भर्खरै :

पूर्ण स्वाधीन प्रजग कोरिया र दक्षिण कोरियाबीचको तेस्रो शिखर वार्ता

डी. एम. वी.
यहीं २०७५ असोज ३, ४ र ५ गते (२०१८ सेप्टम्वर १९, २० र २१) प्रजग कोरियाको राजधानी प्योङ्गयाङ्गमा प्रजग कोरिया र दक्षिण कोरियाबीच तेस्रो शिखर वार्ता भएको थियो । प्योङ्गयाङ्गमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको भव्य स्वागत भएको थियो ।
तेस्रो शिखर वार्ता सकिएको भोलिपल्टै संरा अमेरिकाले प्रजग कोरियासँग पुनःवार्ता थाल्ने घोषणा ग¥यो । २०७५ आषाढ २८ गते बिहीबार संरा अमेरिकाले डाँकाको जस्तो माग राखेको भन्ने प्रजग कोरियाको प्रतिकृयासँगै प्रजग कोरिया र संरा अमेरिकाबीच हुने भनिएको दोस्रो शिखर वार्ता अवरुद्ध भएको थियो । त्यसभन्दा अघि पनि २०७५ जेष्ठ १० गते बिहीबारको दिन संरा अमेरिकाका राष्ट्र«पति ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको अगाडि नै २०१८ जून १२ (२०७५ जेठ २९)हुने सिङ्गापुर बैठक नहुने घोषणा गरेका थिए । मुन जाए इनहरूकै अथक कूटनैतिक प्रयासको फलस्वरुप २०१८ जुन १२ को सिङ्गापुर बैठक सफलतापूर्वक सम्पन्न भएको थियो ।
छङ स्याओहेद्वारा लिखित प्योङ्गयाङ्ग घोषणा पत्र कोरिया प्रायःद्वीपको परिवर्तनको दस्ताबेज भन्ने लेखमा के भनिएको थियो भने दुई कोरियाबीचको सैनिक तनाव र सम्भावित सैनिक सम्भावनाको अन्त्य र संरा अमेरिका–प्रजग कोरियाबीचको वार्ताको लागि बल पु¥याउने दुई ओटा लक्ष्यसहित मुन जाए इन गत साता प्रजग कोरियाको राजधानी प्योङ्गयाङ्ग गएका थिए, उनी त्यस लक्ष्यमा पूर्ण सफल देखिए, दक्षिण कोरिया संरा अमेरिकाको पिछलग्गु देश भएको र दक्षिण कोरियाको सेनाको चेन अफ कमाण्ड वाशिङ्गटनको हातमा हुनाले प्रजग कोरिया र संरा अमेरिका शिखर वार्ताको लागि संरा अमेरिकाले हरियो बत्ती नदेखाएसम्म सिउलले प्योङ्गयाङ्गसँग सुरक्षा सहकार्य र विश्वासको वातावरण बनाउन सक्दैन । (श्रमिक साप्ताहिक, २०७५ असोज ६, २०१८ सेप्टेम्वर २५)
कुनै पनि साम्राज्यवादी शक्तिहरूको छलछाममा नफस्ने र धम्कीको अगाडि नझुक्ने प्रजग कोरियाको होसियारी र नीतिबाट अरु देशहरूले सिक्नुपर्ने देखिन्छ । यस विषयमा प्रजग (प्रजग)कोरियाको इतिहासबारे केही कुरा उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
आत्मनिर्भरताको बाटो नै साम्राज्यवादीहरूको युद्धको धम्कीको अगाडि नझुक्ने परम्परा
१९७० को दसकमा संरा अमेरिकी साम्राज्यवाद र पश्चिमी साम्राज्यवादको विरोधमा क्युवाले पूर्वी युरोप र नेतृत्वकारी रुसी संशोधनवादी गुटसँग पनि गठबन्धन ग¥यो । यता १९४० को दसकमा प्रजग कोरियाले सबैभन्दा पहिले आफ्नो आन्तरिक एकता र शक्तिलाई मजबुत बनाएर संरा अमेरिकी साम्राज्यवाद, जापानी फासीवाद र दक्षिण कोरियाको प्रतिक्रियावादको विरुद्ध चीन र सोभियत सङ्घसँग सन्तुलन कायम ग¥यो । रुसी सामाजिक–साम्राज्यवादको दबाब र घेराबन्दीलाई जवाफ दिन जसरी चीनले संरा अमेरिका र पश्चिमा देशहरूसँग सम्बन्ध बढायो त्यसैगरी क्युवाले आफ्नो मुलुकको फरक परिस्थितिअनुसार फरक–फरक रणनीति र कार्य दिशाहरू अख्तियार गर्नु स्वाभाविक हो । उत्ता, अल्वानियाले आपूm एकातिर संरा अमेरिकाको नेतृत्वमा नाटो सैनिक सङ्गठनका पश्चिमा शक्तिशाली मुलुकहरू र अर्कोतिर पूर्व सोभियत सङ्घको नेतृत्वमा संशोधनवादी नीतिहरू अख्तियार गर्ने पूर्वी युरोपका पूर्व समाजवादी देशहरूबाट घेरिए पनि रुसी सामाजिक–साम्राज्यवादको विरोधमा संरा अमेरिकी साम्राज्यवादसँग मिल्नुहुँदैन भनी विश्वका सम्पूर्ण सर्वहारा, कम्युनिष्ट र प्रगतिशीलहरूसँग एक भएर दुवै साम्राज्यवादीहरूको एक साथ विरोध गर्ने नीतिको अख्तियार ग¥यो । त्यसैगरी, उसले कुनै पनि साम्राज्यवादी, पुँजीवादी, संशोधनवादी मुलुकहरूको आर्थिक सहयोग र आदानप्रदानबाट समाजवादी देशहरूले आपूmलाई विकास गर्न नहुने र आप्mनो देशको स्रोत र जनताका ताकतमा विश्वास र भर गरी अघि बढ्नुपर्ने कुरामा जोड दिन्थ्यो । यद्यपि, फरक–फरक परिवेशमा भिन्ना–भिन्नै रणनीति र कार्यशैलीहरू अख्तियार गरेको र त्यसलाई लिएर एकले अर्कोलाई दोषारोपण गर्ने कार्य हुनु विश्व कम्युनिष्ट आन्दोलनको नकारात्मक पक्ष हो । यस्ता नकारात्मक परिस्थिति श्रृजना गर्ने प्रमुख स्रोत नै रुसी संशोधनवाद र सामाजिक–साम्राज्यवाद भएको यथार्थ इतिहासले पुष्टि गरिसकेको छ ।
समाजवादी विशाल मुलुक चीन र समाजवादी सानो मुलुक अल्वानियाजस्ता संशोधनवादविरोधी मुलुक र पार्टीहरू खुलेर रुसी संशोधनवादको विरोधमा लागे । त्यस्तै तिनीहरूले जनचेतना, वर्गीय चेतना जगाउने र जनतालाई नै सबैभन्दा पहिले सङ्गठित गर्ने, अन्य देशको सेना ल्याएर वा अन्य देशहरूमा सेना पठाएरभन्दा पनि आ–आफ्नो ताकतमा भर परेर क्रान्ति गर्ने सिद्धान्तलाई जोड दिए ।
संरा अमेरिकी साम्राज्यवादीहरूले कोरियाको आधा भाग दक्षिण कोरियामाथि कब्जा जमाई बसेको र कुनै पनि बेला संरा अमेरिकामार्फत दक्षिण कोरिया र प्रजग कोरियाबीच पुनः दोस्रो कोरिया युद्ध भड्किन सक्ने स्थितिमा प्रजग कोरियालाई सोभियत संशोधनवादी गुटको सार्वजनिक रुपमा विरोध गर्ने अवस्था नै थिएन । त्यस्तै क्युवा पनि संरा अमेरिकी साम्राज्यवादीहरूसँग सिधै मुठभेद गर्नु पर्नाले तत्कालीन पूर्वी युरोप, सोभियत जनता र नेतृत्वकारी संशोधनवादी खुश्चेभ–ब्रेझनेभ गुटसँग गठबन्धन गरेर क्रान्तिलाई अघि बढाउनुपर्ने विश्व परिस्थितिमा फिडेल क्याष्ट्रो र चे ग्वेभाराहरूले निकै बुद्धिमानीपूर्वक छापामार युद्धलाई प्रतिपादन गरेका थिए । सैनिक ढङ्गले पनि अघि बढ्नुपर्ने सिद्धान्तलाई विश्व कम्युनिष्ट आन्दोलनको सेरोफेरोमा अराजकतावादी सिद्धान्त भन्नुभन्दा पनि त्यसलाई रचनात्मक ढङ्गले बुझ्नुपर्ने देखिन्छ र आ–आफ्नै देशको भिन्नभिन्न परिस्थिति र पृष्ठभूमिमा त्यसका सकारात्मक पक्ष र अनुभवहरूबाट पनि सिक्न सकिन्छ ।
क्रान्तिकारी एवं देशभक्त बहुमत कोरियालीहरू आप्mनो देशलाई सानो ठान्दै नठान्ने, ठूलो र शक्ति मुलुकहरूको खतन पतनमा नबस्ने, कोरियाका समस्याहरू समाधान गर्न कोरियालीहरू आफै सक्षम छन् भन्ने कुरामा पूर्ण विश्वस्त, सानो देशले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा ठोस निर्णय गर्न सक्दैन र ठूला शक्ति राष्ट्रहरूको सहारामा बस्नुपर्छ भन्ने विचारलाई पूर्ण गलत सम्झने, सानो देश भए तापनि यदि त्यहाँका जनतामा एक मनको एकता र आधारभूत कुराहरूमा आत्मनिर्भर छ भने ठूला र शक्तिशाली मुलुकहरूको मुख ताक्न नपर्ने, एउटा ठोस निर्णयमा पुग्नसक्ने र चारैतिर प्रभाव पार्न सक्ने कुरामा एकदम विश्वस्त छन् ।
यस्तो पृष्ठभूमि र क्रान्तिकारी वातावरणमा किम इल सुङ्गहरू हुर्कनुभएकोले सानै उमेरदेखि कोरियाप्रति अगाध प्रेम र कोरियाली सार्वभौम सत्ता अक्षुण्ण राख्न र विश्वको कुनै पनि ठूला र शक्तिशाली मुलुकहरूले कोरियाको विषयमा निर्णय गर्ने परिपाटीको अति नै विरोधी थिए ।
अहिले विशेष गरी प्रजग कोरियालीहरू आप्mनै प्रयत्नबाट क्रान्ति र निर्माणको फराकिलो राजमार्ग निर्माण गर्न सङ्घर्षरत छन् । आत्मनिर्भरता नै कोरियाली समाजवादी क्रान्तिको परम्परा भइसकेको छ ।
१९४५मा कोरिया मुक्त भएपछि नै कुनै पनि ठूला र शक्तिशाली मुलुकको भर नपरी आप्mनो सार्वभौम सत्ता जोगाई स्वाधीन निर्णय गर्न र आप्mनो भाग्य आफैले निर्माण गर्न सक्ने हुन किम इल सङ्कले आत्म–सहारा अर्थतन्त्र स्थापना र आर्थिक निर्भरता प्राप्त गर्नुपर्ने कुरोमा जोड दिनुभयो । जापानी साम्राज्यवाद र फासिवादबाट कोरियालाई मुक्त गर्ने मुक्ति युद्धको बेलामा नै किम इल सुङ्गको अगुवाइमा उहाँका सहयोद्धाहरू मिलेर हरेक क्षेत्रमा आत्मनिर्भर, आत्म–सहारा, हात–हतियारमा आत्म यथेष्ट आदि कुरामा जोड दिने जुछे विचारधाराको स्थापना गर्नुभयो ।
किम इल सुङ्गले समाजवाद–साम्यवादतिर अघि बढ्न समाजवादी औद्योगिकरण र समाजवादी व्यवस्थाको स्थापना पछि मात्रै भौतिक र प्राविधिज्ञ जगमा समाजवादी व्यवस्थाको स्थिर विकास हुने कुरोमा बल दिनुभयो । त्यसअनुसार नै प्रजग कोरिया अघि बढ्यो । किम इल सुङ्गका पछिल्ला पुस्ताहरू पनि परिवर्तित समयमा देखा परेका विभिन्न समस्या र मागअनुरुप जुछे विचारधारामा अडिग भएर नयाँ–नयाँ सिद्धान्त प्रतिपादन गरी अघि बढ्यो र बढ्दै छ । जुछे विचारधाराको प्रकाशमा प्रजग कोरिया समाजवादी झण्डा फहराउँदै शानपूर्वक अघि बढ्दै छ ।
आणविक हतियार नै साम्राज्यवादीहरूको आणविक आक्रमणको सशक्त जवाफ
१९९३ मा आणविक अप्राशारण सन्धिबाट प्रजग कोरिया फिर्ता भएपछि संरा अमेरिकाको आणविक धम्की र सौदाबाजीविरुद्ध आप्mनो सार्वभौम सत्ता र समाजवादी व्यवस्थाको रक्षा गर्न ऊ आणविक हतियार निर्माण गर्न स्वतन्त्र भयो । ९० को दशकमा सोभियत सङ्घको पतनसँगै पूर्वी युरोपका मुलुकहरूमा पुँजीवादी व्यवस्था पुनः स्थापना भएको र चीनको विदेश नीतिमा निकै फेरबदल भएको र संरा अमेरिकाको पटक–पटकको आणविक हमलाको धम्कीबाट कोरिया प्रायःद्वीपलाई अणुमुक्त क्षेत्र बनाउने प्रस्ताव र त्यसअनुसारको प्रयत्न म्याद नाघेको औषधिजस्तै भयो । त्यसको ११ वर्षपछि सन् २००६ मा नै आणविक हतियार सम्पन्न र समृद्धशाली समाजवादी राष्ट्र भई नै छोड्यो । यो साम्राज्यवादविरोधी, स्वतन्त्रता र विश्व समाजवादी आन्दोलनकै गर्वको विषय भयो । सानो देशले साम्राज्यवादी मुलुक र विस्तारवादी मुलुकहरूको थिचोमिचो र हैकमबाट कसरी जोगिने र आपूm कसरी स्वतन्त्र हुने भनी सुस्पष्ट बाटो देखायो । २०७३ चैत २२ को श्रमिक साप्ताहिकमा लुभा प्रिबेत्कोमाद्वारा लिखित युरोकम्युनिज्मले रुसमा गहिरो जरा गाडेको छ भन्ने लेखमा प्रष्ट भनियो । प्रजग कोरियाले आणविक हतियार बनाएको र परीक्षण गरेको हामी देख्दैछौं । फासीवादको पक्षधर विश्व साम्राज्यवादको नेता संरा अमेरिकी सरकारले संसारमा शक्तिको भाषामात्र बोल्ने गरेको छ । संरा अमेरिकाले संसारका सबै महादेशहरूमा सयौंका सयांै सैनिक आधार क्षेत्रहरू निर्माण गरेको छ । त्यस्ता भौतिक बलको सामना त्यस्तै भौतिक बलले नै गर्नुपर्दछ । तथापि अन्य शक्तिहरू भने कहीं हराइरहेका छन् । त्यसकारण कम्युनिष्टहरूले कानुनी र शान्तिपूर्ण प्रतिरोधको बाटोलाई प्रतिरोधका गैरकानुनी र हिंसात्मक बाटोसँग जोड्ने प्रश्नमा विशेष ध्यान दिनुपर्दछ ।
अनेकन चालबाजी, षड्यन्त्र र संयुक्त राष्ट्र सङ्घमार्पmत रणनीतिक धैर्यताको कूटनीतिअन्तर्गत कडाभन्दा कडा एकपछि अर्को साम्राज्यवादी नाकाबन्दीको बीचबाट एकपछि अर्को झन्झन् शक्तिशाली क्षेप्यास्त्र, भू–उपग्रह र आणविक हतियारको परीक्षण र भण्डारण गर्न प्रजग कोरिया पूर्ण सफल भयो । यस भन्दाअघि प्रजग कोरियाले पटक–पटक युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा फेर्ने, कुनै विदेशी शक्ति मुलुकको हस्तक्षेपविना नै कोरिया प्रायःद्वीपको शान्तिपूर्ण एकीकरण र एक देश दुई व्यवस्था वा दुई सरकारको कोर्यो महासङ्घको प्रस्ताव राखेको थियो । शक्तिको भाषामात्र बोल्ने संरा अमेरिकाको नीतिविरुद्ध प्रजग कोरियाले शक्तिको भाषाबाटै साम्राज्यवादीहरूलाई लाइनमा ल्याउने नीति लियो । संरा अमेरिकाको रणनीतिक धैर्यताको कूटनीतिलाई प्रजग कोरियाको जुछे विचारधारामा आधारित परिचालन सिद्धान्तले पूर्ण रुपले असफल बनाईदिएको थियो । जुछे विचारधारा, सोन्गुन राजनीति र परिचालन सिद्धान्त ९न्यखभचलष्लन एचष्लअष्उभि० का विषयमापछि विस्तारमा चर्चा गर्नु उपयुक्त हुनेछ ।
यहीँ २०७३ चैत २५ गते संरा अमेरिकाको प्mलोरिडा राज्यमा भएको संरा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि पिङ्गको शिखर वार्ताको पूर्वसन्ध्यामा प्रजग कोरियाद्वारा जापानलाई ताकेर गरेको क्षेप्यास्त्र परीक्षणको ठूलो अर्थ रहेको थियो । त्यस शिखर वार्ताको पाँच बुँदाहरू ःपहिलो प्रजग कोरियाको आणविक चुनौती, दोस्रो व्यापार, तेस्रो ताइवान, चौथो दक्षिणी चीन सागरमा समुद्री सिमाको विवाद र पाँचौं मानव अधिकार मध्य प्रजग कोरियाको आणविक चुनौती प्रमुख बँुदा भएको थियो । त्यस क्षेप्यास्त्र परीक्षणको अर्थलाई यसरी विश्लेषण गर्न सकिन्थ्यो । पहिलो, प्रजग कोरियाको भावना र अडानलाई बुझेर वार्ता एउटा स्वीकार्य निर्णयमा पुगोस् ।
दोस्रो, कोरिया प्रायःद्वीपको भाग्य केही ठूला र शक्ति मुलुकहरूको निर्णयमा भर पर्न सक्दैन । कोरिया मामला कोरियालीहरूको समस्या हुनाले सबैभन्दा पहिले संरा अमेरिकाले प्रजग कोरियासँग वार्ता वा कूटनैतिक पहल गर्नुपर्छ । शक्ति राष्ट्रहरूकै निर्णयबाट कोरिया प्रायःद्वीपको विभाजन भएको पीडा कोरियालीहरूको मन–मस्तिष्कमा अझै आलै छ । फेरि फेरि यस्तो कुरो कोरियालीहरू दोहो¥याउन चाहँदैनन् ।
संरा अमेरिका प्रजग कोरियामाथि दबाब दिन चीनलाई उक्साउन चाहन्थ्यो वा कोरिया युद्धमा चीन र रुसलाई तटस्थ राखेर प्रजग कोरियालाई एकल्याउने संरा अमेरिकाको रणनीति पनि हुन सक्थ्यो । यो कुरोको सम्भावना देखेर नै प्रजग कोरियाले सोन्गुन राजनीति अख्तियार गरी आणविक हतियार, क्षेप्यास्त्र, भू–उपग्रह र युद्ध विद्युतीय प्रविधि वा साइवर प्रविधिको विकास गरी आवश्यक भएमा एक्लैले संरा अमेरिकालाई पराजित गर्ने रणनीति लिएको हुनसक्थ्यो । ठूला र शक्ति मुलुकहरूबाट सहयोग नलिई प्रजग कोरिया आपैmले आप्mनै ढङ्गबाट अत्याधुनिक हात–हतियार र १०० जना शत्रु सेनाविरुद्ध एकजना सेनाले युद्ध लड्ने युद्ध कला र प्रविधि विकास गरेको थियो । एकजना पेरुभियाली सेनाध्यक्षले प्रजग कोरियाको सेना नै संसारमा सबैभन्दा तीव्र गतिमा युद्ध लड्न सक्ने भनी मूल्याङ्कन गरेका थिए ।
पक्कै पनि पूर्व सोभियत सङ्घ र चीन त प्रजग कोरियाका निकै नजिकका मित्रहरू थिए र अहिले पनि रुस र चीन मित्र हुन् । संरा अमेरिकालाई अभैm के विश्वास हुन सक्थ्यो भने रुस र चीनले भित्रभित्रै प्रजग कोरियालाई सैनिक सहायता र युद्ध प्रविधि प्रदान गरिरहेका हुन सक्थे । त्यतिखेर रुस र चीनले प्रजग कोरियालाई सैनिक सहायता र प्रविधि सहयोग नगरेको र प्रजग कोरिया एक्लैले जापान र संरा अमेरिकासँग युद्ध लड्न र विजय प्राप्त गर्न सक्थ्यो भन्ने संरा अमेरिकालाई यकिन भएमा मात्र प्रजग कोरियासँग शान्ति सम्झौता र कोरिया प्रायःद्वीपको एकीकरण गर्न पहल गर्न सक्थ्यो । संरा अमेरिकाले जापान, फिलिपाइन्स, भियतनाम र भारतलाई उचाल्दै समुद्री सीमा विवाद चर्काएर अनि रुससँग सम्बन्ध राम्रो गरी चीनलाई घेरा हाली चीनलाई चोतर्फी दवाब दिइरहेको थियो र छ । संयुक्त राष्ट्र सङ्घले प्रजग कोरियाविरुद्ध एकपछि अर्को झन्–झन् कडा नाकाबन्दीलाई पनि ठूला र शक्ति मुलकहरूले समर्थन गर्न पुग्नु यसैको परिणाम थियो । चीन र रुसबाट भित्र–भित्रै प्रजग कोरियालाई सैनिक सहायता र प्रविधिको सहयोग भैरहेको थियो वा थिएन बुभ्mनलाई रणनीतिक धैर्यताको कूटनीति र यो शिखर वार्ताको प्रयोग भएको हुनसक्थ्यो ।
प्रजग कोरियाले पटक–पटक कोरिया प्रायःद्वीपको समस्या कोरिया र संरा अमेरिका बीच मात्र सरोकार राख्ने हुनाले प्रजग कोरिया र संरा अमेरिकाबीच नै प्रत्यक्ष वार्ताको प्रस्ताव राखेको थियो । यद्यपि, संरा अमेरिकाले आप्mनो प्रतिष्ठा र साना मुलुकहरूको भाग्य निर्माण गर्न ठूला र शक्ति मुलुकहरूले मात्र गर्न सक्छन् भन्ने सन्देश दिन सानो मुलुक प्रजग कोरियासँग प्रत्यक्ष वार्ता गर्न अन्कनाउँदै प्रजग कोरिया, दक्षिण कोरिया, चीन, रुस र संरा अमेरिका बीचको ६ पक्षीय वार्तामा जोड् दिइरहेको थियो र छ ।
तेस्रो, प्रजग कोरिया युद्ध विराम सम्झौतालाई शान्ति सम्झौतामा रुपान्तरण गर्ने पक्षमा थियो र छ । यसैगरी, उसले यो मात्र कोरिया प्रायःद्वीपमा शान्ति कायम हुनुको साथै एशियाली क्षेत्रमा पनि शान्ति कायमै रहने एकमात्र विकल्प रहेको निचोड निकालेको छ । यस्को लागि प्रजग कोरिया युद्ध वा शान्ति दुवैको लागि तयार छ ।
ट्रम्पले क्षेप्यास्त्र परीक्षण गरी प्रजग कोरियाद्वारा निकै नराम्रो व्यवहार भएकोले चीनले त्यसो नगर्न प्रजग कोरियालाई मान्न लगाउनुप¥यो र त्यसमा चीनले सीमित मात्र सहयोग गर्न सक्ने भएमा प्रजग कोरियाको आणविक चुनौती र समस्या संरा अमेरिका एक्लैले समाधान गर्न समक्ष छ भनी पत्रकार भेटघाटमा शिखर वार्ताको चार दिन अघि नै प्रष्ट पारे । त्यसैगरी, संरा अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले पटक–पटक रणनीतिक धैर्यताको कुटनीति समाप्त भएको र सैनिक कारबाहीको विकल्प टेबुलमा रहेको बताएका थिए । यसै बीच चीनले संयुक्त राष्ट्र सङ्घको नाकाबन्दी अन्तर्गत रहेर प्रजग कोरियाबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । (एक्लै समाधान गर्छाैं, कान्तिपुर दैनिक, २०७३ चैत २२) अब, संरा अमेरिकासँग प्रजग कोरियासँग युद्ध वा प्रजगसँग प्रत्यक्ष शान्ति वार्ता दुईटामात्र विकल्प बाँकी छन् ।
प्mलोरिडास्थित पाम समुद्री किनारमा अवस्थित ट्रम्पको भव्य मार–आ–लागो रिसोर्टमा २०७३ चैत २५ र २६ अथवा अप्रिल ७ र ८, २०१७ दुई दिन ट्रम्प र सि जिन पिङ्गको वार्तामा प्रजग कोरियाको आणविक हतियार सम्बन्धमा चीनले प्रजग कोरियाको आणविक समस्या निकै गम्भीर भएको यथार्थलाई स्वीकारेको तर त्यस्को जमेर विरोध नगरेको देखियो ।
चैत २२ गते सिरियाले लडाकु विमानबाट रासायनिक हतियार प्रयोग गरी एक सत्न्दा बढी सर्व साधरण जनतालार्ई हत्या गरेको भन्ने निहुँमा संरा अमेरिकाले चैत २४ गते सिरिया सरकारविरुद्ध सिरियाको होम्स प्रान्तको शायरात हवाई अखडामा ५९ ओटा टमहाक क्षेप्यास्त्रले आक्रमण ग¥यो । उक्त आक्रमणमा ९ ओटा सिरियाली लडाकु विमान ध्वस्त भयो र केही जवानहरू हताहत भयो ।प्रजग कोरियाले उक्त आक्रमणलाई अक्षम्यु भन्दै घोर निन्दा ग¥यो । त्यस्को भोलीपल्टैै संरा अमेरिकाले कोरिया प्रायद्वीपतर्फ नौ सैनिक टोलीसहित सिङ्गापुरबाट काल भिनसन नामको एउटा युद्धपोत पठायो । तत्कालै प्रजग कोरियाले आइलाग्ने माथि जाइलाग्न तयार भएको वक्तव्य दियो ।
संरा अमेरिकासँग युद्धको लागि तम्तयार अवस्थामा
राष्ट्रपति किम इल सङ्गको १०५ औं भव्य जन्म दिवस मनाउने प्योङ्गयाङ्ग तयारीमा थियो । मार्च १४ मा अशक्त, बुढा–बुढी र केटाकेटी गरी ६ लाख प्योङ्गयाङ्ग वासीहरूलाई अन्यत्र सुरक्षित स्थानहरूमा पठाएको समाचार रुसी पत्रिका प्राभ्दाले छाप्यो । त्यसैगरी, किम इल सङ्गको १०५ औं जन्म दिवसको अवसरमा अझ शक्तिशाली आणविक वमको परीक्षण हुने अनुमान चलिरहेको बेला अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण असफल भएको कुरो दक्षिणको एउटा क्षेप्यास्त्र सैनिक टोलीले जनायो ।
मार्च १५ अथवा २०७४ वैशाख २ गतेको दिन किम इल सङ्गको १०५ औं जन्म दिवस मनाउने सिलसिलामा किम इल सङ्ग चोकमा विशाल सैनिक परेड र नयाँ नयाँ शक्तिशाली अन्तर महादेशीय क्षेप्यास्त्र र अन्य क्षेप्यास्त्रहरूको पनि प्रदर्शन भयो । किम जोङ्ग उनको साथमा कुनै पनि उच्चपदस्थ सरकारी विदेशी पाहुनाहरू थिएनन् । यद्यपि, २०० जना विदेशी पत्रकारहरू उपस्थित थिए । दक्षिण कोरियाको कठपुतली शक्ति र जापानलगायत त्यस वरपरका शक्तिहरूलाई ध्वस्त पार्नुको साथै छिट्टै नै संरा अमेरिकी शक्तिलाई निमिट्यान्न पार्ने आधिकारिक वक्तव्य दिइयो ।
२०७४ वैशाख ७ गते यसै कुरालाई लिएर संरा अमेरिकी विदेशमन्त्री टेलरसनले प्योङ्गयाङ्गलाई दबाब दिन अर्को उपाय खोजिरहेको कुरो बताए । राष्ट्रपति ट्रम्पले सिरियामाथि टमहाक क्षेप्यास्त्र आक्रमण र अफगानिस्तानका गुफाहरूमा लुकेर बसेको इस्लामिक स्टेटका लडाकुहरूविरुद्ध ११ टन टिनटी शक्ति भएको र झण्डै ९ मिटर लामो मदर अफ अल बम्स नाम गरेको हालसम्मकै सबैभन्दा शक्तिशाली पहिलो संरा अमेरिकी गैरआणविक वम आक्रमणबाट अपार सफलता मिलेको कुरा राख्दै उत्तर कोरियाले यस यथार्थलाई बुझेको वा नबुझेको आपूmलाई थाहा नभएको कुरा भने ।
यसबाट निम्न कुराहरू अनुमान गर्न सकिन्थ्यो ः
१. हातहतियारको दम्भ र शक्तिमा हुर्केको अहङ्कारी ठूलो ,विश्व शक्ति र साम्राज्यवादी मुलुक संरा अमेरिकालाई जुछे विचारधारा, सोन्गुन राजनीति वा अन्तर्राष्ट्रिय, आत्म–निर्भर, आत्म–सहारा, हात–हतियारमा आत्म–यथेष्टता, परिचालन सिद्धान्त आदिबाट सानो मुलुक प्रजग कोरिया जापानी शक्ति र संरा अमेरिकी शक्ति दुवैलाई चुनौती दिन सक्ने गरी शक्तिशाली भइसकेको थियो ।
२. सिरियामा जस्तै रासायनिक हतियारको प्रयोग आपैmले गराई त्यसको दोष बसार अल असाद सरकारलाई दिई त्यसैको निहुँमा सिरियामाथि टमहाक क्षेप्यास्त्र आक्रमण गरेर सिरियाको हवाई शक्ति निकै ह«ास भएको र अफगानिस्तानमा लडाकु विमानबाट मदर अफ अल बम्स नामको वम आक्रमण गरी इस्लामिक स्टेटका कमाण्डर र अन्य लडाकुहरू मारेको दाबी गर्ने संरा अमेरिकाले त्यस्तै अप्रत्यक्ष रुपले उत्तर कोरियाविरुद्ध आणविक हमला गरी त्यसको दोष उत्तर कोरियामाथि थोपर्दै त्यसैको निहुँमा संसारको सहानुभूति आफूले लिन प्रत्यक्ष रुपमा गैरआणविक वमबाट आक्रमण गर्ने नियत हुनसक्थ्यो ।
संरा अमेरिकाले इस्लामिक स्टेटमाथि दोहोरो मापदण्ड लिएको देखिन्छ अथवा आप््mना विरोधीहरूलाई बलियो हुनै नदिने नीति लिएको देखिन्छ । सिरियामा इस्लामिक स्टेट कमजोर देखिएको हुनाले बसार अल असादको सत्ता पल्टाउने इस्लामिक स्टेट् र अन्य विद्रोहीहरूलाई संरा अमेरिका र पश्चिमा शक्तिशाली मुलुकहरूले भित्रभित्रै राजनैतिक, भौतिक र आर्थिक सहायता दिंदै आएका छन् । उता अफगानिस्तानमा भने संरा अमेरिका त आपूmले भन्याजस्तो बस्ने सरकारको रक्षामा इस्लामिक स्टेट र तालिवानविरुद्ध लागिरहेको देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने संरा अमेरिकाले कुनै पनि हालतमा आप्mना विरोधीहरूलाई बलियो हुनै दिन्न । मुअमर कदाफि, वसर अल असाद, इस्लामिक स्टेट, तालिवानहरू संरा अमेरिका र पश्चिमा शक्ति मुलुकहरूका शत्रुहरू हुन् । संरा अमेरिका र पश्चिमा शक्ति मुलुकहरूले शत्रुहरूका अन्तर विरोधबाट फाइदा उठाएर बलियो शत्रुविरुद्ध कमजोर शत्रुहरूलाई समर्थन गर्दै आएका छन् । त्यसैगरी, ती देशहरूले कमजोर शत्रुहरू बलियो भएपछि वा आप्mनो स्वार्थअनुकूल तिनीहरूले काम नगरेपछि त्यसको विरुद्ध अरुहरूलाई राजनैतिक, नैतिक, भौतिक (सैनिक) र आर्थिक सहयोग गर्छन् । ती देशहरूले आप्mना शत्रुहरूलाई तिनीहरूबीच झगडा लगाई तिनीहरू कसैलाई बलियो हुनै नदिने र फूट गर र राज गर नीति अख्तियार गरिरहेका छन् ।
३. प्रजग कोरियाले संरा अमेरिकाले जहाँबाट आक्रमण गर्छ त्यहींबाट भीषण प्रत्याक्रमण गर्ने चेतावनी दिंदै आएको थियो । प्रजग कोरियामा कुनै विदेशी सेना र विदेशीहरूको नियन्त्रणमा रहने विदेशी हतियार थिएन र छैन । ऊ आपूm र आप्mनो जनताको ताकतलाई विश्वास गरेर परी आएमा कसैको भर नपरी विश्व जनमतको समर्थन लिई आपूm एक्लैले भए पनि संरा अमेरिकालाई युद्धमा पराजित गर्न दृढ सङ्कल्पित थियो । यसो भएपछि प्रजग कोरिया कुनै ठूला र शक्ति मुलुकहरूको दबाबमा बस्न बाध्य हुनै पर्दैनथ्यो । टमहाक क्षेप्यास्त्र प्रहार गरेको संरा अमेरिकी युद्धपोतमाथि सिरिया वा रसियाली फौजले प्रत्याक्रमण गरेको देखिएन । बरु, रुसले क्रुज क्षेप्यास्त्रसहित युद्धक विमानहरू कृष्ण सागरबाट सिरियाको बन्दरगाहमा पठाउने र भुईंबाट आकाशमा प्रहार गर्ने एस ४०० र एस ३०० क्षेप्यास्त्रहरू तैनाथ गर्ने आदेश दियो । यसो गर्नु ठूला र शक्तिशाली मुलुकहरूको हतियार विकाउने मेसो हो ।
भोलि रुस र संरा अमेरिकाबीच आ–आप्mनो हितअनुकूल सिरियाको बसार अल असाद सरकारको अहितमा सम्झौता हुनसक्छ । त्यसअनुसार नै गर्न रुसले असाद सरकारलाई दबाब दिनसक्छ । पेइचिङ्ग विश्व विद्यालयको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका चिनियाँ प्रोफेसर वाङ्ग डोङ्गले सिरिया र प्रजग कोरियाबीचको स्थिति निकै भिन्न रहेकोले यदि संरा अमेरिकाले प्रजग कोरियाविरुद्ध सैनिक बल प्रयोग गरेमा वा अचानक आक्रमण गरेमा अन्य क्षेत्रमा पनि युद्ध पैmलिएर त्यसले विकराल रुप लिने चेतावनी दिए ।
९. The Himalayan Times and The Kathmandu Post , April 8 2017 and April 9 2017 र सिरिया आक्रमणको रुस र इरानले प्रतिवाद गर्ने, अन्नपूर्ण, २०७३ चैत २९
यसैबीच, उत्तर कोरियाको कारण तेस्रो विश्व युद्ध हुनसक्ने भनी विभिन्न देशहरूमा व्यापक अनुमान र चिन्ता पैmलिएको थियो । प्रजग कोरियाले आवश्यकताअनुसार हरेक दिन, हरेक हप्ता, हरेक महिना, हरेक वर्षमा क्षेप्यास्त्र, आणविक वमजस्ता अति शक्तिशाली हात–हतियारको निरन्तर निर्माण, परीक्षण र भण्डारण गर्दै जाने प्रण गरेको थियो ।
४. २०७३ वैशाख ११ गतेको अन्नपूर्ण राष्ट्रिय दैनिकमा ‘अमेरिकी युद्धपोत ध्वस्त पार्ने प्योङ्गयाङ्गको धम्की’ भन्ने शीर्षकमा वैशाख १० गते प्रजग कोरियाले कोरिया प्रायद्वीपमा पठाएको संरा अमेरिकाको युद्धपोतलाई डुवाई दिने चेतावनी दिएको र किम नाम गरेको एक जना अमेरिकी नागरिकलाई उत्तर कोरियाविरुद्ध संरा अमेरिकाको लागि गुप्तचरी गरेको आरोपमा हिरासतमा लिइएको खबर प्रकाशित गरेको थियो । गोरखापत्र, नागरिक, त्जभ ज्ष्mबबिथब त्ष्mभक, त्जभ प्बतजmबलमग एयकत जस्ता नेपालका प्रमुख दैनिक पत्रिकाहरूमा उक्त समाचार छापिएको थियो ।
५. संरा अमेरिकाले भारत, फिलिपाइन्स, भियतनाम र जापानसँग मिलेर चीनविरुद्ध युद्ध अभ्यास गर्दै आएको छ र सम्भावित तेस्रो विश्व युद्धबाट संरा अमेरिका र युरोपलाई युद्ध विभीषिकाबाट बचाउन एसियामा मात्र युद्ध सीमित पार्ने नियतले पटक–पटक अनेकन जालझेल र युद्ध अभ्यास गर्दै आएको छ । पहिल्यै, संरा अमेरिकाको नियत बुझेर नै प्रजग कोरियाले कुनै पनि निहुँमा संरा अमेरिकाले प्रजग कोरियामाथि आक्रमण गर्नासाथै वाशिङ्गटन डीसीलगायत अन्य संरा अमेरिकी सहर र सैनिक शिविरहरूमाथि सिधै आणविक आक्रमण गर्ने चेतावनी दिंदै युद्धको लागि पूर्ण तयार भएको थियो । संरा अमेरिका र युरोपमा पनि युद्ध पैmलाउन सक्ने अवस्थामा मात्र विश्व शान्ति कायम गराउन सकिन्छ र शान्तिको कुरो र जन प्रदर्शन गरेरमात्र विश्व शान्ति कायम गर्न नसक्ने कुरोमा प्रजग कोरिया पूर्ण विश्वत रहेको देखियो ।
अनेकन चालबाजी, षड्यन्त्र र अत्याधुनिक हतियारको धम्कीबाट पनि प्रजग कोरियालाई झुकाउन नसकेपछि उल्टै प्रजग कोरिया युद्धको लागि पूर्ण तयार हुँदै संरा अमेरिकामाथि आणविक आक्रमण गरेर ध्वस्त पार्ने चेतावनी दिएपछि २०७३ वैशाख १२ गते शक्तिशाली हतियारको दम्भबाट मातिएका र अहङ्कारी राष्ट्रपति ट्रम्पले प्रजग कोरियाको युद्ध तयारीका गतिविधि र उसको वास्तविक शक्ति थाहा पाउनलाई संरा अमेरिकी सिनेटरहरूकोे अत्यन्त जरुरी बैठक बोलाए । युद्ध विश्लेषकहरू त अघि पछि ह्वाइट हाउसमा गइरहन्छन् । युद्ध सम्बन्धमा राय सुझाव लिन यसरी सिनेटरहरूको बैठक बोलाएको यो नौलो कुरो थियो ।
कोरिया प्रायःद्वीपमा तनाव चर्कंदै गएपछि २०७४ वैशाख ११ गते चीन र रुसले प्रजग कोरियासँगको सिमानामा लाखौंको सङ्ख्यामा सेना र अत्याधुनिक लडाकु विमान सहित हात–हतियार तैनाथ गरेका थिए ।
२०७३ वैशाख १५ वा अप्रिल २८ को दिन संरा अमेरिकाले नाकाबन्दीलाई केन्द्रमा राखेर प्रजग कोरियालाई आणविक हतियार निर्माण र क्षेप्यास्त्र परीक्षण कार्य गर्नबाट रोक्न चौतर्फी दबाब दिंदै वार्ता गर्ने नीतिको औपचारिक घोषणा ग¥यो । यो भनेको घुमाइ फिराइ रणनीतिक धैर्यताको कुटनीतिलाई नै निरन्तरता दिइएको हो । त्यसको भोलिपल्ट वैशाख १६ गते शनिबारको दिन प्रजग कोरियाले क्षेप्यास्त्र परीक्षण ग¥यो । दक्षिण कोरियाको क्षेप्यास्त्र सैनिक टोलीले उक्त क्षेप्यास्त्र परीक्षण असफल भएको कुरो जनायो । ट्रम्पले प्रजग कोरियाले क्षेप्यास्त्र परीक्षण गरेर आप्mनो नजीकको मित्र चीनको अपमान गरेको, प्रजग कोरियासँग चर्को द्वन्द्वको सम्भावना र चीनले प्रजग कोरियाको आणविक हतियार निर्माण र क्षेप्यास्त्र परीक्षणलाई रोक्न इमानदारीपूर्वक कदम चालेको भनी चीनको प्रशंसा गरे । चीनले अब फेरि प्रजग कोरियाले क्षेप्यास्त्र र आणविक हतियारको परीक्षण गरेमा त्यसको विरुद्ध कडा प्रतिक्रिया दियो भने रुसले प्रजग कोरियाविरुद्ध कुनै पनि सम्भावित सैन्य कारबाहीको विरोध ग¥यो ।
२०७४ वैशाख १८ गते वा मे १ को दिन एउटा पत्रकार भेटघाट कार्यक्रममा प्रजग कोरियालाई आणविक हतियार निर्माण र क्षेप्यास्त्र परीक्षण गर्ने कार्यलाई रोक्न लगाउनेबारे जिज्ञासा राख्दा संरा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजग कोरियाको व्यवहारलाई हेरेरमात्र सैनिक कारबाही हुन पनि सक्छ वा नहुन पनि सक्छ भनी जवाफ दिए । उनले प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले २८ वर्षको कलिलै उमेरमा नेतृत्व सम्हालेर अहिलेको विषम परिस्थितिमा पनि दृढ अडान लिनसक्ने चलाख नेता भनी प्रशंसा गर्दै प्रजग कोरियासँग सम्बन्ध सामान्यीकरण गर्न आपूm किम जोङ्ग उनसँग भेटवार्ता गर्न तयार रहेको कुरो बताए । उनले कोरियामाथि चीनको त्यतिको प्रभाव नभएको वा एक हप्ता र दुई हप्ताअघि गरेको क्षेप्यास्त्र परीक्षणहरू असफल भए तापनि चीनले प्रजग कोरियाको आणविक र क्षेप्यास्त्र परीक्षण नियन्त्रण गर्न नसकेको भन्ने कुरा पनि प्रस्टै पार्दै प्रजगले भड्कावपूर्ण गतिविधि रोक्नुपर्ने कुरो बताए । वार्ताको वातावरण सृजना गर्न प्रजगले आणविक हतियार निर्माण, क्षेप्यास्त्र परीक्षण रोक्नुपर्ने जस्ता केहीमात्र शर्तहरू पूरा गर्नुपर्ने विषयमा उनले चर्चा गरे । त्यसको केही समयपछि, ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको किम जोङ्ग उनसँग तत्कालै भेट हुन नसक्ने भनी वक्तव्य निकाल्यो ।
संरा अमेरिका प्रजग कोरियाको युद्ध गतिविधिबाट अल्मलिएको, त्यसविरुद्ध साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरिरहेको र त्याहाँको शासक पार्टी, जापानको शासक पार्टी र दक्षिण कोरियाको शासक पार्टीहरूभित्रै प्रजग कोरियालाई युद्धबाटै तह लगाउने उपायलाई त्यागेर प्रजगको प्रस्तावअनुसार नै युद्ध विराम सम्झौतालाई शान्ति सम्झौतामा फेर्ने र कोर्यो महासङ्घको प्रस्तावलाई स्वीकार गरी कोरिया प्रायद्वीपलाई अणुमुक्त बनाउने पक्ष लिनेहरूको पनि दबाब बढिरहेको थियो र छ ।
संरा अमेरिकाले युद्धपोत पठाएको, त्यस युद्धपोतलाई सुरक्षा गर्न भनी जापानमै निर्मित जापानले पठाएको दुई ओटा युद्धपोतलाई पनि प्रजग कोरियाले डुबाई दिने चेतावनी दिएपछि कोरिया प्रायः द्वीपमा तनाव अझ बढेको थियो । यो पनि जापानको सुरक्षित अवतरणको खेलमात्रै थियो  ।
प्रजग कोरियाका विभिन्न युवा सङ्गठनहरूले त जापान र दक्षिण कोरियालाई पानीमा डुबाई दिने र आणविक प्रहारबाट खरानीमा परिणत गरिदिने र अन्तमा संरा अमेरिकालाई ध्वस्त पार्ने, यदि प्रजग कोरियाले आणविक हतियार प्रयोग गर्ने हो भने पृथ्वी दुई टुक्रा हुने, संरा अमेरिकालगायत शत्रु शक्तिहरूलाई पचासौं लाख एटम बम हानेर समुल नष्ट गर्नेजस्ता वक्तव्यहरू दिएका थिए । धेरै जनाले यस्ता उग्र उग्र र असम्भव कुराहरू गरेर प्रजगले के गर्न खोजेको भनी प्रश्न गरेका थिए । हो, यस्ता वक्तव्यहरू उग्र र हुन नसक्ने देखिए तापनि शक्तिको भाषामात्र बोल्ने विश्व महाशक्ति संरा अमेरिकालाई मुखभरिको जवाफ हुनसक्थ्यो ।
२०७४ वैशाख २० को राष्ट्रिय दैनिक कान्तिपुरमा कोरियाली प्रायःद्वीप युद्धको नजीक भन्ने शीर्षकमा संरा अमेरिकी वायु सेनाको लडाकु बम वर्षक विमानहरू दक्षिण कोरियाको ओसान एयर बेसमा उडिरहेको फोटोसहित अन्तर्राष्ट्रिय समाचार छापियो । त्यसमा संरा अमेरिकाका दुई सुपरसोनिक बमवर्षक विमानले दक्षिण कोरियाली र जापानी वायु सेनाका जहाजसँग अभ्यास गर्दै शक्ति प्रदर्शन गरेपछि प्रजग कोरियाले कोरियाली प्रायःद्वीप युद्धको नजीक रहेको चेतावनी दिएको थियो प्रजगको सरकारी टेलिभिजन केआरटीले मङ्गलबारको प्रसारणमा संरा अमेरिकाको उक्साहटका कारण कोरियाली प्रायःद्वीप आणविक युद्ध नजीक पुगेको, त्यही दिन प्रजगको सरकारी रोङ्गदोङ्ग सिनमुन भन्ने सरकारी पत्रिकाले आणविक युद्धले संरा अमेरिकालाई विनास गर्नेबाहेक अरु केही गर्दैन, संरा अमेरिकाले आक्रमण गरेको कुनै पनि सङ्केत प्राप्त हुने बित्तिकै अप्रिलको सैन्य परेडमा प्रदर्शन गरिएको अन्तर महाद्विपीय ब्यालेस्टिक मिसाइल संरा अमेरिकामाथि उड्ने र डोनाल्ड ट्रम्प प्रशासनले गरेको आणविक युद्धको उक्साहटले संरा अमेरिकी साम्राज्य पतन हुने, दक्षिण कोरिया समुद्रमा मिल्ने र जापान खरानीमा परिणत हुने, सोमबारमात्रै प्रजग कोरियाले कुनै पनि समय कुनै पनि स्थानमा आणविक परीक्षण हुने घोषणा गरेको, विज्ञहरूले संरा अमेरिकाले प्रजग कोरियामाथि सैन्य कारबाही गरे त्यसबाट सोल र यसको १ करोड नागरिकविरुद्ध विनासकारी आक्रमण हुने आदि चेतावनीहरू दिएका थिए ।
मिति २०७४ वैशाख ३१ गते आइतबार (१४ मे २०१७) र २०७४ जेठ ७ गते आइतबार (२१ मे २०१७) प्रजग कोरियाले क्रमशःपुकगुकसङ्ग –१ र पुकगुकसङ्ग–२ क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण ग¥यो । मुन जाए–इन राष्ट्रपति भएपछि यो क्षेप्यास्त्र परीक्षण पहिलो र दोस्रो हो । उक्त क्षेप्यास्त्रहरूमा ठोस ऊर्जा प्रयोग भएको र शत्रुले त्यसलाई पत्ता लगाउन कठिन हुने बताइएको थियो । परीक्षणपछि त्यस किसिमका क्षेप्यास्त्रहरू युद्धका निम्ति तैनाथ गरिसकिएको बताइएको थियो । संरा अमेरिकाले फेरि रोनाल्ड रेगन नामको अर्को युद्धपोत कोरिया प्रायःद्वीपतर्पm पठायो ।
प्रजग कोरियाले २०७४ जेठ १५ गते सोमबार (२९ मे २०१७) स्थानीय समयअनुसार बिहान सबेरै ५ः४५ बजेतिर तेस्रो क्षेप्यास्त्र परीक्षण ग¥यो भनीे दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएको खबर थियो । प्रजग कोरियाको पूर्वी समुद्र तटमा अवस्थित उन्सान प्रक्षेपण स्थलबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र छोटो दुरीसम्म मार हान्न सक्ने स्कड मिसाइल प्रकृतिको जस्तो भएको र एक सय बीस किलो मिटरको उचाइसम्म पुगी पूर्वी दिशातर्पm चारसय पचास किलोमिटर जति उडेर जापानको व्यापारिक क्षेत्र नजिकै जापानी समुद्र (सि अफ जापान) मा खसेको थियो । उक्त परीक्षण त्यस क्षेप्यास्त्रले लिएको ठाडो कोणीय उचाइ, तीव्र वेग र अन्य प्राविधिक कुराहरू हेर्दा बहुप्रतिक्षित अति लामो दुरीसम्म प्रहार क्षमता राख्ने अन्तर–महाद्विपीय व्यालस्टिक क्षेप्यास्त्र (प्रोटो टाइप) जस्तो देखिएको अनुमान गरिएको थियो । (मजदुर दैनिक, २०७४ जेठ १६ मङ्गलबार तद्नुसार ३० मे २०१७)
यसैबीच, २०७४ जेठ २० गते शनिबार (३ जून २०१७) लामो समयपछि संरा अमेरिका र चीनको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले एकमतबाट प्रजग कोरियाविरुद्ध नाकाबन्दी लगायो ।
२०७४ जेठ २१ गते आइतबार (४ जून २०१७) को दिन संयुक्त राष्ट्र सङ्घको नाकाबन्दी तुच्छ भनी प्रजग कोरियाले वक्तव्य दियो ।
५ दिन अगाडि संयुक्त राष्ट्र सङ्घले प्रजग कोरियामाथि लगाएको नाकाबन्दी पछि २०७४ जेठ २५ गते बुधबार (७ जून २०१७) को दिन शत्रुका युद्धपोतहरूलाई ध्वस्त पार्ने जमिन र समुद्रबाट समुद्रमा प्रहार गर्ने सृृङ्खलाबद्ध क्षेप्यास्त्रहरू परीक्षण ग¥यो । परीक्षणपछि प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले भन्नुभयो … पूर्ण युद्ध (जल, थल र आकाशमा एकसाथ हुने युद्ध) ले संरा अमेरिकालाई अन्तिम सर्वनाशतर्फ दोहो¥याउनेछ । … वानशान गाद्रचोन प्रान्तको सहरी इलाकाको वरिपरिको क्षेत्रबाट परीक्षण गरिएका ती क्षेप्यास्त्रहरू क्रुज क्षेप्यास्त्रहरू जस्तो देखिएको र मेघ गर्जेसरि विकराल आवाज निकाल्ने भनी दक्षिण कोरियाका रक्षा मन्त्रालयले जनाएका थियो ।(The Kathmandu Post , 8 June 2017) अथवा २०७४ जेठ २६० रुसी महासङ्घको मस्कोस्थित प्रजग कोरियाली राजदूतको रुसी महासङ्घका वरिष्ठ नेताहरूसँग भेट र गोप्य सम्झौता भएको खबर थियो । यसले के देखाउँछ भने प्रजग कोरिया रुससँग अझ नजिकिएको थियो ।
क्षेप्यास्त्र परीक्षणबाट बहुलाएर मुर्मुरिएका संरा अमेरिकी साम्राज्यवादी, जापानी फासीवादी र दक्षिण कोरियाका शासकहरूले शान्तिको प्रस्ताव अघि सारेको हेर्नमात्र बाँकी थियो ।
आक्रमणको धम्की दिने ठूला एवं शक्तिशाली मुलुकहरू अनि शक्तिशाली मुलुकहरूको समक्ष आप्mनो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता जोगाउन आपूm भित्र एक मनको एकता, आत्मनिर्भर भएर आपूm शक्तिशाली र समृद्ध हुनसकेमा मात्र तिनीहरूले तर्साएर आत्मसमर्पण गराउन नसक्ने, सानो मुलुक भए पनि त्यसको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै अन्य ठूला र शक्तिशाली मुलुकहरूबीचको वार्ता र निर्णयबाट उक्त देशको विषयमा निर्णय गर्ने कार्यमा नलागी बाध्य भएर सानो वा ठूलो सम्बन्धित देशसँग प्रत्यक्ष शान्ति वार्तामा आउन तयार हुन्छ भन्ने कुरो प्रजग कोरियाले प्रमाणित गर्न चाहेको देखियो ।
ठूला र शक्तिशाली मुलक वा साना तर शक्तिशाली मुलुकहरूको इच्छाअनुसार नै स–साना र कमजोर मुलुकहरू वा ठूला तर कमजोर मुलुकहरूको भाग्य निर्धारण हुने र तिनीहरूको चाकडी चाप्लुसी गर्ने इतिहासदेखि चल्दै आएको हीनताबोध परम्पराविरुद्ध प्रजग कोरियाले आप्mनो सार्वभौमसत्ता र समाजवादी व्यवस्था जोगाउन संरा अमेरिकाको सैन्य आक्रमणको विरुद्ध सशक्त प्रत्याक्रमण गर्न वा कोरिया प्रायःद्वीपको समस्या कोरियालीहरूको समस्या भएकोले ठूला र शक्तिशाली मुलुकहरूसित गठबन्धन गरी प्रजग कोरियासँग संरा अमेरिका प्रत्यक्ष शान्ति वार्तामा नआएसम्म एकातिर निरन्तर आणविक हतियार तथा प्रविधिको विकास र अर्कोतिर समृद्धि प्राप्तिको लागि सङ्घर्ष गर्दै जाने, कोरियालीहरू आप्mनो समस्या आपैmले समाधान गर्न पूर्ण सक्षम, युद्धविराम सम्झौतामा हस्ताक्षर गर्ने आधिकारिक मुलुकहरू प्रजग कोरिया, चीन र संरा अमेरिका नै हुन् । चीनले धेरै पहिल्यै नै कोरियालीहरूको मामला कोरियालीहरू नै समाधान गर्न सक्षम छन् र यस विषयमा प्रजग कोरियासँगै प्रत्यक्ष शान्ति वार्ता गर्नुपर्ने भनी संरा अमेरिकालाई राय–सुझाव दिएको थियो भन्ने सन्देश प्रजग कोरिया पैmलाउन चाहेको देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *