नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडांै, १३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले देशका शासकमा अझै पनि सामन्तवादको प्रभाव रहेको बताउनुभएको छ । मङ्गलबार मजदुर दैनिक र नेपाल समय अनलाइनका पत्रकारहरूसँगको कुराकानीमा उहाँले दसैंमा राष्ट्रपतिले टीका लगाएको घटनालाई सामन्तवादको अवशेषको रुपमा व्याख्या गर्नुभयो ।
उहाँले भन्नुभयो, “भर्खरै जन्मेको शिशुको शरीरमा जसरी रगतका टाटा बाँकी रहन्छ त्यसरी नै गणतन्त्रमा अझै राजतन्त्रको अवशेष बाँकी रहेको हो ।”
अध्यक्ष बिजुक्छेंले यस्ता सामन्तवादी अवशेष क्रमशः बढ्दै जाने वा कम हुँदै जाने विषय नेपाली जनताको चेतनास्तर र शासक वर्गमाथिको दबाबमा भरपर्ने बताउनुभयो ।
उहाँले यो सरकार पाँच वर्षसम्म टिक्ने नटिक्ने कुरा विदेशी शक्तिमा निर्भर रहने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “यो सरकारले साँच्चै देशलाई स्वाधीन विकासतर्फ लान खोजे भारतकै इसारामा नेकपा हिजोकै एमाले र माओवादी केन्द्रमा विभाजित हुनेछ ।”
सरकारलाई कमजोर बनाएर सबै काम भारतीय दूतावासमार्फत गर्न भारतीय पक्ष लागिरहेको उहाँको विचार थियो ।
अध्यक्ष बिजुक्छेंले एमाले र माओवादी केन्द्र दुवै नामका मात्र कम्युनिष्ट भएकाले तिनीहरूबीचको एकतालाई कम्युनिष्ट एकता भन्न नसकिने बताउनुभयो ।
भारतकै डिजाइनअनुसार एमाले र माओवादीबीच एकता भएको उहाँको धारणा थियो ।
उहाँले सत्तासीन दलले चुनावमा जनतालाई दिएको वचनबद्धतासमेत पूरा नगरेको बताउनुभयो ।
सरकारले कम्युनिष्ट सरकारले गर्ने कुनै पनि काम नगरेको भन्दै उहाँले काठमाडौंको सवारी जाममात्र हटाउन सके यो सरकारले धेरै गरेको ठहरिने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले कम्युनिष्ट सरकारले व्यक्तित्व विकासमा समान अवसर, जमिन जोत्नेलाई दिने, उत्पादनका मुख्य–मुख्य साधन राष्ट्रियकरण गर्ने, शिक्षा, स्वास्थ्यजस्ता जनजीविकाका आवश्यकता राज्यको दायित्वअन्तर्गत निःशुल्क गर्ने बताउनुभयो ।
नेपालको सङ्घीय व्यवस्थालाई भद्रगोल सङ्घीयताको संज्ञा दिंदै उहाँले देशको कार्यकारी प्रमुख प्रदेश सभामा गएर बोल्ने संसारमा नभएको चलन नेपालमा प्रम ओलीले सुरू गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले नेपालका बुद्धिजीवी र प्राध्यापकले आफ्नो दायित्वअनुसार राजनीतिक नेतृत्वलाई दिशा देखाउन असमर्थ भएको बताउनुभयो । “बुद्धिजीवी र प्राध्यापकले खेल्नुपर्ने भूमिका खेल्न सकेनन् । पैसा खाएर शासक दललाई मत दिनाले पनि आजको अवस्था आएको हो ।”, उहाँले भन्नुभयो ।
Leave a Reply