जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
– ईश्वर खागी
लेखक सुरेशका कथाहरू २०७५ असोज २८ गते इको, नार्सिसस् र सेल्फी संस्कृति र २०७५ कार्तिक ३ गते दुई लघुकथा यस मजदुर दैनिकमा छापिएका थिए । इको, नार्सिसस् र सेल्फी संस्कृति भन्ने कथाले इकोको अर्थ र नार्सिसस्को अर्थ अनि आपैmमा मग्न हुने र आत्माश्लाघा (आफूले आफैलाई प्रशंसा गर्ने वा मपाइँमार्के) मा रुमल्लिनेहरू नार्सियाका रोगीहरू हुन् भनी प्रस्ट पारेका थिए । इकोलाई एक जनाले ठूलो स्वरमा चिच्याउँदा वा कराउँदा टाढा टाढा, भीरपाखा र पहराहरूबाट दोहरिएको आवाज वा त्यहीं शब्द आउने वा प्रतिध्वनी भनिएको भए अझ प्रस्ट हुने थियो । त्यस्तै कथाले सेल्फी संस्कृति अलगाव भन्ने माक्र्सले व्याख्या गर्नुभएको पँुजीवादसँग बहुत कलात्मक ढङ्गले जोडेको थियो । त्यसले सेल्फी संस्कृतिबाट अहिलेको जमानामा के कसरी माक्र्सवादी समाजवादको विरुद्ध पँुजीवादलाई सहयोग पुगेको छ भनी व्याख्या गरेको थियो ।
दुई लघुकथाको उपशीर्षक नाप–तौलमा साथीहरू यमले श्यामको स्वर धोद्रो भए पनि श्यामले गीत गाएको धेरै राम्रो भनी प्रशंसा गरेकोमा श्यामले आप्mनो सम्पन्नताप्रति व्यङ्ग भएको महसुस ग¥यो । अर्को उपशीर्षक तासले साथीहरू रमन र शिवको चरित्रलाई वर्णन गरेको थियो । माक्र्सवाद र अरु सिद्धान्तहरूको आदर्शको कुरा गरेर अरुलाई उपदेश दिने र अर्कोतिर जे नगर्नु भनेको छ त्यो आपूmले गरेको रमनजस्ता धोंगी वा दोहोरो चरित्रका क्रान्तिकारीहरूलाई उदाङ्गो पारेको थियो ।
यसरी, कथा, कहानी, कविता आदि साहित्यबाट माक्र्सवाद, पुँजीवाद, नार्सिसस्, सेल्फी संस्कृति, दोहोरो चरित्रका क्रान्तिकारीहरू आदि विषयमा छर्लङ्ग्याउनु लेखक सुरेशको विशेषता हो । हामी सर्वसाधारण पाठकहरूले लेखक सुरेशबाट साहित्यको माध्यमबाट माक्र्सवाद, लेनिनवाद र अन्य समाजवादी सिद्धान्त, समाजको चित्रण र त्यस खराबीलाई फेर्नेबारे आशा गर्छौं ।
Leave a Reply