जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
– रुपकराज खनाल
प्राध्यापक, ख्वप कलेज
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार अनि हत्या भएको झण्डै तीन महिना पुग्दा पनि यकिन तथ्य बाहिर नआउनु निकै लज्जास्पद छ । देशमा दुई–तिहाइको बलियो सरकार रहेको परिप्रेक्ष्यमा बलात्कारका दोषी उम्कने अवस्था आउनु ज्यादै नै चिन्ताको विषय हो ।
दुईतिहाइको सरकारले आफ्नो पञ्चवर्षीय कार्यकालका लागि ठूला ठूला योजनाहरू बनाएको छ । तर छ सात महिनाको अवधिमै शक्तिशाली भनिएको वामपन्थी सरकारको कामकारबाही फितलो देखिएको छ । घटनाक्रमहरूले सरकारभन्दा व्यापारीहरू, माफियाहरू र अपराधीहरू बलिया देखिएका छन् । हत्या, हिंसा बलात्कारका समाचारहरूले अखबारहरूका पानाहरू भरिएका छन् । चाडबाडको मुखमा बजारभाउ अनियन्त्रित हुँदै छ । यसप्रकार बलियो भनिएको सरकारबाट आम जनताले राखेका आशाहरूमाथि तुषारापात भएको छ ।
बिहानीले दिउँसोको सङ्केत गर्छ भनेझैं सरकारको छ सातमहिने गातिविधिले सरकारले अगाडि सारेको महत्वाकाङ्क्षी योजनाहरू सफल हुनेमा शङ्का उब्जाएको छ । सरकारले गरेको दूरगामी महत्वका निर्णयबाट आफै पछि हट्नु र ठूला व्यावसायीहरूअघि घँुडा टेक्नुले सरकारको “सुखी नेपाली समृद्ध नेपाल” नारामै सीमित हुने देखिएको छ । समृद्धिको ठूला ठूला सपना बाँडेर नथाक्ने वर्तमानको नेतृत्वले भविष्यका लागि महत्वाकाङ्क्षी योजनाहरू बुन्नु पहिले वर्तमानको समस्या समाधानप्रति गम्भीर भएर लाग्ने पो हो कि ?
Leave a Reply