जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
सरकारको नेतृत्व गरिरहेका नेकपाका नेता र मन्त्रीहरूलाई दुईतिहाइको अभिमानी छ । दुईतिहाइको अभिमानी जोडेर उनीहरूले आफ्नो दललाई सही र शक्तिशाली दलको शक्तिशाली सरकार दाबी गरिरहेका छन् । दसैंको अवसरमा आयोजित नेकपाको चियापान कार्यक्रममा समाजवादको कुरा पनि उठाइएको छ । चियापान कार्यक्रमलाई आयोजकले पार्टी एकताको गतिलो सन्देश मानेको छ । चियापान कार्यक्रममा आयोजक दलका नेता, कार्यकर्तामात्र होइन नेकालगायतका अन्य सत्ता बाहिरका नेताहरूको पनि उपस्थिति थियो । त्यस्तो चियापान कार्यक्रमलाई पार्टी एकताको गतिलो सन्देश मान्नुको कारण के हो बुझिनसक्नु छ ।
अरु कम्युनिष्ट पार्टीले समाजवादको कुरा गर्दा सुन्नै नचाहने अझ विरोध गर्ने नेकपाको सरकार र दलले कहिलेकाहीं समाजवादको कुरा गर्न थाल्नु पनि सकारात्मक पक्ष हो । तर समाजवादको कुरा दलको इज्जत जोगाउन र लोकपत्यारको लागि उठाएर हुँदैन । नेकपाको सरकार र दल सच्चा कम्युनिष्ट पार्टी हो भने कम्युनिष्टको सिद्धान्त र विचारअनुसार अघि बढ्नुपर्छ, तद्नुसार जनताको घर आँगनमा पु¥याउनुपर्छ ।
नेकपा साँच्चै कम्युनिष्ट भएको भए या देशमा दुईतिहाइ कम्युनिष्टहरू छन् भने विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति गर्न अघि सर्नुपर्छ दल बलियो भए पनि क्रान्ति गर्दैन भने कम्युनिष्टको उद्देश्य फत्ते हुँदैन । पुँजीवादी व्यवस्था र अवशेषको रुपमा रहेको सामन्तवादी व्यवस्थालाई उल्ट्याउन सकिंदैन । मुख्य कुरा दल ठूलो र सानो होइन विचार पक्ष हो । नेका ठूलै भएर के गर्ने ? नेकाले श्रमजीवी वर्गको वकालत गर्दैन, शोषित पीडित जनताको पक्ष लिंदैन । वर्तमान सरकार दुईतिहाइ बहुमत प्राप्त सरकार भए पनि बहुमत जनताको हितमा नीति निर्णय गर्न सकेको छैन । यसअघि पनि माओवादी सम्मिलित एमालेको नेतृत्वमा सरकार गठन भएकै हो ? तर के परिवर्तन भयो, बहुमत जनताले के राहत पाए ? अतः संसदीय माध्यमबाट देशमा समाजवादी आधार तयार हुन्छ भन्नु दृष्टिदोष हो । यो राजनीतिक छलछाम हो, कम्युनिष्ट पार्टीले छलछामको राजनीति गर्नुहुँदैन ।
–मेरिना शाक्य
Leave a Reply