भर्खरै :

निर्मला काण्डमा एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

काठमाडौं, ८ कार्तिक  । निर्मला पन्त हत्याको छानबिनमा लापरबाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।
गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रहरी प्रधानकार्यालयको सिफारिसमा दुवैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।
साउन ११ गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।
उक्त घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले लापरबाही गरेको भेटिएको थियो ।
विष्ट भदौ ११ र भट्ट ३१ गते निलम्बनमा परेका थिए । पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरी लापरबाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुवैले लापरवाही नभएको दाबी गरेका थिए ।
तर, दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *