यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मोतिलाल
‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला संस्कृति’ नाराले भक्तपुर नगरपालिकालाई देशका अन्य नगरपालिकाभन्दा फरक र दरिलो बनाएको छ । संस्कृतिको भौतिक तथा आध्यात्मिक पक्षलाई संरक्षण गरेर भक्तपुर नगरपालिकाले आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ । परापूर्वकालमा बनेका मठमन्दिरको जीर्णोद्धार र परापूर्वकालदेखि चली आएका नाचगानलाई प्रोत्साहन दिएर भक्तपुर नपाले पर्यटन उद्योगलाई सुदृढ पारेको छ । त्यसैले नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत पर्यटन शुल्क बनेको छ । एउटै पर्यटन शुल्क शीर्षकबाट नै अठाइस–तीस करोड रुपैयाँ आम्दानी हुनु सामान्य विषय होइन । यसले भक्तपुर नपाको नेतृत्व गर्ने नेपाल मजदुर किसान पार्टीको दूरदर्शिता झल्काउँछ । आम्दानीको स्रोतको पहिचानमात्र होइन, मनपाले खर्च व्यवस्थापन पनि इमानदारीपूर्वक गरिरहेको छ । भक्तपुर नपामा नेमकिपाको योगदानलाई भक्तपुरका जनताले मात्र आत्मसात गरेको होइन्, अन्तर्राष्ट्रिय रुपमा ‘सदाचारको टापुबाट पुरस्कृत भएको छ, अनि नेपालकै अन्य नगरपालिकाहरूको लागि प्रेरणाको स्रोत बनेको छ । यसकारण भक्तपुर नगरपालिकाको नेतृत्व गर्ने नेपाल मजदुर किसान पार्टी र भक्तपुरका जनतालाई हार्दिक बधाई !
नेपाली संस्कृतिका विभिन्न चाडवाडमध्ये दसैं नेपालीहरूको ‘महान’ चाड हो । दसैं नमनाउने पनि होलान् तर राज्यले दसैंलाई प्राथामिकता दिएको छ । लामो सरकारी बिदा दिइएको मात्र होइन, दसैं मनाउन तलब दोबर दिइने गरेको छ । यद्यपि एउटै दसैं पनि सबै नेपालीहरूले एक रुपमा मनाउने गर्दैनन् । तराईको दसैंमा दुर्गालगायतको अस्थायी मूर्ति बनाउनमात्रै करोडौं रुपैयाँ खर्च हुने गर्दछ । त्यसमध्ये धेरै मूर्ति भारतबाटै आयात हुन्छन् र नेपाली पैसा भारत जान्छ । अस्थायी मूर्ति वा मुकुन्दो त मन्दिरै मन्दिरको सहर भक्तपुरमा पनि बन्छ । नवदुर्गा देवगणले लगाउने मुकुन्दो हरेक वर्ष बनाउनुपर्छ । नवदुर्गाको मुकुन्दो बनाउने श्रम र सीप दुवै सङ्कटमा परेको छ । त्यसैले मुकुन्दो बनाउने खर्च व्यवस्थापन गर्न भक्तपुर नपाले अक्षय कोष स्थापनाको निम्ति अगुवाइ गरेको छ । नवदुर्गा गण भक्तपुरको मौलिक संस्कृति हो । यो दसैंमा मात्र सीमित छैन । यो संस्कृतिको संरक्षण गर्न भक्तपुर नपाले अगुवाइ गर्नु सराहनीय कदम हो । साथसाथै युगअनुसार पलाएका आकाङ्क्षालाई तिलाञ्जली दिएर ‘देवता’ बन्नुपर्ने नवदुर्गा गणमा पनि परिमार्जन गर्न नगरपालिकाले पहल गर्नु उपयुक्त देखिन्छ ।
दसैं भोजभतेर र परम्परागत पूजा आराधनामा मात्र सीमित छैन । दसैंलाई विजया दशमी पनि भनिएकोले विशेषतः यतिबेला शुभकामना आदानप्रदान पनि हुने गर्दछ । विगतका त्याज्य कमी–कमजोरीहरूलाई हटाउँदै वा हराउँदै प्रगति गर्दै जानु पनि विजय हो । आत्म सुदृढीकरण पनि एउटा लडाइँ हो र सुदृढ हुनु वा परिमार्जित हुनु पनि विजय हो । यसरी दसैं एउटा समाजकै सिंहावलोकन गर्ने अवसर पनि हो । यही अवसरमा एक दुइटा मसिना विषयमा मेयरसाबको ध्यानाकर्षण गराउन चाहन्छु ।
बाल्टिनको रङ्ग
रङ्गभेद मानव समाजको कलड्ढ हो । तैपनि मानव समाजलाई स्वस्थ बनाउन वातावरणविद्हरूले रङ्गभेदलाई नै आधार बनाएका छन् । फोहरलाई मोहर बनाउन जागरुकहरूले रङ्गभेदलाई प्रोत्साहन गरेका छन् । सरसफाइ अभियानमा रङ्गभेद सशक्त माध्यम बनेको छ । रङ्गअनुसारको भाँडोमा फोहर सङ्कलन गर्ने विश्वव्यापी मान्यता स्थापित भएको छ । रातो रङ्गको बाल्टिनमा नकुहिने र हरियो रङ्गको बाल्टिनमा कुहिने फोहर राख्ने अन्तर्राष्ट्रिय रुपमा स्थापित मापदण्ड हो । भक्तपुर नपाले सोहीबमोजिम अपिल प्रकाशित गरेको छ । भक्तपुर नपाले घर–घरबाटै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्न अनुदान दिई सुपथ मूल्यमा रातो र हरियो बाल्टिन वितरण ग¥यो । तर फोहर सङ्कलन गर्ने बाल्टिनको रङ्गको कुनै वास्ता गरिएन । कुनै वडामा रातोमा नकुहिने र हरियोमा कुहिने फोहर राख्न बाल्टिन वितरण गरियो । कुनै वडामा रातोमा कुहिने र हरियोमा नकुहिने फोहर सङ्कलन गर्न बाल्टिन बाँडियो । कुनै वडामा त दुवै थरी छ्यासमिस पारियो । मेयरसाब भक्तपुर नपाले रङ्गभेद अन्त्य गर्न खोजेको हो ? सरसफाइमा पनि ¤ मेयरसाबको उपस्थितिमै गलत रङ्गको बाल्टिन वितरण भएपछि तत्काल प्रश्न उठ्यो । भक्तपुर नपाको सौभाग्य वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्व स्वयं वातावरण विज्ञानका विज्ञ हुनुहुन्छ । तर दुर्भाग्य उहाँ स्वयंले बिर्को भएको बाल्टिन भएपछि रातोमा कुहिने फोहर राखे पनि हुने जवाफ दिनुभयो । कर्मचारी र व्यापारीको मिलेमतोमा जथाभावी जुन भेटियो त्यही रङ्गको बाल्टिन वितरण गरेर नपाको उद्देश्य कसरी पूरा हुन्छ ? रङ्गअनुसार बाल्टिनमा फोहर सङ्कलन गर्ने विश्वव्यापी मान्यताविपरीत भक्तपुरवासीलाई भ्रमित पार्न लापरबाही गर्ने नपाका अधिकारीहरूलाई कारबाही गर्न माग गर्दै गएको साउन २४ गते ‘मजदुर’ दैनिकमा पाठकपत्र प्रकाशित भयो । पाठकपत्रबारे नपा कार्यालय भवनमा पनि छलफल भएको त पक्कै पनि मेयरसाबलाई जानकारी हुनुपर्ने हो । यद्यपि कुनै सुधार भएन ।
सेटव्याकमा वेसमेन्ट
घर बनाउन नक्सा पास गर्नुपर्छ । नक्सा पास गर्न हरेक नपाको आ–आफ्नै मापदण्ड हुन्छ । फरक नपाको फरक मापदण्ड भए पनि साझा विषयमा मापदण्डलाई एक रुप बनाउन सङ्घीय कानुनहरू पनि मौजुदा छन् । ती कुनै पनि ऐनहरू र मापदण्डमा सेटव्याकमा वेसमेन्ट बनाउने व्यवस्था छैन । तर भक्तपुर नपाको कार्यपालिका सदस्य अझ प्रत्यक्ष जननिर्वाचित वडा नं. ८ अध्यक्ष महेन्द्र खायमलीको परिवारको नाममा निर्माण भइरहेको भवनमा सेटव्याकमै वेसमेन्ट बनाएको विषय स्वयं मेयरसाब जानकार हुनुहुन्छ । सेटव्याक (छोड्नै पर्ने दुरी) र ग्राउण्ड कभरेज
(भवनले ओगट्ने क्षेत्रफल) फरक विषय हो । भक्तपुर नपाको ‘भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड सम्बन्धी विनियम – २०६०’ को परिच्छेद ५ मा सेटव्याक सम्बन्धी ६० वटा मूल बुँदा र अन्य उपबुँदाहरूको व्यवस्था गरेको छ । खायमलीको घर बनिरहेको जग्गा जगाती–च्याम्हासिंह बाटोको पश्चिमपट्टि परेकोले उक्त परिच्छेदको ५६ ‘ख’ आकर्षित हुन्छ । यो परिच्छेदमा उल्लेखित सेटव्याकको जग्गा छोडिसकेपछि पनि बाँकी भएको सबै जग्गामा भवन बनाउन पाउँदैन । भवन बनाउन पाउने क्षेत्रफलको बारेमा अनुसुची – ४ को १ नं. बुँदामा प्रस्ट व्यवस्था गरेको छ । त्यसअनुसार जग्गाको सम्पूर्ण क्षेत्रफल हिसाब गरी तोकिएको प्रतिशत जग्गा खुला क्षेत्र (ओपन स्पेस) को रुपमा छोड्नुपर्छ । सेटव्याक घटाएर बाँकी खुला क्षेत्र जता छोडे पनि हुन्छ । त्यसैले खुला क्षेत्रमुनि वेसमेन्ट बनाउन मिल्छ । खुला क्षेत्र छोडेको क्षेत्रफलमै सेफ्टी ट्याँक, पानी ट्याँकी, इनार आदि बनाइरहेका छन् । भक्तपुर नपाको विनियमको परिभाषा खण्डमै सेटव्याकमा तोकिएको हदसम्म पेटी, खुड्किलाबाहेक ‘कुनै किसिमको भवन निर्माण गर्न पाउने छैन’ भनी प्रस्ट पारेको छ । त्यसैले मेयरसाब कसरी सेटव्याकमा वेसमेन्ट बनाउन मिल्ने गरी नक्सा पास भयो ? मापदण्डविपरीत पास भएको नक्सा किन स्वतः खारेज भएन ? पुरै जग्गामा वेसमेन्ट बनाउन मिल्छ भन्ने ‘कु’ उपसर्ग लाग्ने तर्क गर्नेहरूले बाटोतर्फको सेटव्याकमा वेसमेन्ट बनाउन दिन्छ कि दिंदैन ? इनारतर्फको सेटव्याकमा वेसमेन्ट बनाउन नक्सा पास गर्छ कि गर्दैन ? जहाँसम्म लिबाली आवास योजनाभित्रको भवनमा सार्वजनिक जग्गातर्फ पनि जोडिएरै वेसमेन्ट बनाएको र कम्पाउण्ड वाल बनाएको नजिर दिइरहेको छ । विनियमको ५६ ‘घ’ ले त्यहाँ पर्ती सार्वजनिक जग्गातर्फ सेटव्याक भन्ने नै राखेको छैन । सेटव्याकमा त डेढ फिटसम्मको मात्र पेटी, खुड्किला बनाउन पाउँछ । ८ नं. वडाका अध्यक्ष महेन्द्र खायमलीले सार्वजनिक पर्ती जग्गातर्फ छोड्नै पर्ने सेटव्याक छोडेको देखिएन । अझ सोचनीय विषय त पर्ती सार्वजनिक जग्गातर्फ जोडिएरै कम्पाउण्ड वाल बनाउन पिलरको लागि डण्डी खडा गरेको छ । ती डण्डी काटे पनि कम्पाउण्डवाल बनाउन पुर्वाधार बनाएको प्रमाण त मेट्न सकिंदैन । जसरी निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रमाण मेटाउन गरेका हजार कोसिस सफल भएको छैन । यसरी सार्वजनिक पर्ती जग्गातर्फ सेटव्याक नछोडी वेसमेन्ट र कम्पाउण्डवाल कसरी बनाउन मिल्छ मेयरसाब ? मेयरसाबको आँगनमै पार्टी कार्यकर्ताहरू अपमानित भई विरोधी पार्टीका मान्छेहरूको वात सुन्नुपर्दा, आपसी समझदारीमा वर्षौंदेखि सँगै काम गरिरहेका टोल विकास समितिका पदाधिकारीबीच हात हालाहाल र पानी बाराबारको परिस्थिति आउँदा मेयरसाबलाई कतै पनि चोट लागेन ? मेयरसाबको भद्र मौनतालाई वडावासीहरूले कुन रुपमा बुझ्ने ? स्थानीय जनताको विरोध रहँदा रहँदै अनाधिकृत रुपमा सेटव्याकमा बनाएको वेसमेन्ट र कम्पाउण्डवाललाई थप्दै गएको भवनले थिचेजस्तै मेयरसाबले कतिञ्जेल जनताको आवाजलाई कुण्ठित पारेर राख्ने ? ढिलो चाँडो सेटव्याकमा बनाइएको संरचना भत्काउनै पर्छ । मेयरसाब कुन साइत कुरेर बस्नुहुन्छ ? नक्सा पास भएको नाममा सेटव्याकमा निर्माण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा विज्ञहरूसहित स्थानीयहरूबीचमा अन्तरक्रिया गर्नुपर्नेप्रति मेयरसाबको किन ध्यान जान सकेन ?
महँगो सम्पति कर
देश तीन तहको शासकीय प्रणालीमा गएको छ । सङ्घीय संरचनाबारे गहिरो विचार विमर्श नहुँदा यतिबेला सकारात्मकभन्दा नकारात्मक कुरा बढी आएको छ । अझ करको विषयले झन् करकर गरिरहेको छ । देशभरि नै कोकोहोलो भइरहेको छ । व्यवसाय कर, बहाल करलगायत करभन्दा सम्पति कर नपाहरूको प्रमुख स्रोत हो । यसकारण यो शीर्षकमा बढी जोड दिइएको देखिन्छ । नपाहरूले आन्तरिक स्रोत बढाउन विदेशी दातृ निकायको दबाबमा एकीकृत सम्पति कर पनि लागू गरिएको छ । एकीकृत सम्पति करमा जग्गावालाहरूले अलि बढी कर तिर्नुपर्ने हुन्छ । यो कर प्रणाली लागू गरिएका स्थानीय तहहरूमा धेरै विरोध पनि भएको छ । ललितपुर महानगरपालिका त एकीकृत सम्पति करबाट फर्केको छ । उपत्यकाका पुराना काठमाडौं, ललितपुर र भक्तपुरमा सम्पति करमात्र लागू छ । सम्पति करमा भक्तपुर नपाको दररेट उच्च छ । देशका सबै नपाहरूमा भन्दा महँगो सम्पति कर भक्तपुरवासीले तिर्नुपर्छ जबकि गएको आर्थिक वर्षदेखि नपाले सम्पति करमा ५० प्रतिशत छुट दिएको छ । कर दररेटमा पचास प्रतिशत छुट दिंदा पनि काठमाडांै महानपासित तुलना पनि गर्न सकिंदैन । मेयरसाब नपामा आउनुअघि नै सम्पति करको दररेट निर्धारण भएको थियो । यसकारण यो दररेटमा मेयरसाबको दोष देखिंदैन । तर मेयरसाब आउनु भएपछि पनि दररेटमा पुनः मूल्याङ्कन नहुनु दुःखको कुरा हो । नपामा जनप्रतिनिधि नआउँदै करको दररेट निर्धारण गर्दा कुन अधिकृत थिए ? नपाभन्दा बाहिरको कर्मचारी भएरै भक्तपुरका जनतालाई दुःख दिनलाई नै करको दररेट बढाएको त होइन मेयरसाब ? अबको नगरसभाले २ करोडसम्मको दररेटमा उचित ढङ्गले घटाउनुपर्छ अनि २ करोडभन्दा माथिकालाई पनि प्रगतिशील कर प्रणालीको आधारमा दररेट निर्धारण गर्नुपर्छ । मेयरसाबले आगामी बजेटको लागि यो सम्पति करको दररेटमा ध्यान दिनु भए भक्तपुरवासीले न्याय पाउँथे ।
भक्तपुरमा दसैं अन्य स्थानमा भन्दा फरक हुन्छ । पराम्परागत शैलीमा मात्र दसैं मनाउनुभन्दा पनि दसैंलाई पनि रचनात्मक रुपमा उपयोग गर्ने कोसिस गरिरहेको छ । दसैंको अवसरमा भएका जमघट, छलफलले थप जानकार र सुदृढ बनाउने छ । भक्तपुर नपा यतिबेला देशकै नमुना नपा हो । यसलाई आदर्श नपा बनाउन सबैको सकारात्मक जोश, जाँगर र साहस चाहिन्छ । भक्तपुर नपाको कमी–कमजोरीबारे केलाएर सुदृढ हुन र चुनावका बेला नेमकिपाले जनतालाई दिएको वचन पूरा गरी नगरलाई अझ बढी प्रगति र विकासको बाटोमा अगाडि बढाउन मेयरसाबको नेतृत्व चुस्त, सबल र सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Leave a Reply