बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
–पानसिंह टोमार
मिति २०७५ कार्तिक ५ गते मजदुर दैनिकको विचार पृष्ठमा मोतिलालको लेख पढ्न पाइयो । आशा छ भक्तपुर नपाको यसबारे स्पष्टीकरण यही ‘मजदुर’ दैनिकमा पढ्न पाइनेछ ।
नेपालभरीकै स्थानीय निकायको लागि नमुना नपा भएर काम गरी रहेकै भए पनि भक्तपुर नगरपालिकाले आफ्ना नगरबासीको भने गुनासो अझै पनि सुन्न सकेको छैन । सम्भवतः घनाबस्ती र सम्पदा क्षेत्र भएको पुरानो नगर भएर पनि होला, नक्सा पास प्रक्रिया अरु नगरको भन्दा भक्तपुर नगरबासीले जटिल र ढिला महसुस गरेका छन् ।
लेखामा उल्लेख भएजस्तै जनप्रतिनिधि स्वयंले यसरी विनियमविपरीत निर्माण कार्य गरेपछि उहाँले अरुलाई नियमानुसार मापदण्डअनुरुप कसरी निर्माण कार्य गराउन सक्नुहोला त ? इमानदारीता र नैतिक मूल्य र मान्यताको राजनीति गर्ने नेमकिपाको लागि समेत त्यो लज्जाको विषय हो ।
पैसावाल भएकै आधारमा जे मन लाग्यो, त्यो गर्ने हो भने विनियम किन चाहियो ? नीति नियम किन चाहियो ?
आत्मआलोचना गर्दैमा गलत कुरा सदर हुनसक्दैन ! अतः मापदण्डविपरीत निर्माण कार्य कि त भत्काउनुपर्छ कि त नपाको नियमअनुसार नक्सा ‘खारेज’ गर्नुपर्छ ।
केही सुझाव
भर्खरै नपा घोषित भक्तपुर जिल्लाकै नयाँ नपाहरूले विकेन्द्रीकरण अनुरुप वडा–वडामा नक्सा पास गर्ने कार्य सुरु गरिसकेको छ । अतः नक्सा पास भनपामा पनि वडा–वडामै दर्ता गरेर सजिलो किन नगर्ने ?
कुनै पनि सिफारिस (नागरिकता/नाता प्रमाणितबाहेक) लिन अगाडि मूल्याड्ढन गर्नुपर्ने नियम छ भनपामा । आम्दानीका स्रोतहरू अरु हुँदाहुँदै पनि भनपामा अरुमा भन्दा बढी नै मूल्याङ्कन दर रहेको पुष्टि भइसकेको छ । मूल्याड्ढन प्रक्रिया सजिलो पार्नुको साथै सफाइ शुल्कजस्तै सहज किन नबनाउने !?
१० जना सब ओभरसियर नपाले माग गरी परीक्षासमेत लिइसकेको छ । सम्भवतः उनीहरूको स्थान १० वटा वडामा हुनुपर्छ । तर जानकारीमा आए जस्तो वडा निरीक्षकको विकल्प चिचिला सब–ओभरसियर हुनसक्दैन । बरु वडा÷वडाबाट नक्सा पास दर्ता गर्न सहज हुने गरी वडा निरीक्षकले नक्सा बनाएर मापदण्डविपरीतको आफ्नो नक्सा÷घरको प्रतिवेदन नदिंदा बेहाल भएको बेला १० जना नयाँ सबओभरसियरले नक्सा बनाउँदा के हाल होला ः बरु भएका मौजुदा निरीक्षकहरूलाई नै पुनःताजगी तालिमहरू दिएर अझै सब्बल किन नबनाउने ?
वडा÷वडामा नक्सा तथा घर निर्माणसम्बन्धी विवाद हुँदा वडा अध्यक्षहरू नक्सा पासका मापदण्डबारे अलमल परेका घटनाहरू पनि देखिए । अतः वडा अध्यक्षहरू र वडा सदस्यहरूको लागि पनि नक्सा पासको विनियमसम्बन्धी प्रशिक्षण कार्यक्रम पनि नपाले किन नराख्ने ?
Leave a Reply