विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भैरव रिसाल
केही वर्ष अघिसम्म बिलकुलै कल्पना नगरेको एउटा कुरो भो जीवनमा, हुम्लाको सिमकोटबाट काठमाडौंमा सुसूचित भएँ । लाग्यो, जुग कस्तो आयो । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट मित्र विजय लामाको टेलिफोन आयो, ‘‘सर ! हामी तपाईंको कुरा टेलिभिजनमा हेर्दै र सुन्दै छौँ ।’’ सञ्चारमा के युग आयो ! म मेरो ‘न्यूज २४ आवर’ टेलिभिजनमा ‘उहिलेको दसैं’ बारेमा छलफल गर्दै थिएँ । प्रदीपराज दाहालसँग उक्त टेलिभिजनबाट उहिले मेरो बाल्यकाल र किशोरावस्थाको दसैं कस्तो हुन्थ्यो भन्ने विषयमा रमाइलो छलफल गरेका थियौँ । त्यो हाम्रो संवाद आजका मान्छेको लागि आश्चर्यलाग्दो थियो । कुरो थियो आजभन्दा ७५–८५ वर्ष पुरानो । म ८–१५ वर्षको हुँदाको दसैं रोमाञ्चक हुन्थ्यो । त्यो उमेरको ममा घर र परिवारको केही दायित्व एवं जिम्मेवारी हुँदैनथ्यो । खायो, लायो, हिँड्यो, पिङ खेल्यो । बस् ! मामाघर जाने र दक्षिणा लिने ध्याउन्न हुन्थ्यो । मामाघरमा टीका लाउने ५ घर थिए । दक्षिणा पाँच पैसा बढीमा, दुई पैसा घटीमा हुन्थ्यो । पाँच घरको दक्षिणा जम्मा गर्दा १६ पैसादेखि २० पैसा हुन्थ्यो ।
पीरोको ओखती मह
‘न्यूज २४ आवर’ टीभीमा म यस्तै कुरा गर्दैथिएँ । ती कुरा हेर्दै र सुन्दै थिए विजय लामा सिमकोटबाट । विजयकी श्रीमती याङ्की लामा पनि आफ्ना बुढासँग टीभी हेर्दै रहिछन् । २०६९ वैशाखमा हामी बुढाबूढी हुम्लाका विद्यालयहरूलाई १२ थान कम्प्युटर सहयोग गर्न जाँदा होटल विजयमा खाना खान्थ्यौँ, मित्र जीवनबहादुर शाहीको कोठामा निजकै पलङमा घुस्मुन्टिन्थ्यौँ । जीवनजी जिल्ला भ्रमणमा हुनुहुन्थ्यो । उहाँकी गृहलक्ष्मी काठमाडौंमा नै हुनुहुन्थ्यो । त्यसैले जीवन जोडीको घरमा हाम्रो रजाइँ चलेको हो । जीवनजी घर आएर पनि विजयको होटलमा नै निर्वाह गर्नुभो ३ दिन । आफ्नो घर र कोठा हामीलाई नै छोडिदिनुभयो । यस्ता परममित्र जीवनमा नगण्यरूपमा मात्र पाइन्छन् । त्यो जोडीलाई हाम्रो जोडीको स्निग्ध एवं क्रान्तिकारी सलाम ! त्योभन्दा बढी सलाम विजय लामा र याङ्की लामा जोडीलाई । अँ ! एउटा कुरा झण्डै छुटेको । विजयकहाँ खाना खाँदा अचार चौपट्टै पीरो भो । ¥याल, सिङ्गान र आँसुले हैरान पा¥यो । तर याङ्कीले त्यो पीरो मार्न एक चम्चा हुम्लाको मह दिनुभो । खाएँ, पीरो चट ! पीरोको जहड ओखती रहेछ सक्कली मह । हुम्ला र याङ्कीले मलाई पढाएको शिक्षा !
गर्न खोजेको भए सक्थे
हाम्रो जोडी २०१७–१८ सालमा डोटी जाँदा – ५७ वर्ष अघि – काठमाडौंमा कुरा गर्नप¥यो भने एउटा मात्रै साधन थियो आकाशवाणी । हाम्रो बा गोवद्र्धन रिसाललाई हामीसँग कुरा गर्न भक्तपुरको दधिकोटबाट हिँडेर त्रिपुरेश्वरस्थित आकाशवाणी कार्यालय आउनुपथ्र्यो । तीन मिनेट कुरा गर्न पाइन्थ्यो । त्यसरी कुरा गर्दा न्वारनदेखिको बल झिक्नुपथ्र्यो । खर्च पनि निकै पो त लाग्थ्यो । २०४२–४६ सालतिर तीस–पैतीस वर्ष पहिले म इलामको जसीरे, पाँचथरको धप्परमा आईडीएसबाट सामाजिक वैज्ञानिकको रूपमा काम गर्दा भक्तपुरको दधिकोटमा परिवारसँग कुराकानी गर्नुप¥यो टेलिफोनमा भने इलाम बजार झर्नुपथ्र्यो, उता मेरो परिवार सबभन्दा नजिकको मध्यपुर थिमी सहर ओर्लनुपथ्र्यो । गएको ३१ असोज बेलुकी हुम्ला सिमकोटको आफ्नो कोठाबाट विजय लामाले काठमाडौं अनामनगरको हाम्रो कोठामा बसी बसी आरामसँग कुरो गर्नुभो र मेरो टीभीमा अन्तर्वार्ता आइरहेको सूचना दिनुभयो । सञ्चार क्षेत्रमा काम गर्ने म दङ्ग परेँ । तपार्इँ मान्नुहुन्छ मान्नुहुन्न त्यो थाहा छैन तर मेरो नब्बे वर्षको जिन्दगीमा यो ठूलो प्रगति र उपलब्धि हो भन्छु । ६–७ दशकका नानाथरिका सरकारहरूले साँचै गर्न खोजेको भए राष्ट्रका धेरै फाँटमा यस्तै काम गर्न सक्थे तर गर्न खोजेनन् । आफू बने, देश बनाएनन् त !
सिमकोटमा पसलै थिएन
२०२८ साल जेठमा म जुम्ला–हुम्ला घुम्न जाँदा यी सुविधा थिएनन् त्यता । सूचनाको भरपर्दो माध्यम भनेको चिठी हो, हाते चिठी वा हुलाकबाट आउने चिठी । कर्णाली अञ्चलमा छाना छाउने चलन छैन । माटोको छाना छाइन्छ भन्ने सुनेँ । मलाई कस्ता होलान् माटाका छाना भएका घर ! भन्ने लाग्यो र हेर्न मन चह चह भयो । म राससमा काम गर्थेँ तर राससबाट मरिगए मिलेन त्यता जान । तब बिदा लिएर गएँ त्यता । जाँदाको टिकट दुर्गम क्षेत्र विकास समितिका डोरबहादुर विष्टजीले किनिदिनुभयो । पिलास्पोर्टर काठमाडौं–जुम्ला सिधै जान्थ्यो । त्यहाँबाट हुम्ला हिडेँ । पीनामा पहिलो बास, रूधामा दोस्रो, रिमीमा तेस्रो, राद्यौफूचामा चौथो बास बस्तै पाँच बास बस्न हुम्लाको सिमकोटमा पुगेँ । साथी नाराप्रसाद घिमिरे प्रमुख जिल्ला अधिकारी थिए । उनकैमा बसेँ । भोलिपल्ट सिमकोट सबै घुमी भ्याएँ । जिल्ला सदरमुकाम त्यहाँ २०२८ सालमा एउटा पसल पनि थिएन । अब अवस्था कस्तो होला तपाईँ आफैं अनुमान गर्नोस् । पर्सिपल्ट फर्कँदा कल्नास आइपुगेँ, दोस्रो बास रिमी, तेस्रो बास गमगढी, चौथो दिन रारा गई गमगढी नै फर्केँ । पाँचौ बास जुम्ला खलङ्गा घाम छँदै । यसरी भो कर्णाली अञ्चल यात्रा ।
विकास हेर्न पहाड जानुपर्ने
एक दिन कमलमणि दिक्षित उत्साहसाथ भन्दै हुनुहुन्थ्यो नेपालमा प्रगति भएन भन्नेहरूलाई नेपालका पहाड घुम्न पठाउनुपर्दो रहेछ । उहाँ आफ्नै मोटरमा ते¥हथुमको ‘सङ्क्रान्ति डाँडा’ जानु भएछ ६५ वर्षपछि २०७० सालमा । कान्छो छोरा कनक दिक्षितले ‘सङ्क्रान्ति डाँडा’ पु¥याएका रहेछन् । कमल दिक्षित ६० वर्षअघि २०१५ सालमा रानी जगदम्बाका तर्फबाट ‘सङ्क्रान्ति डाँडा’ खानेपानी, स्वास्थ्य केन्द्र, पुस्तकालय आदि सामाजिक विकासका पूर्वाधारहरूको स्थापना एवं निर्माणका कोशेली लिएर गएका रहेछन् रानी जगदम्बाको दान लिएर । सङ्क्रान्ति डाँडाका भानुभक्त सिटौलाले के–कसरी हो जगदम्बालाई रिझाएका रहेछन् जसका कारण सिटौलाको गाउँ उक्त डाँडामा माथि लेखिएका कुरा भए । त्यतिबेला कमल दिक्षित कति जना भरिया, भान्छेसमेत लिएर, कति दिन लगाएर गएका हुन् ? त्यो विवरण मसँग छैन अहिले । विराटनगर, धरान भई तमोर नदीको गढतिर, अनि कतिवटा उकाला र कतिवटा ओराला पार गरेर त्यहाँ पुगेका होलान् कमल बाबु । दरबारिया भइसकेका थिए होलान् त्यति बेला उनी । स्लिपिङ ब्याग आइसकेको थियो, थिएन । नत्र ओड्ने, ओछ्याउने र तकियाको गुण्टा लानुपथ्र्यो त्यतिबेला । कति कष्ट थियो यात्रा गर्न । कमलजीको त्यो यात्रा वर्णन पाएको भए त्यो दस्तावेज कति मूल्यवान् हुन्थ्यो !
विकास भो, भएन पुस्ताको आँखामा
अब पछिल्लोपल्ट कमलमणि दिक्षित छोरो कनकसँग मोटरमा ते¥हथुम ‘सङ्क्रान्ति डाँडा’ गए पहाडको बाटोमा धूलो उडाउँदै । जरूरी सामान, ओड्ने, ओछ्याउनेलगायत सबै आफ्नै मोटरमा हाले । भरिया त्यही मोटर भयो । पहिलेको तुलनामा थोरै दिनमा काठमाडौं–सङ्क्रान्ति डाँडा यात्रा पूर्ण भो । पहिले पैदल हिँड्दाको दुःख–कष्ट र अहिले मोटर यात्राको सुखद क्षणको तुलना गर्दै उनले सिरानका कुरा उल्लेख गरेका हुन् । आजको पुस्ता, अझ भनौँ दश–बीस वर्षको मान्छे ‘विकास हेर्न पहाड जानु पर्दोरहेछ’ भन्ने कमल दिक्षितको उद्गार पत्याउन बिलकुलै तयार हुँदैन । किनभने त्यो नयाँ पुस्ता पैदल पहाडको बाटो हिँडेकै छैन । तसर्थ नयाँ पुस्ता, स्लिपिङ ब्यागवाला पुस्ता पहाडको विकास, तराईको विकास र लेकाली क्षेत्रको विकास आत्मसात् गर्न किमार्थ तयार हुँदैन । धरानबाट नुनको भारी बोकेर तमोर नदीको, अरूण नदीको गढतिर ते¥हथुम, पाँचथर, ताप्लेजुङ नहिँडेको पुस्ता कमल दिक्षितको कुरा पत्याउँदैन । उनकै छोरा कनकले पनि पछि पहाडतिर पैदल यात्रा नगरेको भए पत्याउँदैनथे होला । कुन्द दिक्षितसँग म हुम्लाको एउटा गाउँ गएको छु । विकास भएको नभएको परिभाषा पुस्ताको फरकमा भर पर्ने रहेछ ।
उज्यालोको भोक जाग्यो
हुम्लाका विजय लामा र याङकी लामाले मेरो दिमागमा विकासको एउटा नयाँ बिरूवा रोपे गएको ३१ गते । म ठान्थेँ काठमाडौंले हुम्लामा खबर पु¥याउँछ तर त्यो मेरो ठनाइ पूर्ण सत्य वा सर्वांश सत्य होइन रहेछ । म सानो छँदा दसैंका लागि कुटेको च्यूरा फुलपातीको लहरे बढाइँ गरेपछि मात्र खान दिनुहुन्थ्यो आमाले । नौरथाभर हामी केटाकेटी च्यूरा होइन च्यूराको बास्ना खान्थ्यौँ । कुटेर ल्याएको तर ननिफनेको च्यूरा भँडारकोठामा घ्याम्पामा राखिएको हुन्थ्यो । हामीले चोरेर खान्छौँ भनी निफनेको हुँदैनथ्यो । मन त्यही च्यूरासँग टाँसिएको हुन्थ्यो तर खान नपाइने । त्यस्तै अनुभव सुनाएको थिएँ ‘न्यूज ट्वान्टीफो आवर’ लाई । विजय दम्पतीले त्यो हेर्दै फोन गरेका थिए मलाई । उनीहरूमा आएको चेतना देखेर म अरू चकित परेँ । हुम्ला जिल्लासँग मेरो के तारतम्य मिल्यो मलाई हुम्ला पस्न मन भो । तत्कालीन जिल्ला विकास समितिका सभापति जीवनबहादुर शाहीसँग हुम्लामा सँगसँगै चल्न मन लाग्यो र ‘हुम्लामा उज्यालो’ भन्ने अभियान चलायौँ । ‘अन्यत्र उज्यालोमा बस्नेले’ ‘हुम्लामा अँध्यारोमा बसेकाहरूलाई चारहजार रूपैयाँ दिएर उज्यालो दिऊँ’ भन्ने एउटा बहुला योजनाले हुम्लाका ५५० घरमा उज्यालो पु¥यायो । उक्त सोलार योजना कति टिक्यो । त्यो त्यति महत्वपूर्ण भएन । दिगो कुरो त्यहाँ उज्यालोको भोक जगायो ।
गरे पो हुन्छ नगरे के हुन्छ र ?
माथि अरू सन्दर्भ सामग्रीका गन्थन जति गरेपनि आजको मेरो प्रसङ्ग हुम्लाले काठमाडौंलाई सूचना दियो भन्ने हो, निमित्त भए विजय लामा दम्पती । २०५६ सालतिर अर्थात् १९ वर्षअघि हुम्लामा काठमाडौंसँग कुरा गर्ने टेलिफोन एउटा थियो । अर्को एउटा लाइन सांसदले कब्जामा पार्न आँटेको थियो । दूरसञ्चार प्राधिकरणका तत्कालीन महाप्रबन्धक चेतप्रसाद भट्टराईलाई सिमकोटको टेलिफोनको अवस्था अवगत गराएपछि त्यो एक लाइन जनताका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा राख्ने व्यवस्था गरिदिए । भट्टराईले जनताको पक्षमा उल्लेख्य काम गरे त्यो । एक लाइन अर्को टेलिफोन जनतालाई प्राप्त हुँदा सय प्रतिशत सेवा बढेको अनुभव भएछ । त्यो सिमकोट आज काठमाडौंलाई सूचित गर्ने रूपमा विकास भएको अनुभव गर्दा ‘गरे के नहुने रहेछ र !’ भन्न मन लाग्छ । यो सरकार पनि विगतका सरकारहरूजस्तै भन्न धेरै भन्ने गर्न सारै थोरै गर्ने अथवा गर्दै नगर्ने रूपमा पो देखा पर्न लाग्यो ! देख्न वा गणितीय हिसाबले यो सरकार यति बलियो छ कि प्रतिपक्षीले हल्लाउन सक्दैन । तर काम भने गर्दैन । गरे पो हुन्छ नगरे, के हुन्छ र ?
३ कार्तिक, २०७५
Leave a Reply