अहिले, यहाँ कम्युनिष्ट नामधारी नक्कली कम्युनिष्टको दुईतिहाइको सरकार छ । यसका नेताहरू संशोधनवादी र अवसरवादीहरू हुन् । यिनीहरूले जतिसुकै समृद्धिको कुरा गरे तापनि यो भ्रम हो । किनभने यिनीहरूले केही प्रतिशत विस्तारवादी र साम्राज्यवादी अनि नयाँ र पुराना घरेलु पँुजीपति र तिनीहरूका दलालहरूको हितमा मात्र काम गर्छन् । यिनीहरूले आप्mनो कर्मलाई श्रृजनशील भनी दाबी गरिरहेका छन् । यसैगरी, यिनीहरूले सङ्ख्याको हिसाबले मात्र स–साना व्यवहारिक, सिद्धान्तनिष्ठ र सच्चा कम्युनिष्ट पार्टीका नेताहरूलाई सक्छौ भने गरेर देखाउनु र हामी पछि लाग्छौं भनी चुनौती दिइरहेका छन् ।
अब, यिनीहरूले देश र व्यापक जनताको हितमा काम गर्नैसक्दैनन् । यस्तो बेला, व्यापक श्रमिक जनता आ–आप्mनो सङ्गठनमा गोलबन्द भई आप्mनो हक–हितको लागि आन्दोलन गर्दै जानुपर्ने देखिन्छ । यस विषयमा शिक्षा पत्रकार एवं लेखक हरिसुन्दर छुकांले कलम चलाउनु हुने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *