भर्खरै :

क्युवा–संरा अमेरिका सम्बन्ध

धिरेन्द्रमान बिजुक्छें
संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवामाथि झण्डै ६ दशकदेखि निरन्तर थोपिएको संरा अमेरिकी नाकाबन्दीको अन्त्यको लागि २०१८ अक्टोबर ३१ तारिखको दिन अबाध्यकारी प्रस्तावमा २७ औं पटक मतदान हुन गइरहेको छ । उक्त २७ औं पटक मतदान हुन दुई साता अघिबाटै संरा अमेरिकाले बढाइरहेको निर्मम व्यवहारप्रति क्युवा सरकारले भत्र्सना गरेको छ । क्युवामाथिको नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रले धेरै वर्षदेखि लगातार विरोध जनाउँदै आएको भए पनि संरा अमेरिकाले नाकाबन्दीलाई एकपक्षीयरूपमा निरन्तरता दिंदै आएको छ । सन् २०१७ मा पनि संरा अमेरिका र इजरायलबाहेक अरु १ सय ९१ मुलुकले नाकाबन्दीविरुद्ध क्युवाको समर्थनमा मत दिएका थिए । सन् २०१७ अप्रिलदेखि २०१८ मार्च महिनासम्ममा नाकाबन्दीको कारणले ४.३ विलियन संरा अमेरिकी डलर घाटा क्युवाले व्यहोर्नुप¥यो । संरा अमेरिकाको एकपक्षीय नाकाबन्दीको कारण क्युवाले वार्षिक अर्बौं डलर गुमाउनु परेको क्युवाली विदेश मन्त्रालयअन्तर्गत संरा अमेरिका डेस्कका निर्देशक कार्लोस फर्नाण्डेज डी कास्सिओले बताए । गएको दुई महिनादेखि वाशिङ्टनले द्विपक्षीय तनाव बढाउन क्युवाविरुद्ध निर्मम प्रचारबाजी बढाइरहेको छ । निर्देशक कास्सिओका अनुसार वाशिङ्टनले जुनसुकै बहानामा पनि क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिन खोजिरहेको छ ।
सन् २०१७ मा ट्रम्पले क्युवामाथि संरा अमेरिकी नाकाबन्दीलाई झन् कडा बनाउने राष्ट्रपतिको आदेशपत्रमा हस्ताक्षर गरेका थिए । उक्त आदेशपत्रले संरा अमेरिकाको कुनै पनि कम्पनीलाई क्युवाको सेनासँग जोडिन रोक लगाएको छ ।
सन् २०१६ को अन्त्यतिर क्युवाको राजधानी हवानास्थित संरा अमेरिका र क्यानाडाका दूतावासमा कार्यरत कूटनीतिक कर्मचारीहरू अज्ञात रोगबाट बिरामी भएको समाचार सार्वजनिक भएपछि त्यसको लागि संरा अमेरिकाले क्युवालाई दोषारोपण गर्दै आएको छ । त्यस घटना सम्बन्धमा पछि भएको अनुसन्धानले कूटनीतिक कर्मचारीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी कुनै हमला नभएको दुवै देशका प्रतिनिधि सम्मिलित टोलीले प्रतिवेदन बुझाएको थियो ।
२०७३ साउन १९ गते विभिन्न पत्रपत्रिकाहरूमा ‘अमेरिका–क्युवा वार्ता कठिन मोड’ मा भन्ने शीर्षकमा क्युवाली वार्ता टोलीका नेता उप–विदेशमन्त्री अबेलार्दो मोरेलोले संरा अमेरिकाको नाकाबन्दीको कारण क्युवाले तीन खर्ब अमेरिकी डलर बराबरको नोक्सान व्यहोर्नुपरेको कुरा अघि सार्दै क्षतिपूर्तिको माग गरेका थिए । त्यसको प्रतिउत्तरमा अमेरिकाले क्युवामा अमेरिकी सम्पत्तिको राष्ट्रियकरण गर्दा १० अर्ब अमेरिकी डलर नोक्सान भएको भन्दै त्यसको सोधभर्ना दिन माग गरेको थियो ।
यसबारे क्युवा–संरा अमेरिकाबीच करिब साढे ३ वर्षभन्दा बढी समयदेखि विकसित भइरहेको कूटनैतिक सम्बन्धको इतिहास केलाउनु उचित देखिन्छ ।
२०७१ पुस १ गते तद्नुसार सन् २०१४ डिसेम्बर १७ को दिन आतङ्कवादविरोधी ३ जना क्युवाली वीरहरू एन्टोनियो ग्युरेरो, रामोन लावानिनो सालाजार र फर्नान्डो गोन्जालेज रिहा भएको खबरले संसारभरि विशेष उत्साह सञ्चार ग¥यो । विशेषगरी, विश्वभरिका साम्राज्यवादविरोधी प्रगतिशील र कम्युनिष्टहरूमा खुशीयाली छाएको थियो । आतङ्कवादविरोधी दुई जना क्युवाली वीरहरू रेने गोन्जालेज र फर्नान्डेजलाई सन् २०११ तिर मुक्त गरेका थिए । वास्तवमा, ती पाँच आतङ्कवादविरोधी वीर क्युवालीहरूले क्युवाको मात्र प्रतिनिधित्व नगरी सिङ्गो ल्याटिन अमेरिका, अफ्रिकालगायत सम्पूर्ण उत्पीडित विश्वको नै प्रतिनिधित्व गर्दछन् । ती पाँच आतङ्कवादविरोधी वीर क्युवालीहरू परिवर्तित विश्व परिस्थितिमा मानव अधिकारको पक्षमा आतङ्कवादको विपक्षमा उभिएका थिए ।
पाँच जना आतङ्कवादविरोधी क्युवाली वीरहरूको रिहाइपछि क्युवा–संरा अमेरिका सम्बन्ध विस्तारमा नयाँ अध्याय सुरु भएको थियो । २०७१ साउन महिनामा साढे पाँच दशकपछि क्युवा–संरा अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापनाको घोषणा भयो ।
त्यसपश्चात् क्युवाविरुद्धको ५५ वर्ष लामो अमानवीय नाकाबन्दी हटाइने र ग्वान्टानामो टापुबाट संरा अमेरिकी जेलखाना हटाएर उक्त टापु क्युवालाई नै फर्काइने तथा क्युवाले आर्थिक क्षेत्रमा द्रुत विकास गर्ने भनी विभिन्न पत्रपत्रिकामा लेख–रचनाहरू प्रकाशित भएका थिए । त्यसैगरी, ‘‘लामो समय संरा अमेरिकी साम्राज्यवाद र त्यसको नाकाबन्दीविरुद्ध सङ्घर्ष गरेर अहिले संरा अमेरिकासँग कूटनैतिक सम्बन्ध जोडेर फिडेल क्याष्ट्रोहरू इतिहासको गर्भमा त्यतिकै बिलाउने भए’’ भनेर पनि केही समाचार सम्प्रेषण भएका थिए । कतिले त राउल क्याष्ट्रो सन् २०१८ मा राष्ट्रपति पदबाट हटेपछि क्युवा अब बिस्तारै खुलापनमा गई पुँजीवादमा जांदैछ पनि भने । यहाँ बुझ्नुपर्ने कुरा के देखिन्छ भने यी सब कूटनीति र शक्ति सन्तुलनका खेल हुन् । कूटनीतिक खेलमा सक्नेले सक्नेलाई हराउँछ वा बराबरी हुन्छ । स्वास्थ्य, औषधी, व्यापार, यातायात, पर्यटन आदि केही पक्षहरूमा नाकाबन्दी हटाइयो । अझ धेरै कुराहरूमा नाकाबन्दी हटाउन बाँकी नै छन् । क्युवामाथिको नाकाबन्दी पूर्णरूपले तत्कालै हट्ने छैन । कुनै पनि बेला क्युवा–संरा अमेरिका सम्बन्ध सुधार्ने घोषणा टुट्न र नाकाबन्दी हटाउने कुरा बीचैमा तुहिन पनि सक्छ ।
संयुक्त राष्ट्र सङ्घमा क्युवामाथि वर्षौं वर्षदेखिको संरा अमेरिकी मानवताविरोधी क्रुर नाकाबन्दीलाई लिएर पटक–पटक भएको चुनावमा नाकाबन्दीको विरोधमा अत्यधिक मत खस्ने गर्दै आएको छ । यसबाट संरा अमेरिकाले अन्तर्राष्ट्रियरूपमा ठूलो नैतिक दबाब झेल्नुपरिरहेको छ । विशेषगरी, अफ्रिका महादेशका मुलुकहरूमा इबोला रोगले आतङ्क फैलाइरहेको बेला क्युवाले पनि धेरै डाक्टरहरू त्यसतर्फ पठाएको थियो । ती डाक्टरहरूले निकै नै स¥हानीय ढङ्गले बिरामीहरूको सेवा र औषधि उपचार गरे । क्युवाली डाक्टरहरूमा चिकित्सा ज्ञान र सीपका साथै मानवीय भावना निकैमाथि भएको अफ्रिकी जनताले अनुभव गरे । तर, ती इबोला रोगले आक्रान्त देशहरूमा इबोला रोक्ने भनेर संरा अमेरिकाले सेना पठायो । सेना पठाएको बारे संरा अमेरिकाभित्रै ठूलो आलोचना भयो । ‘‘सानो देश भएर पनि क्युवाले धेरै सङ्ख्यामा डाक्टरहरू पठायो । सेना पठाएर पनि कहिल्यै इबोला रोग रोकिन्छ र ?’’ भन्ने टिकाटिप्पणी भएका थिए । इबोला रोगले ग्रस्त बिरामीहरूको उपचारमा रातदिन खटिरहँदा एकजना क्युवाली डाक्टरको मृत्युसमेत भएको थियो । युरोपका कतिपय डाक्टरहरू ज्यानको खतरा मोलेर ती देशहरूमा जान तयार थिएनन् । यस्तो बेला क्युवाली डाक्टरहरू ज्यानको कुनै पर्वाह नगरी साहसपूर्वक त्यसतर्फ जानाले पनि अन्तर्राष्ट्रियरूपमा क्युवाको छवि धेरै उच्च भएको थियो ।
एउटा बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले फिडेल क्याष्ट्रोको नेतृत्वमा क्युवा स्वतन्त्र भएपछि संरा अमेरिकाले क्युवामा कार्यरत भएभरका डाक्टहरू संरा अमेरिकामा फिर्ता लगेको कुरो स्मरण गराउनुहुँदै त्यसबाट सिकेको तीतो अनुभवबाट क्युवाको समाजवादी सरकारले आफै डाक्टरहरू तयार गरेको थियो । त्यसयता क्युवाले पनि स्वास्थ्य उपचारमा विशेष ध्यान दिंदै आएको छ । परिणामस्वरूप आज क्युवामा उच्च मानवीय भावना र आप्mनो पेशामा अब्बल डाक्टरहरू यथेष्ट छन् । स्वास्थ्य उपचारको क्षेत्रमा विश्वमै उत्कृष्ट भएको चर्चा हुने गरेको छ ।
दक्षिण अमेरिकी महादेश क्युवा र संरा अमेरिकाको पक्षमा विभाजित छ । दक्षिण अमेरिकाका शोषित–पीडित बहुमत जनता क्युवाको पक्षमा छन् र मुठ्ठीभर प्रतिक्रियावादी शोषक वर्ग संरा अमेरिकाको पक्षमा छन् ।
सन् २००१ देखि नै कम्युनिष्टहरूको समर्थन प्राप्त साम्राज्यवादविरोधी वामपन्थीहरू चुनावको माध्यमबाट दक्षिण अमेरिकाका विभिन्न मुलुकहरूमा सत्ता सम्हाल्न पुगे । ती देशहरूका सरकारले क्युवासँग मिलेर विभिन्न अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरू स्थापना गरे र समाजवादउन्मुख विभिन्न कार्यहरू क्रमशः सुरु गरे । आज पनि त्यो चालु नै छ । ती देशहरूका यस्ता गतिविधिबाट आर्थिक, राजनैतिक, रणनीतिकरूपले संरा अमेरिकालाई धेरै घाटा पुग्यो । युक्रेनको सङ्कटमा क्युवा र दक्षिण अमेरिकालाई रुसको पक्षमा अडान लिन नलगाउन वा रुसतर्फ ढल्किन नदिन संरा अमेरिकाले क्युवासँग कूटनैतिक सम्बन्ध सुधार्ने र नाकाबन्दी हटाउन पहल गरेको हुनसक्ने विश्लेषण पनि भएका थिए ।
यी र यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणबाट संरा अमेरिकालाई क्युवासँग सम्बन्ध सुधार्न र नाकाबन्दी हटाउने कार्यमा पहल गर्न अत्यधिक दबाब पर्न गएको थियो । संरा अमेरिकाले क्युवामा पुँजीवाद फर्काउन सबथोक गर्छ नै । त्यसैगरी, क्युवाले पनि पुँजीवादभन्दा समाजवाद श्रेष्ठ भएको यथार्थको प्रचार–प्रसार गर्ने अवसरलाई संरा अमेरिकामा भरपुर उपयोग गर्छ नै । यो कुरा दुवै देशलाई राम्रै थाहा नहुने कुरै भएन ।
यसैबीच, सन् २०१५ को जुलाई महिनामा एक समारोहबीच वासिङ्गटनमा क्युवाका विदेशमन्त्री रोड्रिगेजको उपस्थितिमा नयाँ राजदूतावासमा क्युवाको झण्डोत्तोलन गरियो । त्यस समारोहमा विदेशमन्त्री रोड्रिगेजले भने,‘‘अमेरिकाले आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी हटाउँदै अधिनस्त ग्वान्टानामो क्षेत्र फिर्ता गरेर क्युवाको सार्वभौमसत्तालाई सम्मान गरेमा मात्रै हामीले प्रत्यक्ष हेरिरहेको यो ऐतिहासिक दिनले महत्व राख्नेछ ।’’ त्यसको ३० दिनपछि २०७२ साल साउन २९ गते तद्अनुसार सन् २०१५ अगष्ट १४ को दिन हवानामा अमेरिकी विदेशमन्त्री जोन केरीको उपस्थितिमा विशेष समारोहबीच अमेरिकी राजदूतावासमा संरा अमेरिकाको झण्डा फहराइयो ।
सन् २०१४ डिसेम्बर १७ तारिखमा क्युवाली राष्ट्रपति राउल क्याष्ट्रोले आफ्नो ऐतिहासिक सम्बोधनमा भन्नुभयो, ‘‘क्युवा र संरा अमेरिकाबीचको कूटनैतिक सम्बन्ध पुनःस्थापनामा सबभन्दा ठूलो तगारो भनेको क्युवामाथिको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी हो, जुन अझै हटाइएको छैन ।’’
नेपालमा नेमकिपाले युगोस्लाभिया, इराक, लिविया, सिरिया आदि मुलुकमाथि संरा अमेरिकी साम्राज्यवाद नेतृत्वको नाटोले गरेका आक्रमणविरुद्ध विभिन्न विरोध प्रदर्शन र अन्य गतिविधिहरू गर्दैआएको छ । त्यसबेला एमाले, माओवादीजस्ता नाममात्रका कम्युनिष्ट पार्टीहरू चुँ समेत बोलेनन् । अन्य वामपन्थीहरूले पनि साम्राज्यवादीहरूको आक्रमणको विरोध गरिएको देखिएन । संरा अमेरिकाविरुद्ध प्रजग कोरियाको अडानलाई नेमकिपाले समर्थन गर्दै आएको छ । यो हिसाबले नेमकिपा सर्वहारा अन्तर्राष्ट्रवादी हो । यही सिलसिलामा आतङ्कवादविरोधी पाँच वीर क्युवालीहरूको रिहाइको लागि नेमकिपाले खेलेको सर्वहारा अन्तर्राष्ट्रवादी भूमिका र क्युवाप्रति देखाएको ऐक्यबद्धता निकै नै स¥हानीय छ ।
२०७१ कार्तिक ८ र ९ गते वारिसाल माधवमासा, बङ्गलादेशमा भएको दोस्रो अन्तर्राष्ट्रिय महादेशीय ऐक्यबद्धता अभियान सम्मेलन तथा दोस्रो अन्तर्राष्ट्रिय सोन्गुन सम्मेलनमा प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्नुहुँदै नेमकिपाका केन्द्रीय अध्यक्ष एवं नेपाल कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता नारायणमान बिजुक्छें (रोहित) ले भन्नुभएको थियो – ‘‘कामरेड फिडेल क्याष्ट्रोले प्रज्वलन गर्नुभएको साम्राज्यवादविरोधी र समाजवादको विलक्षण ज्योति दिनानुदिन अझ उज्यालो बन्दैछ । यो ज्योतिको उज्यालो आज क्यारिबियाली देशहरू, दक्षिण अमेरिका र अफ्रिकाका विभिन्न देशहरूमा मात्र नभई भियतनाम र एसियाका विभिन्न देशमा पनि पुगेको छ ।’’
संरा अमेरिकी साम्राज्यवादले एकातिर शब्दमा आतङ्कवादको भत्र्सना गर्दै मानवअधिकारको बखान गर्नु र अर्कोतिर व्यवहारमा खुलमखुला आतङ्कवाद र आतङ्कवादी समूहसँग कुम जोड्दै हिंड्नु विरोधासभाषपूर्ण छ । संरा अमेरिका आफै भने आतङ्कवादी गतिविधिमा संलग्न छ । इराक, अफगानिस्तान, लिविया र सिरियामाथिको युद्ध र क्युवा एवं प्रजग कोरियामाथि संरा अमेरिकी विस्तृत आर्थिकलगायत अन्य नाकाबन्दीलाई जसै गरेपनि न्यायपूर्ण मान्न सकिंदैन । ‘‘पाँच क्युवाली योद्धाहरूका क्रियाकलाप आतङ्कवादविरोधी र देशभक्तिपूर्ण भएको निर्विवाद सत्य हो । तसर्थ संरा अमेरिकाले पाँच योद्धाहरूलाई अन्यायपूर्वक कैद गरी दुव्र्यवहार गर्नु र उनीहरूलाई शारीरिक तथा मानसिक यातना दिनु पूर्णरूपमा मानव अधिकार उल्लङ्घन हो ।… नेपाली जनता र युवाहरूको तर्फबाट म पाँच क्युवाली योद्धाहरू जोरार्डो हर्नान्डेज, रामोन लावानिनो, एन्टोनियो गुरेरो, फर्नान्डो गोन्जालेज र रेने गोन्जालेजका न्यायपूर्ण विचार र सङ्घर्षप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु । …नेपाली युवाहरू क्युवाली क्रान्तिका आदि नायकहरू फिडेल क्याष्ट्रो, चे ग्वेभारा र राष्ट्रपति राउल क्याष्ट्रोका नामबाट प्रभावित र प्रेरित छन् । यी नायकहरूका लेख–रचना, मन्तव्य र गतिविधिले हाम्रा युवकहरूलाई शिक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । समाजवाद नयाँ आदर्श समाज हो जहाँ चेजस्ता नयाँ मानवको आवश्यकता पर्दछ । आज चे र उहाँका विचारमाथि विश्वका अधिकांश भूभागमा विचार विमर्श भइरहेका छन् ।… अन्त्यमा म विश्वका विभिन्न भागका मित्र र कामरेडहरूलाई वीर क्युवाली योद्धाहरूलाई फिर्ता गर्न र विगत ५५ वर्षदेखि क्युवामाथि लगाइएको क्रुर नाकाबन्दी अन्त्य गराउने सङ्घर्षमा हातमा हात मिलाई अघि बढ्न आह्वान गर्दछु ।’’(बिजुक्छेंले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त मन्तव्यबाट)
२०७२ मा क्युवाली राष्ट्रपति राउल क्याष्ट्रोले क्युवा र संरा अमेरिकाबीचको सम्बन्ध अलिकति पनि अघि नबढेको प्रस्ट पार्नुभयो ।
त्यसबेलासम्म संरा अमेरिकाले स्वघोषित आतङ्कवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट क्युवालाई हटाएको थियो र वासिङ्टनस्थित क्युवाली कूटनीतिक मिसनलाई बैङ्किङ सेवाको फरक–फरक तीन चरणमा ओबामा प्रशासनले क्युवा भ्रमण गर्न र व्यापार गर्न लगाइएका प्रतिबन्धहरू खुकुलो पारेको थियो । तर, यी सबै कार्य राष्ट्रपति बाराक ओबामाको कार्यकारिणी आदेशले मात्र भएका थिए । केही यस्ता परिवर्तनहरू हुँदाहुँदै पनि प्रभावशाली सांसदहरूको एउटा गुट क्युवामाथि अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाएर क्युवालाई अर्थतन्त्रमा उठ्नै नदिने पक्षमा थिए ।
२०७२ मा राउल क्याष्ट्रोले फ्रान्सको औपचारिक भ्रमण गर्नुभयो । यो भ्रमण क्युवाली राष्ट्रपतिद्वारा फ्रान्समा गरिएको पहिलो राजकीय भ्रमण थियो । त्यस भ्रमणको सिलसिलामा ती दुई राष्ट्रपतिले अर्थतन्त्र, पर्यटन, व्यापार, रेलमार्ग र विकास सहायतालगायतका विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो । सन् २०१५ डिसेम्बरमा साम्राज्यवादी ऋणदाता देशहरूको ‘पेरिस क्लब’ सँग क्युवाको सम्झौता भई त्यसैको सिलसिलामा यो भ्रमण भएको थियो । त्यस सम्झौताअनुुसार, क्युवाले गत १८ वर्षको अवधिको ऋणमध्ये २.६ अर्ब अमेरिकी डलर सन् २०१६ मा तिर्नु पर्ने भयो  । सन् १९८६ देखि क्युवाले ऋण तिर्न बन्द गरेदेखि हालसम्म ऋणको व्याजमात्र ८.५ अमेरिकी डलर पुगेको थियो ।
यसैबीच, पाँच क्युवालीमध्ये एक जेरार्डो हर्नान्डेज आप्mनी आमाको जन्मस्थल क्यानरी आइल्याण्डको भ्रमण गर्न स्पेन पुगे । भ्रमणको सिलसिलामा स्पेनको दैनिक पत्रिका ‘एल पेइस’ लाई जुन १८ को दिन एउटा अन्तरवार्तामा उनले भने, ‘‘हामी सचेत रहनुपर्ने धेरै कारण छन् । संरा अमेरिकाले हाम्रो देशलाई सधैं आप्mनो आँगनको रूपमा लिन्छ र अहिले सम्बन्ध सामान्यीकरण गर्न खोज्नुमा पनि विगत आधा शताब्दीमा अरु माध्यमले पूरा गर्न नसकेको ठूलो स्वार्थ पूरा गर्ने आभास देखिएको छ । अमेरिकी संसद सदस्यहरू र संरा अमेरिकी प्रशासन स्वयम्ले पनि क्युवालाई लिएर आप्mनो पूर्ववत् उद्देश्य त्यागेको छैन । तिनीहरूको लक्ष्य भनेको सधैं नै क्रान्तिलाई ध्वस्त गर्नु रहेको छ । अहिले तिनीहरूले भालुको अङ्गालोमा सक्ने जति सबै बिगार्न खोजिरहेका छन् ।’’
‘प्रजातन्त्र सहयोग र क्युवामा अन्तर्राष्ट्रिय प्रशारण’ को निम्ति दिइँदै आएको कोषमा आर्थिक वर्ष सन् २०१६ मा संरा अमेरिकाले उल्लेख्य वृद्धि ग¥यो र क्युवाली सैनिक र क्युवाली कम्युनिष्ट पार्टीका सदस्यहरूलाई प्रवेशाज्ञा दिन निषेध गर्ने निर्देशनलाई नवीकरण ग¥यो ।
क्युवाका राजनीतिक बन्दीहरू र तिनीहरूका परिवारलाई सहायता उपलब्ध गराउने मानवीय सहायता र राजनीतिकरूपमा सिमान्तकृत व्यक्तिहरू र समूहहरूलाई सहायता उपलब्ध गराउन संरा अमेरिकाले तीन वर्षसम्म ६० लाख डलर हरेक वर्ष उपलब्ध गराउने घोषणा ग¥यो । उक्त रकम २ लाखदेखि ५ लाख डलरसम्म हुने थाहा भएको थियो । (श्रमिक साप्ताहिक, ११ फागुन २०७२ मङ्गलबार– २३ फेब्रुअरी २०१६)
२०७२ चैत्र ८ र ९ गते तद्नुसार सन् २०१६ मार्च २१ र २२ मा संरा अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युवाको ऐतिहासिक भ्रमण गरे । एलिसिया अलोत्सो ग्राण्ड थियटरमा आप्mनो सम्बोधनको सिलसिलामा उनले भने, ‘‘आज क्युवा आफै सार्वभौमसत्ता सम्पन्न छ । यस देशका जनता स्वाधीन, स्वतन्त्र, समृद्ध र शान्तिप्रिय छन् र स्वशासनको फाइदा उपभोग गरिरहेका छन् । …मलाई इतिहास थाहा छ तर म त्यसको बन्धनमा बाँधिन अस्वीकार गर्छु ।’’ ‘‘विगतलाई पछाडि छाडिदिऔँ र भविष्यतिर हेरौँ ।…संरा अमेरिकाले क्युवासित शत्रुता चाहेको थिएन वा यहाँको राजनीतिक र आर्थिक प्रणाली बदल्न चाहेको थिएन ।’’ उनले जोसे मार्टीको प्रख्यात कविता ‘मसित सेतो गुलाफको थुङ्गा छ’ भन्दै क्युबाली जनतालाई शान्तिको अभिवादन व्यक्त गरे । यसैगरी, उनले हवानाबाट अमेरिकी कंग्रेस (संसद) लाई क्युवामाथिको नाकाबन्दी अन्त्य गर्न आह्वान गर्दै क्युवाली जनतामाथिको नाकाबन्दी म्याद नाघेको बताए ।
त्यहाँ भेला भएका नागरिक समाजका विभिन्न क्षेत्रका एक हजारभन्दा बढी प्रतिनिधिहरूले राष्ट्रपति ओबामाको अभिव्यक्तिलाई वाक्य–वाक्यमा विश्लेषण गरेर श्रवण गरे  । क्युवाली मजदुर महासङ्घका प्रतिनिधि अर्नेस्टो पियरले ग्रान्मासितको कुराकानीमा भने, ‘‘हामीले सम्मानजनक सम्बोधन सुन्यौँ तर हामी अझै केही विषयमा असहमति राख्छौँ । हामी हाम्रो इतिहास बिर्सन सक्दैनौँ । हामीले झेलेका मृत्युहरू र यति धेरै वर्षको नाकाबन्दीका असरलाई त्यतिकै भुल्न सक्दैनौँ ।’’ त्यसैगरी क्युवाली लेखक पिटर कोर्नब्लुहले आप्mनो प्रतिक्रिया दिए, ‘‘सन् १९६० दसकदेखि संरा अमेरिकाले क्युवा र क्युवाली जनताविरुद्ध गरेको हस्तक्षेप, अतिक्रमण र आक्रमणका लागि माफीका केही शब्दहरू बढी अमेरिकी राष्ट्रपतिबाट सुन्न म चाहन्छु । तर, राजनीतिक रूपमा भन्ने हो भने एक राष्ट्रपतिका निम्ति ‘माफी’ भन्ने शब्द उच्चारण गर्न सहज पक्कै पनि छैन ।’’ उनी प्रसिद्ध पुस्तक द्यबअप ऋजबललभ ितय ऋगदब स् तजभ जष्ममभल ज्ष्कतयचथ या ल्भनयतष्बतष्यलक दभतधभभल ध्बकजष्लनतयल बलम ज्बखबलब का सहलेखक हुन् । क्युवा–संरा अमेरिका सम्बन्धका अर्को विज्ञ जेसस अर्बोचेलाले ओबामाको सम्बोधनलाई टिप्पणी गर्दै भने, ‘‘आशालाग्दा भनाइहरू र राम्रो उद्देश्यले उहाँको सम्बोधन भरिएका छन् । तर, त्यसमा क्युवा र संरा अमेरिकाबीचको सम्बन्धको सच्चाइको ऐतिहासिक आधार थोरै मात्र छ ।’’ इनरिक आलेमान वासिङ्टन क्युवाको इन्टरफेथ लायलग प्रोजेक्टका एक सदस्य हुन् । संरा अमेरिकाको क्युवा नीति परिवर्तनमा अझै शङ्का गर्दै उनले भने – ‘‘के यो सफा रणनीति हो ? के यो क्युवाली जनतासित पुनःसम्झौता गर्ने स्वच्छ कदम हो ?’’ (श्रमिक साप्ताहिक, २०७२ चैत १६ २०१६ मार्च २९)
सन् २०१६ अप्रिल ४ अर्थात् २०७२ चैत्र २२ मा क्युवाका पूर्वराष्ट्रपति एवं विश्व कम्युनिष्ट आन्दोलनका एक शीर्षस्थ नेता फिडेल क्याष्ट्रोले संरा अमेरिकी राष्ट्रपति बाराक ओबामाको क्युवामा ऐतिहासिक भ्रमणको केही दिनपछि आप्mनो सन्देशमा भन्नुभयो, ‘‘हामी कुनै शासकबाट उपहार चाहँदैनौँ । … म विनम्रतापूर्वक अमेरिकी राष्ट्रपति ओबामालाई क्युवाको राजनीतिक वृत्तबारे कुनै सिद्धान्त विकास नगर्न सल्लाह दिन चाहन्छु ।’’ आप्mनो भ्रमणको सिलसिलामा ओबामाले आधा शताब्दीको लामो प्रयासपछि क्युवामा कम्युनिष्ट शासनको अन्त्य भई क्युवाली जनता प्रजातान्त्रिक दिशातिर उन्मुख भएको सन्देश प्रवाह गर्दै क्युवाली जनताकोे आर्थिक तथा राजनीतिक प्रणालीमा सुधार भएको आफूले आपूmले चाहेको बताएका थिए । यो विगतको समय भुलेर अघि बढ्नुपर्छ भन्ने ओबामाको वाक्यप्रति टिप्पणी गर्दै फिडेल क्याष्ट्रोले कुनै पनि क्युवाली जनताले अमेरिकी राष्ट्रपति ओबामाका यी शब्द सुन्दा मुटुमा चसक्क घोचेको महसुस गर्छन् भन्नुभयो । सन्देशको अन्ततिर उहाँले राष्ट्रपति ओबामालाई अमेरिकी व्यापार व्यवसायलाई क्युवामा विस्तार गर्ने उद्देश्यका साथ क्युवासँगको सम्बन्ध सुधार गर्न चाहेको बनाउनुहुँदै कसैले पनि महान् तथा स्वाभिमानी देशको गौरव र जनताका अधिकारलाई बिर्सिन सक्दैन र क्युवाली जनता आप्mनो लागि खाद्यान्न, लत्ताकपडा र भौतिक सम्पत्ति जोहो गर्न स्वदेशभित्रको स्रोतसाधनलाई परिचालन गर्न विवेक पु¥याउन सफल रहने पूर्ण विश्वास व्यक्त गर्नुभयो । (श्रमिक साप्ताहिक, २३ चैत २०७२÷५ अप्रिल २०१६)
यसअघि ओबामाले आगामी मार्चमा हुने क्युवा भ्रमण ऐतिहासिक हुने, क्युवासँग सम्बन्ध विस्तारका लागि भ्रमण उत्कृष्ट माध्यम हुने, यसले अमेरिकाको आप्mनो छिमेकी राष्ट्र क्युवा र क्युवाली जनतासँगको आपसी हित तथा मान्यता विस्तारमा सहयोगी रहने, संरा अमेरिका र अमेरिकी जनताबीच क्युवा र त्यहाँका जनताबीचको सम्बन्धमा विस्तारको नयाँ अध्याय निर्माण हुने, दुई देशबीचको यसअघि देखिंदै आएका समस्या समाधान गर्न दुवै देशका सरकार, प्रशासन र जनताबीच सम्बन्ध विस्तार गर्नु र अनुभव आदानप्रदान गर्नु नै उत्तम उपाय हुने, क्युवामा परिवर्तन रातारात त हुन नसक्ने तर क्युवा र क्युवाली जनतालाई परिवर्तनका लागि मौका र स्रोत खुला गर्न सफल रहने आदि कुराहरू आप्mनो सन्देशमा भनेका थिए । सन् १९२८ मा संरा अमेरिकी पूर्व राष्ट्रपति कालभिन कुलिजले क्युवाको भ्रमण गरेका थिए । (श्रमिक साप्ताहिक, ११ फागुण २०७२ मङ्गलवार, २३ फेब्रुअरी ÷२०१६)
२०७४ असार ४ गते आइतबारको राष्ट्रिय दैनिक अन्नपूर्णले ‘उल्टियो ओबामाको क्युवा नीति’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय समाचार छाप्यो । त्यस समाचारअनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओबामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबामाको क्युवा नीति उल्टाउँदै लगभग पुरानै अवस्थामा फर्काउने गरी प्रक्रिया सुरु भएको भनी २०७४ असार २ गते शुक्रबार ह्वाइट हाउसले एउटा विज्ञप्ति जारी ग¥यो । यसैबीच, ट्रम्पले क्युवामा संरा अमेरिकाले खोलेको राजदूतावास पनि बन्द गर्न लगाएका थिए ।
२०७५ असोज ३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *