कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भारतको राजधानी नयाँ दिल्लीको हावा अचाक्ली प्रदूषित भएपछि प्रदूषण नियमनकारी निकायले सर्वसाधारणलाई सकेसम्म बाहिर नआउन सूचना जारी गरेको छ । हावाको गुणस्तर मापन (एक्युआई) सामान्यतः ० देखि ५० सम्म भएकोलाई उत्तम मानिन्छ । तर नयाँ दिल्लीको एक्युआई ३३२ पुगेपछि सरकारी निकायले त्यस्तो सावधानीसूचक सूचना जारी गरेको हो । नयाँ दिल्लीमा वायु प्रदूषण यति बढ्नुका अन्य धेरै कारणसँगै यतिबेलाको मूल कारण भने दिवालीमा पड्काइने पटाका हुन् । त्यसकारण नयाँ दिल्ली सरकारले दिवालीमा धेरै पटाका नपड्काउनसमेत सूचनामा उल्लेख गरेको छ ।
अर्को छिमेकी देश चीनको राजधानी पेकिङ पनि केही वर्षअघिसम्म प्रदूषणको चर्को मारमा परेको थियो । चीन सरकारले राजधानीको प्रदूषण घटाउन विभिन्न कदम चालिसकेको छ । पेकिङकेन्द्रित उद्योग कलकारखानाको विकेन्द्रीकरण, विद्युत्तीय यातायातको साधनमा प्राथमिकतालगायतका पाइलाले पेकिङको वायु प्रदूषण कम भइरहेको तथ्याङ्कले देखाएको छ ।
छिमेकी देशका यस्ता समाचारले हामीलाई हाम्रै देशको राजधानीको अवस्थाप्रति चिन्तित बनाउने गरेको छ । अति जनसङ्ख्या केन्द्रीकरण, जनसङ्ख्या व्यवस्थापनमा कमजोरी, अव्यवस्थित ‘विकास निर्माण’ का गतिविधि र उद्योग कलकारखानालाई समयसुहाउँदो प्राविधिक रुपमा चुस्त बनाउन नसक्दा काठमाडांैको हावा पनि श्वास फेर्न लायक छैन । स्वस्थ नागरिक नै देशको विकास र भविष्यका आधार हुन् । नागरिक नै अस्वस्थ भए देशको विकासको कुरा व्यर्थ र निरर्थक हो । वायु प्रदूषण मानव शरीरको लागि धेरै थरी दीर्घ रोगको कारण हो । स्वच्छ वातावरणमा निर्वाह गर्ने मानिसले नै स्वच्छ र नवीनतम विचार दिन सक्दछ ।
मानिस धेरै र अग्ला इमारत हुँदैमा कुनै पनि सहर सभ्य र विकसित हुने गर्दैन । सहरको सौन्दर्य हरियाली र स्वच्छतामा भएको मानिन्छ । सिङ्गो काठमाडांै उपत्यका आज अव्यवस्थित कङ्क्रिटको जङ्गल बन्दैछ । न यहाँका खोलानाला स्वच्छ छन्, न कुनै हरियाली र कृषि क्षेत्रको संरक्षणमा राज्यको कुनै तदारुकता देखिएको छ । राजधानीलाई प्रदूषित बनाउने उद्योग कलकारखानालाई विकल्पसहित अन्यत्र स्थानान्तरण गर्ने वा ती उद्योगलाई उन्नत प्रविधिबाट प्रदूषणमुक्त बनाउने विषयमा राज्यले विस्तृत कार्यक्रम ल्याउन ढिला भइसकेको छ ।
झण्डै एक वर्षअघि काठमाडांैको वायु पनि मानव शरीरको लागि अनुपयुक्त भएको भन्दै केही विज्ञ निकायहरूले सरकार र सर्वसाधारणलाई सावधानी गराएका थिए । तर सरकारले यस्ता विषयलाई कहिल्यै पनि गम्भीरतासाथ लिन जानेन । परिवर्तन र विकास भनेको आकारमा होइन, परिणाममा हुने गर्दछ । दीर्घकालीन प्रभाव पार्ने यस्ता कदममा सरकारले सधैं अल्छी गर्ने गरेको छ र त्यसले जनताको सुखी जीवनको चाहनालाई विफल बनाइदिने गरेको छ ।
प्रसङ्ग तिहारको पनि छ । तिहारमा नेपालमा पनि धेरै पटाका पड्काउने चलन छ । धेरै पटाका विस्फोटनले वायु प्रदूषण गर्ने गरेको भारतको उदाहरणबाट प्रस्ट भएको छ । तसर्थ सरकारले नकारात्मक परिणाम आउनुअघि नै पूर्वसावधानी अपनाउन जरुरी छ । समाजमा नकारात्मक प्रभाव परिसकेपछि मात्र उपचारका उपाय खोल्दै हिंड्नुभन्दा समयमै कुनै क्षति पुग्न नदिन सरकारले ध्यान दिन जरुरी छ ।
Leave a Reply