भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
राजधानीका सडकमा फेरि ट्रिपरको लस्कर देखिन थालेको छ । म्गलबार उपत्यकाका तीनै जिल्लाका सुरक्षा निकाय प्रमुखको बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रिपर चलाउन दिने निर्णय गरेको हो । ट्रिपरकै कारण राजधानीका सडकमा धेरै दुर्घटना भई सर्वसाधारणको अनाहकमा मृत्यु भएपछि प्रशासनले ट्रिपरलाई दिउँसो चलाउन रोक लगाएको थियो । ट्रिपर नचल्दा सडक दुर्घटना घटेको थियो । तर म्गलबारदेखि फेरि प्रशासनले ट्रिपर चलाउन अनुमति दिंदा राजधानीका सडक फेरि डरलाग्दो बनेका छन् । प्रशासनले चालक अनुमतिपत्र, ब्लुबुक प्रतिलिपि, हालैसालै खिचिएको चालकको फोटोसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएमा ट्रिपर चलाउन दिने प्रावधान बनाएको छ । यो प्रावधानले ट्रिपरले सडकमा गर्ने दुर्घटनामा खास कुनै न्यूनीकरण हुनेछैन ।
सरकारले हचुवाको भरमा दिउँसो ट्रिपर सञ्चालन खुला गरेको देखिन्छ । हिजो जुन कारण ट्रिपर सञ्चालनमा रोक लगाइएको थियो, ती कुनै पनि कारणको कतै पनि समाधान भएको छैन । ट्रिपरले दुर्घटना नगर्ने कुनै विश्वासिलो आधार बनेको छैन । सडक उही, सवारी साधनको सङ्ख्या अझै बढेको छ, ट्राफिक बन्दोबस्तमा कुनै सुधार भएको छैन । अनि के कस्ता सुधारका आधारमा सरकारले ट्रिपरमाथिको रोक हटाइएको हो ?
दिउँसो ट्रिपर चलाउनै नदिएपछि स्वभावतः ट्रिपरबाट हुने दुर्घटना घटेको छ । के सरकारले त्यही दुर्घटनाको घट्दो सङ्ख्यालाई औंल्याएर निषेध फुकुवा गरेको हो ? सरकारले ट्रिपरलाई रातको समयमा चलाउन नदिंदा केही सीमित सङ्ख्याका यातायात व्यवसायीबाहेक व्यापक सर्वसाधारणलाई हित गरेको थियो । सडक यातायातमा सहजता आएको थियो । राजधानीमा त्यसै पनि ट्राफिक जामको समस्या अझै बाक्लो छ । अब फेरि जाम बढ्ने निश्चित छ । सरकारले यातायात व्यवसायीको दबाब थेग्न नसकेर नै ट्रिपरमाथिको रोक फुकुवा गरेको देखिन्छ । भ्रष्ट सरकारी कर्मचारीतन्त्रका केही माथिल्ला कर्मचारीलाई दिइएको उपहारको भरमा आज ट्रिपरमाथिको रोक फुकुवा गरिएको जनताले सहजै अनुमान गर्नसक्छन् ।
पूर्वाधारको कुनै विकास नगरी ट्रिपरमाथिको रोक फुकुवा गर्नुले हिजो गरिएको निषेध जनताको आक्रोश मत्थर गर्ने प्रयासमात्र भएको प्रस्ट भएको छ । उनीहरूको खास चाहना जनताको सुरक्षा होइन, बरू ट्रिपरले मान्छे मार्दा जनताको आक्रोशमाथि पानी खन्याउनमात्र रोक लगाइएको प्रस्ट हुन्छ ।
सरकारको प्राथमिक कर्तव्य जनताको जीउज्यानको रक्षा हो । देशभित्रका मात्र नभई देश बाहिर रहेका नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व हो । तर आज ट्रिपरमाथिको रोक फुकुवा गरेर नागरिकको जीउज्यान रक्षाप्रतिको आफ्नो दायित्वबाट सरकार च्युत भएको छ । यो सरकार व्यापक नेपाली जनताको सरकारभन्दा पनि केही धनीमानी पुँजीपति वर्गको सरकार भएको यो निर्णयबाट पुष्टि भएको छ ।
प्रथमतः सरकारले ट्रिपरजस्तो दुर्घटनाको कारक बनिरहने सवारीसाधनलाई देशभित्र आयात गर्न निषेध गर्नुपर्छ । सरकारी उच्च अधिकारीहरूले कमिसनको भरमा त्यस्ता सवारी साधन भित्याउने गरिरहेका छन् । दोस्रो, ट्रिपरलाई कम सवारी चल्ने समयमै मात्र चलाउन दिइनुपर्दछ । यसले राजधानीको ट्राफिक व्यवस्थापनमा सहज हुनुका साथै नागरिकको जीउज्यानको रक्षा हुनेछ ।
Leave a Reply