भर्खरै :

पोखरा पल्टनको विजयी शुरुआत

कास्की, ९ कात्तिक  : पर्यटकीय शहर पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी शुरुआत गरेको छ ।
सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन विराटनगर टाईटन्स माथि ५८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विराटनगरमाथि तीन विकेटको क्षतिमा १९७ को चुनौती पेस ग¥यो ।
पोखराका लागि उसका सबै ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दै फराकिलो रनको लक्ष्य दिएका थिए । खेलमा १९८ रनको लक्ष्य पाएको विराटनगरले आठ विकेटको क्षतिमा १३९ रनमा चित्त बुझायो ।
पोखरा पल्टनका लागि ओपनरको रुपमा मैदानमा आएका कुशल भुर्तेलले ३८ र आसिफ सेखले ५२ रनको योगदान दिनुभएको थियो । विराटनगरले खेलमा शुरुआती अवस्थामै विकेट गुमाएको थियो । विराटनगरका सुनिल धमला १५ रन बनाए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *