भर्खरै :

भक्तपुरका जनप्रतिनिधि पुनःनिर्माण प्राधिकरणमा

काठमाडांै, ८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा जनप्रतिनिधि तथा प्राविधिकहरूको एक टोलीले बिहीबार राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का निर्देशक नवराज प्याकुरेलसँग भेट ग¥यो ।
भेटमा नगर प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरवार, नगरपालिकाको पुरानो भवन र पुजारी मठको पुनः निर्माणको लागि नगरपालिकाले तयार गरेको नक्सा र डिजाइन पेश गरी पुनः निर्माणको लागि आवश्यक बजेट बन्दोबस्त गर्न आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा पुनः निर्माण कार्य भइरहेको चर्चा गर्दै उपभोक्ता समितिमार्फत कार्य हुँदा कम खर्चमा गुणस्तरीय निर्माण हुने प्रस्ट पार्नुभयो ।
निर्देशक प्याकुरेलले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू संरक्षणमा भक्तपुर नगरपालिकाले उल्लेखनीय कार्य गरेकोमा प्रशंसा गर्दै एकाइले देशका विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा क्षेत्रहरूको बस्ती विकास एवं पुनः निर्माणको योजना अगाडि सारेको बताउनुभयो ।
भेटमा प्राधिकरणका प्राविधिक सल्लाहकार सूर्यभक्त साँगाछेले भक्तपुर दरवार क्षेत्रमा रहेका सम्पदाहरू पुनः निर्माण कार्यमा नगरपालिकाको पहल सकारात्मक भएको उल्लेख गर्दै त्यसमा प्राधिकरणबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भेटमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व र उकेश कवां तथा नगरपालिकाका प्राविधिकहरू ई. ओमहरि था श्रेष्ठ, आ. रामगोविन्द श्रेष्ठ र ई. सूर्यभक्त खर्बुजाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *